शिवम् सिमेन्टको बिक्री ओरालो लाग्दा नाफा ४६% ले घट्यो, प्रतिशेयर आम्दानी १८ रुपैयाँ

काठमाडौं। शिवम् सिमेन्टको बिक्रीमा गिरावट हुँदा नाफामा प्रभावित बनेको छ। कम्पनीको  सञ्चालन आम्दानी २४.८९ प्रतिशतले घटेर दुई अर्ब चार

सम्बन्धित सामग्री

शिवम् सिमेन्टको नाफा गत वर्ष ५६ प्रतिशतभन्दा बढीले घट्यो

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म शिवम् सिमेन्ट लिमिटेको खुद नाफा अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्मको तुलनामा गत वर्ष सोही अवधिमा घटेको छ । अघिल्लो वर्ष ६९ करोड ७ लाख रूपैयाँभन्दा बढी रहेको खुद नाफा गत वर्ष ३० करोड २४ लाख रूपैयाँभन्दा बढी मात्र भएको हो । गत वर्ष कम्पनीको सञ्चालनबाट आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो । अघिल्लो वर्ष ९ अर्ब २६ करोड रूपैयाँभन्दा बढी रहेको सञ्चालनबाट आम्दानी गत वर्ष ७ अर्ब ७५ करोड रूपैयाँभन्दा बढी मात्र भएको हो । अन्य आम्दानी समेत अघिल्लो वर्षभन्दा गत वर्ष ६८ दशमलव ६६ प्रतिशत कम ३६ करोड ३५ लाख रूपैयाँभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ४० करोड रूपैयाँ रहेको छ । जगेडा कोष रकम अघिल्लो वर्षभन्दा ३ दशमलव ३० प्रतिशत कम ४ अर्ब ६७ करोड रूपैयाँभन्दा बढी कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी ६ रूपैयाँ ८७ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २०६ रूपैयाँ २३ पैसा छ ।

शिवम् सिमेन्टको खुद नाफा यो वर्ष करीब ४०% घट्यो

वैशाख २८, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म शिवम् सिमेन्टले रू. ६५ करोड ४८ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३९ दशमलव ९३ प्रतिशत कम भएको हो ।  गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १ अर्ब ९ करोडभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको कुल आम्दानी घटेको र कुल खर्च बढेकाले खुद नाफामा असर परेको हो । गत वर्ष रू. ७ अर्ब ३९ करोडभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ७ अर्ब २९ करोडभन्दा बढी मात्र कुल आम्दानी गरेको हो ।  कुल खर्च भने गत वर्ष रू. ६ अर्ब ९ करोडभन्दा बढी रहेकोमा यस वर्ष रू. ६ अर्ब ५१ करोडभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ४० करोड रहेको छ । शेयर प्रिमियम रकम रू. ९५ करोड ६२ लाखभन्दा बढी रहेको कम्पनीको अन्य सम्पत्तिमा रू. ३  अर्ब ८२ करोड ९२ लाखभन्दा बढी रहेको छ ।  वार्षिक प्रतिशेयर आम्दानी रू. १९ दशमलव ८४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २०८ दशमलव ७६ रहेको छ ।                                                    स्रोतः कम्पनीको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण

शिवम् सिमेन्टको नाफा २८ प्रतिशतले घट्यो

शिवम् सिमेन्टको नाफा घटेको छ । सर्वसाधारणलाई सेयर बिक्री गरेको पहिलो सिमेन्ट कम्पनीको नाफा २८ प्रतिशतले घटेको छ ।कम्पनी चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा २९ करोडबाट घटेर २० करोड ८२ लाख रुपैयाँमा आएको छ।कम्पनीको आम्दानीको तुलनामा खर्च उच्च भएका कारण नाफामा गिरावट आएको हो । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण […]

शिवम् सिमेन्टले कमायो १ अर्ब बढी नाफा, सेयर आम्दानी पनि बढ्यो

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा शिवम् सिमेन्टले १ अर्ब ९ करोड ८० हजार रुपैयाँ नाफा गरेको छ । यो गतवर्षको यसै अवधिको तुलनामा खुद नाफा २६.५२ प्रतिशतले  बढेको हो । गत वर्षको यसै अवधिमा यसले ८६ करोड १५ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा सिमेन्ट बिक्री र अन्य स्रोतहरूबाट हुने आम्दानीसमेत वृद्धि भएपछि खुद नाफा बढेको हो । शिवमको वित्तीय अवस्थाले लगानीकर्तालाई पनि खुसी दिएको छ । यसले लगानीकर्ताको सेयर आम्दानी समेत बढेको देखिन्छ ।  सिमेन्टको प्रतिसेयर आम्दानी