अफगानिस्तानको राजधानी काबुलमा रहेको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल बाहिरको अवस्था अझै पनि अस्तव्यस्त रहेको छ । अमेरिकासहितका पश्चिमा देशहरुले आफ्ना कर्मचारी तथा नागरिकहरु एवम् सहयोगी अफगानलाई उद्धार गर्ने प्रक्रिया जारी राखेका बेला विमानस्थल अस्तव्यवस्त नै छ । विमानस्थलको पहुँचमा नियन्त्रण कायम गरेका तालिबान लडाकुले हवाई फायर गरेर विमानस्थल जाँदै गरेका सर्वसाधारणलाई तितरवितर पारेका छन् । […]