अन्तर्राष्ट्रिय उडानको माग गर्दै गौतमबुद्ध विमानस्थल अगाडि धर्ना

भैरहवा - रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरु गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्नामा बसेका छन्। लामो समयदेखि अन्तर्राष्ट्रिय उडान स्थगित भएको विमानस्थल पूर्ण क्षमतामा संचालनको माग गर्दै आइतबारबाट सिद्धार्थ सञ्जाल रुपन्देहीको नेतृत्वमा विरोधको कार्यक्रम सुरु भएको हो ।  चरणबद्ध आन्दोलन गरिर...

सम्बन्धित सामग्री

गौतमबुद्ध विमानस्थल नियमित सञ्चालनको माग

उद्योगी–व्यवसायीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमितरूपमा सञ्चालनका लागि पहल गर्न लुम्बिनी प्रदेश सरकारका मन्त्रीसँग माग गरेका छन् । उनीहरूले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा विकासमा बाधा पुगेको गुनासो गरेका हुन् । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार सङ्गठन, रुपन्देही) ले शनिबार भैरहवामा आयोजना गरेको लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेय र …

हवाई रुट नपाएपछि मारमा गौतमबुद्ध विमानस्थल

सञ्चालनको ५ महिना बितिसक्दा पनि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउने विदेशी विमानहरुले भारतबाट नेपाल प्रवेश गर्न सहज, सुलभ र सुविधाजनक रुट पाएका छैनन् । अन्तरार्ष्ट्रिय विमानस्थल सञ्चालन खर्च समेत उठाउन नसक्ने अवस्थामा पुग्नुको मुख्य कारणमध्ये ‘हवाई रुट’ पनि एक हो ।

गौतमबुद्ध विमानस्थल र नेपाल–भारत सम्बन्ध

गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउनु नेपालका लागि महŒवपूर्ण उपलब्धि हो । तर, यो उपलब्धिसँगै नेपाल–भारत सम्बन्धमा नयाँ आयाम सृजनाको आंशका गरिएको छ । खुला सिमाना भएकाले सिमानानजिकै उसले नेपालको अन्तरराष्ट्रिय विमानस्थल नचाहेको र यही कारण पश्चिमको रुट दिन आनाकानी गरेको बुझ्न सकिन्छ । नेपालले गौतमबुद्ध विमानस्थल बनाउन थालेपछि  भारतले कुशीनगरमा अन्तरराष्ट्रिय विमानस्थल निर्माण गरेकाले यस्तो आशंकालाई बलियो बनाएको हो । गौतमबुद्ध विमानस्थल उद्घाटन गरेकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कुशीनगरबाट लुम्बिनी भ्रमणका लागि नेपाल आइपुगे । दिल्लीबाट कुशीनगरसम्म जहाजमा र कुशीनगरदेखि हेलिकोप्टर यात्रा गरेका मोदीले भैरहवा विमानस्थलमा अवतरण नगरी लुम्बिनीको हेलिप्याडमा अवतरण गरे । उनको सुरक्षा रेकी गर्न आएको भारतीय वायु सेनाको विमान भने भैरहवा विमानस्थलमा अवतरण गरेको थियो । यसको कूटनीतिक अर्थ भारतले भैरहवामा अन्तरराष्ट्रिय विमानस्थल नचाहेको भन्ने निकालिएको छ । भैरहवाबाट प्रवेश विन्दु नदिनुको कारण पनि यही रहेको विश्लेषण गरिएको छ ।   गौतमबुद्ध विमानस्थलका लागि पुरानै हवाई रुट प्रयोग गर्नुपर्ने बाध्यता छ । भैरहवा प्रवेशका लागि पश्चिमी नाका (महेन्द्रनगरदेखि भैरहवासम्म) को प्रवेश विन्दु दिन नेपालले आग्रह गरेको धेरै भइसकेको छ । तर, भारतले अहिलेसम्म यस्तो आग्रहको सुनुवाइ गरेको छैन । बरु, भैरहवानजिकै कुशीनगरमा अन्तरराष्ट्रिय विमानस्थल निर्माण गरेर नेपालले मागेको हवाई रुट नदिने संकेत गरिरहेको छ । यसले नेपाल भारत सम्बन्धलाई थप जटिल बनाउने सम्भावनासमेत देखिन्छ । पूर्वबाट आएका विमानका लागि साबिकको रुटले केही असर गर्दैन तर पश्चिमबाट आएका विमान भने सिमराबाट नेपाल प्रवेश गरी फेरि पश्चिमतिरै लाग्नुपर्छ । जसले गर्दा लागतको साथै  समय पनि बढी लाग्छ । भारत सिद्धान्तत: यो प्रवेश विन्दु उपलब्ध गराउन सहमत भइसकेको हो । तर, सुरक्षा अधिकारीले सुरक्षाको चिन्ता देखाएको भन्दै स्वीकृति दिन भने पछि हटेको छ । प्रधानमन्त्रीकै तहमा यो कुरा उठेर पनि यसबारे सहमति जुट्न सकेको छैन । भारतले २१ हजार फीटभन्दा माथिबाट आउने हो भने भैरहवा प्रवेशविन्दु दिन सकिने शर्त राखेको छ । तर यति उचाइबाट आएको विमानले भैरहवा विमानस्थलमा सिधै अवतरण गर्न सक्दैन, आकाशमै एकदुई फन्को लगाउनुपर्ने हुन्छ । भारतको यो प्रस्तावबाट पनि उसले भैरहवा विमानस्थल मन नपराएको संकेत गर्छ । यी विन्दुबाट नेपाल छिर्न नदिए पनि बाहिर निक्लन भने स्वीकृति दिएको छ । यसो गर्नुमा पक्कै पनि सुरक्षाको चासो हुन सक्छ । काठमाडौंकै विमानस्थलमा समेत उसले सुरक्षा चिन्ता व्यक्त गर्दै भारतीय सुरक्षाकर्मी राख्न पहल गरेको थियो । खुला सिमाना भएकाले सिमानानजिकै उसले नेपालको अन्तरराष्ट्रिय विमानस्थल नचाहेको र यही कारण पश्चिमको रुट दिन आनाकानी गरेको बुझ्न सकिन्छ । भोलिका दिनमा निजगढ विमानस्थलले पनि यही नियति भोग्न सक्छ । त्यस्तै उसले पश्चिमबाट नेपाल छिर्ने अन्य प्रवेश विन्दु पनि नदिने सम्भावना बढी छ । भैरहवामा विमानस्थल सञ्चालन गरेर नेपाले पूर्वाधारमा ठूलै फड्को मारेको देखिन्छ । तर रणनीतिक र व्यावसायिक सम्भावना हेर्न भने नपुगेको हो कि भन्ने देखिन्छ । चीनले बनाएको विमानस्थल भनेर मोदीले प्रयोग नगरेको अर्थ पनि लगाएको  पाइन्छ तर यो विमानस्थल एडीबीको ऋण सहयोगमा बनेको हो । अन्तरराष्ट्रिय बोलपत्रको प्रतिस्पर्धाबाट छानिएको चिनियाँ कम्पनीले यसको निर्माण गरेको हो । त्यसैले नेपालले ठूलै कूटनीतिक पहल गरेर मात्रै यो विमानस्थलका लागि पश्चिमतर्फको प्रवेश विन्दु प्राप्त गर्न सक्ने देखिन्छ । यसका लागि नेपालले भारतका केही शर्त मान्नुपर्ने पनि हुन सक्छ । नेपालले त्यस्तो क्षमता र चातुर्य देखाउन सक्ला त ?

गौतमबुद्ध विमानस्थल : आजदेखि व्यावसायिक विमान सञ्चालनमा

भैरहवा – रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि व्यावसायिक अन्तर्राष्ट्रिय विमान सञ्चालनमा आएका छन् । यही क्रममा आज बिहान कुवेतबाट आएको जजिरा एयरबेजको जहाज बिहान ७ बजेर ८ मिनेटमा विमानस्थलमा अवतरण गरेको छ । नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज पनि बिहान ६ बजेर ५५ मिनेटमा अवतरण गर्‍यो । निगमले व्यावसायिक उडान गर्दा जजिराको जहाज दोहाबाट […]

गौतमबुद्ध विमानस्थल जेठ २ गतेदेखि सञ्चालनमा आउने

काठमाडौं । नेपालको दोश्रो अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल आगमी जेठ २ गते बुद्ध पूर्णिमाको दिनदेखि विधिवत रुपमा सञ्चालनमा आउने भएको छ । हालै निर्माण सम्पन्न सो विमानस्थलमा उडान र अवतरण जाँच्नका लागि नेपाल वायु सेवा निगमको वाइडबडी विमानले सफलतापूर्वक परीक्षण उडान गरेको छ । नेपाल वायु सेवा निगमले नेपालकै दोश्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलमा अपेरशनल […]

टावरमा चट्याङ परेपछि गौतमबुद्ध विमानस्थल बन्द

रुपन्देही । वर्षासँगै परेको चट्याङका कारण भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । हिजो दिउँसो ४ बजे परेको चट्याङका कारण टावरमा समस्या आएपछि विमानस्थल बन्द गरिएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । टावरमा चट्याङ परेपछि तार चुँडिएको र रनवेका लाइट बन्द भएका कारण विमानस्थल बन्द गरिएको हो । विमानस्थल बन्द भएको सूचना पाएपछि […]

टावरमा चट्याङ परेपछि गौतमबुद्ध विमानस्थल बन्द

वर्षासँगै परेको चट्याङका कारण भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । आज दिउँसो ४ बजे परेको चट्याङका कारण टावरमा समस्या आएपछि विमानस्थल बन्द गरिएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । टावरमा चट्याङ परेपछि तार चुँडिएको र रनवेका लाइट बन्द भएका कारण विमानस्थल बन्द गरिएको हो । विमानस्थल बन्द भएको सूचना पाएपछि विमानस्थल पुगेका यात्रु फर्किएका छन् । महाप्रबन्धक दाहालका अनुसार काठमाडाैँबाट आवश्यक सामान झिकाएर भोलि दिउँसोसम्म मर्मतको काम गरिने छ ।

चट्याङ परेपछि गौतमबुद्ध विमानस्थल बन्द

शुक्रबार अपरान्ह्र परेको चट्याङका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रात्रीकालीन उडान बन्द भएको छ ।  दिउँसो ४ बजे परेको चट्याङका कारण विमानस्थलको टावरमा समस्या आएपछि विमानस्थल बन्द गर्नु परेको विमानस्थलका महाप्रबन्धक...

गौतमबुद्ध विमानस्थल तीन महिनाभित्रै उद्घाटन गर्छौं : मन्त्री आले

काठमाडौं  : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आगामी तीन महिनाभित्र गौतमबुद्ध विमानस्थल उद्घाटन गर्ने बताएका छन्। शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २३औँ वार्षिकोत्सवको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री आलेले सो कुरा बताएका हुन्। लामो समयदेखि चर्चामा रहेको विमानस्थलको काम तीव्र गतिमा भएको बताउँदै मन्त्री आलेले सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए। जनवरी २०२२ भित्र उडानको तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले बताए।&nb

तस्वीर : परीक्षण उडानको तयारीमा गौतमबुद्ध विमानस्थल

निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडान गरिने छ । तस्वीर : रासस