काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रलाई बलियो बनाउन पत्रकारिता क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्न आवश्यक रहेको बताएका छन्।शुक्रवार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आधुनिक प्रविधिको विकाससँगै सञ्चारमाध्यमले आफूलाई निरन्तर परिमार्जन गर्दै जानुपर्ने अवस्था आएको बताए।उनले नागरिकमा सूचना फैलाउने काम पत्रकारिता क्षेत्रले गरिरहेपछि मिथ्या सूचनाको जोखिम बढी रहेकाले संवेदनशील र उत्तरदायी भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको औंल्याए।