२.१३ % ले घट्यो नेप्से परिसूचक, करीब १२ अर्बको शेयर कारोबार

असार ६, काठमाडौं । गत साताको तेस्रो कारोबार दिनदेखि घट्न थालेको बजारले यो साताको पहिलो कारोबार दिन आइतवार पनि निरन्तरता पाएको छ ।  आइतवार नेप्से परिसूचक अघिल्लो कारोबार दिन बिहीवारको तुलनामा २ दशमलव १३ प्रतिशतले घटेको छ । यो दिन ६३ दशमलव २८ अंकले घटेर नेप्से परिसूचक २ हजार ९०५ दशमलव १४ विन्दुमा झरेको हो । बिहीवार २ हजार ९६८ दशमलव ४३ विन्दुमा बन्द भएको नेप्से परिसूचक आइतवार २ हजार ९७५ दशमलव २५ विन्दुदेखि खुला भएको थियो । २ हजार ९७८ दशमलव २४ विन्दुसम्म पुगेको बजार २ हजार ८८१ दशमलव ५४ विन्दुसम्म झरेको थियो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत मंगलवार सार्वजनिक गरेको ५१ कम्पनीहरुको जोखिमयुक्त धारणा उल्लेख विज्ञप्तीपछि प्रभावित बनेको बजारले आइतवार पनि निरन्तरता पाएको हो । नियामकबाट लगानीकर्ताहरुलाई तर्साउने काम भएको भन्दै ती कम्पनीहरुप्रतिको धारणा सच्याउन माग गर्दै सर्वोच्च अदालतमा रिट पनि परेको छ । उक्त रिट माथिको सुनुवाई भने यो समाचार तयार पार्दासम्म भएको छैन ।  नियामक निकायले सुरक्षित लगानीका लागि सार्वजनिक गरेको अवधारणापत्रको शैली गलत भएको भन्ने कुरालाई नसच्याउँदा निरन्तर गुमाउनु परेको लगानीकर्ताहरुले बताएका छन् । यतिवेला नियामक निकाय नियामक नभएर भ्रामक भएको आरोप लगानीकर्ताहरुले लगाइरहेका छन् । बोर्डको अवधारणापत्र सार्वजनिक हुनुभन्दा अघिल्लो दिनसम्म ऐतिहासिक विन्दुमा पुगेको नेप्से परिसूचकमा कमि आउनुपर्ने अन्य कारण नभएकाले बजार सुधारको लागि नियामकलेनै कदम चाल्नुपर्ने माग लगानीकर्ताहरुको छ ।   आइतवार नेप्से परिसूचकसँगै ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ३३ प्रतिशत घटेर ५२८ दशमलव ५१ विन्दुमा झरेको छ ।  बिहीवारको तुलनामा आइतवार कारोबार रकम भने बढेको छ । घटेको बजारबाट कम मूल्यमा शेयर उठाउने लगानीकर्ताहरु भने यी चार कारोबार दिन सक्रिय देखिएका छन् । बिहीवार रू. १० अर्ब ९० करोडभन्दा बढीको शेयर कारोबार भएकोमा आइतवार यो रकम बढेर रू. ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार बराबरको शेयर कारोबार भएको हो । यस दिन २३१ ओटा कम्पनीको १ लाख २८ हजार २८१ पटकको व्यापारमा उक्त रकम बराबरको २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता शेयर कारोबार भएको छ । कुल कारोबारमा सर्वाधिक रकमको हिस्सा भने यस दिन पनि नेपाल पुनर्बीमा कम्पनीलेनै ओगटेको छ । गत मंगलवारदेखिनै सर्वाधिक कारोबार रकमको हिस्सा उक्त कम्पनीले नै ओगटेको छ । उक्त कम्पनीको आइतवार रू. ८० करोड ९९ लाख ९९ हजार बराबरको ४ लाख २५ हजार ३८१ कित्ता शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य भने यो दिन २ दशमलव शून्य ४ प्रतिशत अर्थात प्रतिकित्ता रू. ३९ ले घटेर अन्तिम मूल्य रू. १ हजार ८७७ कायम भएको छ । यस दिन कारोबारमा आएका २३१ कम्पनीहरुमध्य पाँच कम्पनीको शेयरमूल्य र ९ कम्पनीको ऋणपत्रको मूल्य बढेको छ । गोर्खाज फाइनान्सको सर्वाधिक ५ दशमलव ४१ प्रतिशत, नेशनल हाइड्रोपावरको ३ दशमलव ३६ प्रतिशत, रुरु जलविद्युत् परियोजनाको ३ दशमलव १६ प्रतिशत, तारागाउँ रिजेन्सी होटलको २ प्रतिशत र नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य शून्य दशमलव १५ प्रतिशतले बढेको हो । त्यस्तै यो दिन १० दशमलव २५ प्रतिशत ब्याजदरको एनआईसी एशिया डिबेञ्चर २०८३/ ८४ को २ प्रतिशत, १० दशमलव ५ प्रतिशत नेपाल इन्भेष्टमेण्ट डिबेञ्चर २०८२ को १ दशमलव ९८ प्रतिशत, १० दशमलव २५ प्रतिशत ब्याजदरको माछापुच्छ्रे बैंक डिबेञ्चर २०८५ को १ दशमलव ९८ प्रतिशत, १० दशमलव २५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को १ दशमलव ९८ प्रतिशत, १० दशमलव ५० प्रतिशत ब्याजदरको एसबिएल डिबेञ्चर २०८२ को १ दशमलव ९४ प्रतिशतले वृद्धि भएको छ । १० दशमलव ३५ प्रतिशत कृषि विकास बैंक डिबेञ्चर २०८३ को १ दशमलव ६३ प्रतिशत, १० दशमलव २५ प्रतिशत ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८०÷८१ को १ दशमलव ३३ प्रतिशत, १० प्रतिशत ब्याजदरको लक्ष्मी बैंक डिबेञ्चर २०८६ को शून्य दशमलव २९ प्रतिशत, ८ दशमलव ५ प्रतिशत ब्याजदरको एसबिएल डिबेञ्चर २०८४ को शून्य दशमलव १५ प्रतिशत मूल्य वृद्धि भएको हो ।  आइतवार २१२ ओटा कम्पनीको शेयरमूल्य घटेको छ भने १९ ओटा कम्पनीको स्थिर रहेको छ । यस दिन युनियन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९ दशमलव ८१ प्रतिशतले घटेको छ । प्रतिकित्ता रू. ४२ ले घटेर युनियन हाइड्रोपावरको शेयरमूल्य रू. ३८६ मा झरेको हो ।  त्यस्तै यो दिन श्री इन्भेष्टमेण्ट फाइनान्स, बरुण हाइड्रोपावर र नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य पनि ८ प्रतिशतभन्दा बढीले घटेको छ । यस दिन कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । बैंकिङ्गको १ दशमलव ८ प्रतिशत, व्यापारिकको २ दशमलव ५१ प्रतिशत, होटल्स तथा पर्यटनको २ दशमलव ३५ प्रतिशत, विकास बैंकको ३ दशमलव ५ प्रतिशत, जलविदुतको ३ दशमलव ३८ प्रतिशत, वित्तको ३ दशमलव ३३ प्रतिशतले परिसूचक घटेको छ । त्यसैगरी निर्जीवन बीमाको १ दशमलव ८५ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ४ प्रतिशत, अन्यको २ दशमलव २ प्रतिशत, लघुवित्तको २ दशमलव १८ प्रतिशत, जीवन बीमाको १ दशमलव ७ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव २६ प्रतिशत र लगानी समूहको २ दशमलव शून्य ७ प्रतिशतले परिसूचक घटेको छ ।    

सम्बन्धित सामग्री

झिनो अंकले घट्यो नेप्से परिसूचक

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ८० अंकले घटेर एक हजार नौ सय ३१ दशमलव ६८ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव २६ अंकले ओरालो लागेर तीन सय ६७ दशमलव […]

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं : धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १० दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय आठ दशमवल ५५ अङ्कमा समेटिएको छ।सेन्सेटिभ इन्डेक्स एक दशमवल ६६ अङ्कले घटेर तीन सय ५९ दशमवल ४८ बिन्दुमा पुगेको छ। आज कारोबार भएका १३ उपसमूहमध्ये ११ उपसमूहको शेयर मूल्य घटेको छ भने दुई उपसमूहको शेयर मूल्य बढेको छ।बैंकिङ उपसमूह शून्य दशमलव ४२, विकास बैंक शून्य दशमलव ४४, वित्त शून्य दशमलव ९९, जलविद्युत् शून्य दशमलव ८०, लगानी शून्य दशमलव

उच्च अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ४१ दशमलव शून्य दुई अङ्कले ओरालो लागेर दुई हजार एक सय ४९ दशमलव ४१ मा सीमित भएको छ।यस्तै,  ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ८९ अङ्कले ओरालो लागेर चार सय ११ दशमलव २५ मा सीमित भएको छ। कारोबार भएका कुल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने एक उपसमूहको शेयर मूल्यमा वृद

६.४३ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं : साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ।सोमबार नेप्से परिसूचक ६.४३ अंक घटेर १९५८.९४ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंक घटेको छ।सोमबार कारोबारमा आएका २२४ कम्पनीको ४९ लाख ४४ हजार कित्ता शेयर २ अर्ब १० करोड ९१ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार भने २ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ।नेप्सेका १३ उपसमूहमध्ये  ५ उपसमू

१९ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं : पछिल्लो समय निरन्तर रूपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीबार पनि गिरावट आएको छ। बिहीबार नेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.०९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८३  अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०१ अंकले घटेको छ।बिहीबार कोरोबारमा आएका २२३ कम्पनीको ६२ लाख ९८ हजार ६३८ कित्ता शेयर १ अर्ब ७६ करोड १० लाख २३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। बुधवार १ अर्ब ९३ करोड बराबरको शेयर कारो

७७ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं : साताको पहिलो कारोबारको दिन सोमबार नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ।आइतबार सार्वजनिक बिदा परेकाले नेप्से कारोबार भएको थिएन। सोमबार भएको कारोबारमा नेप्से परिसूचक ७७.०१ अंकले घटेर १९१५.६१ बिन्दुमा झरेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स १३.०३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ५.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.०९ अंकले घटेको छ।सोमबार कारोबारमा आएका २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता शेयर २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।नेप्सेका १३ वटै उपसमूहक

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । अघिल्लो दिन ७.७३ अङ्कले घटेको नेप्से परिसूचक आज ४३.१० अङ्कले ओरालो लागेर दुई हजार ६१०.६० मा आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ६.६४ अङ्कले ओरालो लागेर ५००.२१ मा ओर्लेको छ […]

झिनो अंकले घट्यो नेप्से परिसूचक, ३१२ करोडको कारोबार

१३ पुस, काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । सोमबार उच्च अंकले घटेको नेप्से परिसूचक मंगलबार २.६६ अंकले घटेर २ हजार ५ सय १८ दशमलव ९९ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ । दिनभर भएका ४२ हजार ५८ कारोबारबाट २३० कम्पनीका ५८ लाख […]

करिब ७० अंकले घट्यो नेप्से परिसूचक

१२ पुस, काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजारमा करिब ७० अंकको गिरावट आएको छ । दिनभर देखिएको तीब्र उतारचढावपछि कारोबार बन्द हुँदा नेप्से परिसूचक २.६९ प्रतिशतले घटेर बन्द भएको हो । शेयर कारोबार मापक नेप्से ६९ दशमलव ७७ अंकले घटेर २ हजार ५ सय २१ दशमलव ६५ अंकमा झरेको छ । नेप्से परिसूचकमा […]

६१ अंकले घट्यो नेप्से परिसूचक

१० असोज, काठमाडों । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ६१ दशमलव २७ अंकले घटेर २ हजार ७ सय ५८ दशमलव २८ अंकमा आइपुगेको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । शेयर कारोबार रकममा पनि आइतबार […]