प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर निर्माण हुने १६५ वटा सडक सञ्जालको शुभारम्भ गर्दा तनहुँमा २ वटा रणनीतिक सडक आयोजना छनोट भएको छ ।
तनहुँका २ रणनीतिक सडक योजना छनोट भएसँगै स्थानीयले खुशी व्यक्त गरेका छन् ।
तनहुँ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत मादी मस्र्याङ्दी र तनहुँ क्षेत्र नम्बर २ अन्तर्गत गाईघाट गल्याङ सडकखण्ड छनोट भएको छ । २ निर्वाचन क्षेत्र रहेको तनहुँमा छनोट भएका २ रणनीतिक सडक आयोजनाका लागि ४०/४० करोड रुपैयाँ बजेट विनियोजन हुने भएको छ ।
ब्यास नगरपालिका–९ गजौडेका विजय आचार्यले मादी मस्र्याङ्दी मार्गलाई नि...