काठमाण्डाै - सत्तारुढ नेपाली कांग्रेसले चौधौं महाधिवेशन तत्काल गर्ने कि सार्ने भन्ने विषयमा अझै सहमति जुटाउन सकेको छैन । अस्तिदेखि चलिरहेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको मितिबारे नेताहरूबीच परस्पर विरोधी धारणा आएका छन् ।
हिजोको बैठकमा संस्थापन पक्षका नेताहरुले आउँदो मंसिरभित्र महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । संस्थापन पक्षका नेताहरूले भदौ २३ मा वडा अधिवेशन गरेपछि महाधिवेशन मंसिरसम्म सम्पन्न गर्ने कार्यतालिका ल्याउनुपर्ने बताएका छन् । तर रामचन्द्र पौडेल पक्षले भने भदौ २३ देखि महाधिवेशनको प्रक्रि...