छ्याङदी हाइड्रोपावरले थप ४० % हकप्रद शेयर निष्कासन गर्ने

असोज १९, काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडले ३० प्रतिशत हकप्रद शेयर निष्कासन पश्चात पुन : ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।  कम्पनीले कम्पनीले १० बराबर ३ को अनुपातमा रू. ८ करोड ९३ लाख २ हजार ५०० बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्कासनका लागि गत वैशाख १५ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ ।  उक्त हकप्रद शेयर विक्रीपश्चात कायम चुक्तापूँजीको आधारमा फेरी ४० प्रतिशत हकप्रद शेयर विक्री गर्ने निर्णय कम्पनीको असोज १८ गतेको सञ्चालक समितिको बैठकले गरेको हो ।  ३० प्रतिशत हकप्रद शेयर निष्कासन प्रक्रियामा रहेको कम्पनीले थप ४० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत् नियमन आयोगबाट पूर्व स्वीकृतिका लागि पेश गर्ने निर्णयसमेत गरेको छ । पहिलो चरणको ३० प्रतिशत हकप्रद शेयर निष्कासनको स्वीकृतिनै नपाई कम्पनीले दोस्रो चरणमा ४० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि विद्युत् नियमन आयोगबाट स्वीकृति लिन लागेको हो ।  विद्युत् नियमन आयोगको पूर्व स्वीकृति पाएमा मात्र कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गर्न सक्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. २९ करोड ७६ लाख ७५ हजार रहेको छ ।  सोही पूँजीको आधारमा कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो । ३० प्रतिशत हकप्रदशेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. ३८ करोड ६९ लाख ७७ हजार पुग्नेछ । सो पूँजीको आधारमा थप ४० प्रतिशत हकप्रद शेयर निष्कासनको तयारी कम्पनीले गरेको हो । कम्पनीले चार मेगावाट क्षमताको माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडको कारण भएको बन्दाबन्दी तथा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपका कारण उक्त आयोजनाको लागत बढ्न गएकाले दिर्घकालिन ऋण तिर्नकै लागि थप हकप्रद शेयर निष्कासन गर्न लागेको कम्पनीले बताएको छ ।  

सम्बन्धित सामग्री

हकप्रद शेयर निष्कासनका लागि स्वीकृति पर्खिँदै ११ कम्पनी

काठमाडौं । पछिल्लो समय सार्वजनिक निष्कासनले निरन्तरता पाइरहेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले प्राथमिक बजार खाली नहुने गरी नै सार्वजनिक निष्कासनका लागि अनुमति दिइरहेको हो । सार्वजनिक निष्कासनमा आउने धितोपत्रमध्ये साधारण शेयर नै बढी रहेको छ । बोर्डले धितोपत्रमा विविधीकरणका लागि साधारण शेयरसँगै ऋणपत्र, म्युचुअल फण्डको इकाई र हकप्रद शेयरलाई समेत प्राथमिकताका साथ स्वीकृति दिइरहेको छ । धितोपत्र दोस्रो बजार घटिरहेका कारण यतिबेला सार्वजनिक निष्कासनमा आएका साधारण शेयरबाहेक अन्यमा लगानीकर्ताको आकर्षण कम देखिएको छ । यो अवस्थामा बोर्डमा ११ कम्पनीले हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका छन् ।  नारायणी डेभलपमेन्ट बैंकसमेत ११ कम्पनी यतिबेला हकप्रद शेयर निष्कासनका लागि अनुमति कुरेर बसेको अवस्था छ । २६ करोड २४ लाख ६७ हजार चुक्ता पूँजी रहेको नारायणी डेभलपमेन्ट बैंकले २०७९ भदौ ९ गते नै बोर्डमा निवेदन दिएको थियो । हकप्रदका लागि आवेदन दिएका ११ कम्पनीहरूमध्ये नारायणी डेभलपमेन्ट बैंकले नै सबैभन्दा पहिला आवेदन दिएको हो । अझै पनि कम्पनीको हकप्रद शेयर आवेदन प्रक्रिया जवाफ र समीक्षाअन्तर्गत नै रहेको छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३७० रुपैयाँ छ । योबाहेक अन्य सबै कम्पनी जलविद्युत क्षेत्रका छन् । पछिल्लो व्यवस्था अनुसार जलविद्युत कम्पनीहरूलाई आयोजना निर्माणका लागि लिएको कर्जा तिर्नका लागि हकप्रद शेयर जारी गर्न पाउने भएसँगै धेरै कम्पनी यो प्रक्रियामा गएका हुन् । हकप्रद शेयरमा मात्र हैन, साधारण शेयरमा समेत जलविद्युत कम्पनीको नै वर्चश्व रहँदै आएको छ । हकप्रद शेयर निष्कासनका लागि प्रतीक्षामा रहेका जलविद्युत कम्पनीहरूमा बरुण हाइड्रोपावर, आँखु खोला जलविद्युत्, ङादी ग्रुप पावर लिमिटेड, लिवर्टी इनर्जी, रिडी पावर, अरुण भ्याली हाइड्रोपावर, हिमालय उर्जा विकास, सिंगटी हाइड्रो इनर्जी, घलेम्दी हाइड्रो लिमिटेड र छयाङ्दी हाइड्रोपावर लिमिटेड छन् । घलेम्दी हाइड्रोले २०० प्रतिशत र आँखुखोला जलविद्युतले १५० प्रतिशत हकप्रद शेयर जारी गर्न बोर्डमा निवेदन दिएका हुन् । त्यस्तै रिडी पावर र लिवर्टी इनर्जीले ५० प्रतिशत र बरुण हाइड्रो, ङादी ग्रुप, छ्याङदी हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी र अरुण भ्याली हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् ।  हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका कम्पनीहरूमध्ये चार कम्पनीहरूको शेयर मूल्य २०० रुपैयाँभन्दा कम रहेको छ । आँखुखोला जलविद्युतको १५० रुपैयाँ, लिवर्टी इनर्जीको १५१ रुपैयाँ १० पैसा, रिडी पावरको १९४ रुपैयाँ र घलेम्दी हाइड्रोको १९५ रुपैयाँ शेयर मूल्य छ ।

छ्याङदी हाइड्रोपावरको ३०% हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

पुस २०, काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडले निष्कासन गर्न लागेको ३० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज (मंगलवार) अन्तिम दिन रहेको छ ।  निष्कासनको मिति हालसम्म तय नगरेको कम्पनीले बुक क्लोजको मिति भने पुस २१ गतेका लागि तय गरेको हो । बुक क्लोजको आधारमा पुस २० गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट पुस १ गते कम्पनीले १० बराबर ३ को अनुपातमा रू. ८ करोड ९३ लाख २ हजार ५०० बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्कासनका लागि स्वीकृति पाएको हो ।  कम्पनीले हकप्रद शेयर निष्कासनका लागि वैशाख १५ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन पश्चात फेरी ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर विक्रीपश्चात कायम चुक्तापूँजीको आधारमा फेरी ४० प्रतिशत हकप्रद शेयर विक्री गर्ने निर्णय असोज १८ गतेको सञ्चालक समितिको बैठकले गरेको हो ।  ३० प्रतिशत हकप्रद शेयर निष्कासन प्रक्रियामा रहेको कम्पनीले थप ४० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत् नियमन आयोगबाट पूर्व स्वीकृतिका लागि पेश गर्ने निर्णय समेत गरेको छ । विद्युत् नियमन आयोगको पूर्व स्वीकृति पाएमा मात्र कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गर्न सक्नेछ । हाल कम्नपीको चुक्तापूँजी रू. २९ करोड ७६ लाख ७५ हजार रहेको छ ।  सोही पूँजीको आधारमा कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो । ३० प्रतिशत हकप्रदशेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. ३८ करोड ६९ लाख ७७ हजार पुग्नेछ । सो पूँजीको आधारमा थप ४० प्रतिशत हकप्रद शेयर निष्कासनको तयारी कम्पनीले गरेको हो । ४० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू. ५४ करोड १७ लाख ६८ हजार पुग्नेछ । कम्पनीले ४ मेगावाट क्षमताको माथिल्लो छन्दी खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडको कारण भएको बन्दाबन्दी तथा बाँढी पहिलो जस्ता प्राकृतिक प्रकोपका कारण उक्त आयोजनाको लागत बढ्न गएकाले दीर्घकालिन ऋण तिर्नकै लागि थप हकप्रद शेयर निष्कासन गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।

छ्याङदी हाइड्रोपावरले ३० % हकप्रद शेयर प्रयोजनका लागि पुस २१ गते बुक क्लोज गर्ने

पुस ९, काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडले ३० प्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि पुस २१ गते बुक क्लोज गर्ने भएको छ ।  नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट कम्पनीले १० बराबर ३ को अनुपातमा रू. ८ करोड ९३ लाख २ हजार ५०० बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्कासनका लागि पुस १ गते स्वीकृति पाएको हो । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि बैशाख १५ गते बोर्डमा निवेदन दिएको थियो ।  नियामक निकायबाट स्वीकृत भइसकेको हकप्रद शेयर निष्कासनको मिति भने कम्पनीले हालसम्म तोकेको छैन।  बुक क्लोजको आधारमा पुस २० गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन पश्चात फेरी ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर विक्रीपश्चात कायम चुक्तापूँजीको आधारमा फेरी ४० प्रतिशत हकप्रद शेयर विक्री गर्ने निर्णय असोज १८ गतेको सञ्चालक समितिको बैठकले गरेको हो । ३० प्रतिशत हकप्रद शेयर निष्कासन प्रक्रियामा रहेको कम्पनीले थप ४० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत् नियमन आयोगबाट पूर्व स्वीकृतिका लागि पेश गर्ने निर्णयसमेत गरेको छ । विद्युत् नियमन आयोगको पूर्व स्वीकृति पाएमा मात्र कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गर्न सक्नेछ । हाल कम्नपीको चुक्तापूँजी रू. २९ करोड ७६ लाख ७५ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो । ३० प्रतिशत हकप्रदशेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. ३८ करोड ६९ लाख ७७ हजार पुग्नेछ ।  सो पूँजीको आधारमा थप ४० प्रतिशत हकप्रद शेयर निष्कासनको तयारी कम्पनीले गरेको हो । ४० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू. ५४ करोड १७ लाख ६८ हजार पुग्नेछ ।कम्पनीले चार मेगावाट क्षमताको माथिल्लो छन्दी खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडको कारण भएको बन्दाबन्दी तथा बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपका कारण उक्त आयोजनाको लागत बढ्न गएकाले दिर्घकालिन ऋण तिर्नकै लागि थप हकप्रद शेयर निष्कासन गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।

६ ओटा कम्पनी १ करोड ५६ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा

भदौ १०, काठमाडौं । ६ ओटा कम्पनीले १ करोड ५६ लाख ४४ हजार ३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेका छन् ।  शिखर इन्स्योरेन्स, एक्सेल डेभलपमेण्ट बैंक, कर्पोरेट डेभलपमेण्ट बैंक, समृद्धि फाइनान्स, नारायणी डेभलपमेण्ट बैंक र छ्याङदी हाइड्रोपावर कम्पनी हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेका हुन् ।  ६ ओटा कम्पनीमध्ये एक्सेल डेभलपमेण्ट बैंकले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पनि पाएको छ । कम्पनीले बोर्डबाट साउन ३१ गते हकप्रद शेयर निष्कासन गर्ने स्वीकृति पाएको हो ।  कम्पनीले रू. १०० अंकित दरको २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्कासन गर्न बोर्डको अनुमति पाएको हो । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ११ लाख २१ हजार रहेको छ । उक्त हकप्रद शेयर निष्कासन पछि पूँजी रू. १ अर्ब ५ करोड ४४ लाख भन्दा बढी पुग्नेछ ।  त्यसैगरी, बाँकी पाँच ओटा कम्पनीले बोर्डमा निवेदन दिएका छन् । सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीले १० बराबर ३ को अनुपात रू. १०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको हो ।   हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले इक्रा नेपालमा रेटिङ सम्पन्न गराइसकेको छ । इक्रा नेपालले इक्रा एनपी आर ए रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कमपनीले समयमा आफ्ना दायित्व पूरा गर्न सक्ने जनाउँछ । कम्पनीको के्रडिट रिस्क कम रहेको उल्लेख गरेको छ ।  त्यसैगरी, कर्पोरेट डेभलपमेण्ट बैंकले ३० लाख कित्ता, समृद्धि फाइनान्सले २७ लाख २९ हजार ७०५ कित्ता, नारायणी डेभलपमेण्ट बैंकले १३ लाख १२ हजार ३३८ कित्ता र छ्याङदी हाइड्रोपावरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।                                                                               स्रोत : नेपाल धितोपत्र बोर्ड