केलियन एम्बाप्पेको गोलको मद्यतमा पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा विजयी भएको छ । स्टेड ब्रेस्टलाई पीएसजीले २–० ले पराजित गरेको हो ।
शनिबार राति भएको खेलमा एम्बाप्पे र थिलो केहरेरको गोलसँगै १५ औं जित निकालेको पीएसजीलले शीर्षस्थानमा ११ अंकको अग्रता बनायो ।
खेलको ३२औं मिनेटमा विजनाल्डुमको पासमा एम्बाप्पेले टोलीलाई अग्रता दिलाए । ५३औं मिनेटमा थिलोले नुनो मेन्डिसको पास सदुपयोग गर्दै २–० को सहज जित दिलाए ।
जितसँगै पीएसजीले २१ खेलबाट ५० अंक बनाएको छ ।