ग्लोबल बैंकको बजार हिस्सा ८ प्रतिशत

स्थापनाको छोटो समयमै फड्को मारेको ग्लोबल आइएमई बैंकले बैंकिङ क्षेत्रमा आठ प्रतिशत बढी बजार हिस्सा ओगटेको छ।...

सम्बन्धित सामग्री

२.१३ % ले घट्यो नेप्से परिसूचक, करीब १२ अर्बको शेयर कारोबार

असार ६, काठमाडौं । गत साताको तेस्रो कारोबार दिनदेखि घट्न थालेको बजारले यो साताको पहिलो कारोबार दिन आइतवार पनि निरन्तरता पाएको छ ।  आइतवार नेप्से परिसूचक अघिल्लो कारोबार दिन बिहीवारको तुलनामा २ दशमलव १३ प्रतिशतले घटेको छ । यो दिन ६३ दशमलव २८ अंकले घटेर नेप्से परिसूचक २ हजार ९०५ दशमलव १४ विन्दुमा झरेको हो । बिहीवार २ हजार ९६८ दशमलव ४३ विन्दुमा बन्द भएको नेप्से परिसूचक आइतवार २ हजार ९७५ दशमलव २५ विन्दुदेखि खुला भएको थियो । २ हजार ९७८ दशमलव २४ विन्दुसम्म पुगेको बजार २ हजार ८८१ दशमलव ५४ विन्दुसम्म झरेको थियो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत मंगलवार सार्वजनिक गरेको ५१ कम्पनीहरुको जोखिमयुक्त धारणा उल्लेख विज्ञप्तीपछि प्रभावित बनेको बजारले आइतवार पनि निरन्तरता पाएको हो । नियामकबाट लगानीकर्ताहरुलाई तर्साउने काम भएको भन्दै ती कम्पनीहरुप्रतिको धारणा सच्याउन माग गर्दै सर्वोच्च अदालतमा रिट पनि परेको छ । उक्त रिट माथिको सुनुवाई भने यो समाचार तयार पार्दासम्म भएको छैन ।  नियामक निकायले सुरक्षित लगानीका लागि सार्वजनिक गरेको अवधारणापत्रको शैली गलत भएको भन्ने कुरालाई नसच्याउँदा निरन्तर गुमाउनु परेको लगानीकर्ताहरुले बताएका छन् । यतिवेला नियामक निकाय नियामक नभएर भ्रामक भएको आरोप लगानीकर्ताहरुले लगाइरहेका छन् । बोर्डको अवधारणापत्र सार्वजनिक हुनुभन्दा अघिल्लो दिनसम्म ऐतिहासिक विन्दुमा पुगेको नेप्से परिसूचकमा कमि आउनुपर्ने अन्य कारण नभएकाले बजार सुधारको लागि नियामकलेनै कदम चाल्नुपर्ने माग लगानीकर्ताहरुको छ ।   आइतवार नेप्से परिसूचकसँगै ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ३३ प्रतिशत घटेर ५२८ दशमलव ५१ विन्दुमा झरेको छ ।  बिहीवारको तुलनामा आइतवार कारोबार रकम भने बढेको छ । घटेको बजारबाट कम मूल्यमा शेयर उठाउने लगानीकर्ताहरु भने यी चार कारोबार दिन सक्रिय देखिएका छन् । बिहीवार रू. १० अर्ब ९० करोडभन्दा बढीको शेयर कारोबार भएकोमा आइतवार यो रकम बढेर रू. ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार बराबरको शेयर कारोबार भएको हो । यस दिन २३१ ओटा कम्पनीको १ लाख २८ हजार २८१ पटकको व्यापारमा उक्त रकम बराबरको २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता शेयर कारोबार भएको छ । कुल कारोबारमा सर्वाधिक रकमको हिस्सा भने यस दिन पनि नेपाल पुनर्बीमा कम्पनीलेनै ओगटेको छ । गत मंगलवारदेखिनै सर्वाधिक कारोबार रकमको हिस्सा उक्त कम्पनीले नै ओगटेको छ । उक्त कम्पनीको आइतवार रू. ८० करोड ९९ लाख ९९ हजार बराबरको ४ लाख २५ हजार ३८१ कित्ता शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य भने यो दिन २ दशमलव शून्य ४ प्रतिशत अर्थात प्रतिकित्ता रू. ३९ ले घटेर अन्तिम मूल्य रू. १ हजार ८७७ कायम भएको छ । यस दिन कारोबारमा आएका २३१ कम्पनीहरुमध्य पाँच कम्पनीको शेयरमूल्य र ९ कम्पनीको ऋणपत्रको मूल्य बढेको छ । गोर्खाज फाइनान्सको सर्वाधिक ५ दशमलव ४१ प्रतिशत, नेशनल हाइड्रोपावरको ३ दशमलव ३६ प्रतिशत, रुरु जलविद्युत् परियोजनाको ३ दशमलव १६ प्रतिशत, तारागाउँ रिजेन्सी होटलको २ प्रतिशत र नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य शून्य दशमलव १५ प्रतिशतले बढेको हो । त्यस्तै यो दिन १० दशमलव २५ प्रतिशत ब्याजदरको एनआईसी एशिया डिबेञ्चर २०८३/ ८४ को २ प्रतिशत, १० दशमलव ५ प्रतिशत नेपाल इन्भेष्टमेण्ट डिबेञ्चर २०८२ को १ दशमलव ९८ प्रतिशत, १० दशमलव २५ प्रतिशत ब्याजदरको माछापुच्छ्रे बैंक डिबेञ्चर २०८५ को १ दशमलव ९८ प्रतिशत, १० दशमलव २५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को १ दशमलव ९८ प्रतिशत, १० दशमलव ५० प्रतिशत ब्याजदरको एसबिएल डिबेञ्चर २०८२ को १ दशमलव ९४ प्रतिशतले वृद्धि भएको छ । १० दशमलव ३५ प्रतिशत कृषि विकास बैंक डिबेञ्चर २०८३ को १ दशमलव ६३ प्रतिशत, १० दशमलव २५ प्रतिशत ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८०÷८१ को १ दशमलव ३३ प्रतिशत, १० प्रतिशत ब्याजदरको लक्ष्मी बैंक डिबेञ्चर २०८६ को शून्य दशमलव २९ प्रतिशत, ८ दशमलव ५ प्रतिशत ब्याजदरको एसबिएल डिबेञ्चर २०८४ को शून्य दशमलव १५ प्रतिशत मूल्य वृद्धि भएको हो ।  आइतवार २१२ ओटा कम्पनीको शेयरमूल्य घटेको छ भने १९ ओटा कम्पनीको स्थिर रहेको छ । यस दिन युनियन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९ दशमलव ८१ प्रतिशतले घटेको छ । प्रतिकित्ता रू. ४२ ले घटेर युनियन हाइड्रोपावरको शेयरमूल्य रू. ३८६ मा झरेको हो ।  त्यस्तै यो दिन श्री इन्भेष्टमेण्ट फाइनान्स, बरुण हाइड्रोपावर र नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य पनि ८ प्रतिशतभन्दा बढीले घटेको छ । यस दिन कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । बैंकिङ्गको १ दशमलव ८ प्रतिशत, व्यापारिकको २ दशमलव ५१ प्रतिशत, होटल्स तथा पर्यटनको २ दशमलव ३५ प्रतिशत, विकास बैंकको ३ दशमलव ५ प्रतिशत, जलविदुतको ३ दशमलव ३८ प्रतिशत, वित्तको ३ दशमलव ३३ प्रतिशतले परिसूचक घटेको छ । त्यसैगरी निर्जीवन बीमाको १ दशमलव ८५ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ४ प्रतिशत, अन्यको २ दशमलव २ प्रतिशत, लघुवित्तको २ दशमलव १८ प्रतिशत, जीवन बीमाको १ दशमलव ७ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव २६ प्रतिशत र लगानी समूहको २ दशमलव शून्य ७ प्रतिशतले परिसूचक घटेको छ ।