एक महिनामा १ करोड ३३ लाख रुपैयाँको मह आयात

चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालले विदेशबाट १ करोड ३३ लाख रुपैयाँको मह आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार विदेशबाट ५ लाख ८० हजार किलोग्राम मह भित्रिएको हो ।आयातकर्ताले विदेशबाट मह ल्याए बापत राज्यलाई ३४ लाख रुपैयाँ बराबरको राजस्व बुझाएको विभागले जनाएको छ । नेपालमा आयात हुने मह सबै भारतबाट आउने गरेको विभागले जनाएको छ ।यस अवधिमा भारतबाहेक अस्ट्रेलियाबाट १ किलोग्राम मह समेत आएको छ । बाँकी सबै आयात भारतबाट आएको विभागको तथ्यांकमा उल्लेख छ ।

सम्बन्धित सामग्री

पाँच महिनामा १ करोड ८२ लाखको च्याउ निर्यात

चालू आर्थिक वर्ष २०७९-८० को ५ महिनाको अवधिमा नेपालबाट १ करोड ८२ लाख रुपैयाँको च्याउ निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्य बराबरको च्याउ निर्यात भएको हो

पाँच महिनामा भारतबाट आएको एक करोड १० लाखभन्दा बढीको पानको पात नेपालीले खाए

काठमाडौं। नेपालले पछिल्लो पाँच महिनामा भारतबाट १ करोड १० लाख ५३ हजार रुपैयाँको पानको पात आयात गरेको छ। भन्सार विभागका अनुसार २०७९ साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा नेपालले उक्त मुल्यमा ५१ हाजर ६४५ केजी पानको पात नेपालले आयात गरेको हो। अघिल्लो आर्थिक वर्ष २०७८/७९को सोही अवधिमा नेपालले भारतबाट १ करोड ३४ लाख २ हजार रुपैयाँको पानको पात आयात गरेको थियो।

४ महिनामा गौतमबुद्ध विमानस्थलबाट झण्डै २ करोडको आयात, ३८ लाखको निर्यात

१८ मंसिर, काठमाडौं । पहिलो चार महिनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई करोडको वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म १ करोड ८६ लाख ८२ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो विमानस्थल १ जेठबाट व्यवसायिक रुपमा सञ्चालनमा आएको हो । विमानस्थल यात्रु ओहोर–दोहोर गर्ने मात्र नभई वैदेशिक व्यापार गर्ने […]

चन्द्रागिरि हिल्सले ३ महिनामा कमायो १ करोड ३१ लाख नाफा

२५ कात्तिक, काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासमा नाफामा रहेको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ करोड ३१ लाख ८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी २ करोड ३७ लाख ३२ हजार घाटामा रहेको थियो […]

एक महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या ३ लाख ३६ हजारले बढ्यो

साउन महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या ३ लाख ३६ हजारले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो महिना अर्थात् असार मसान्तसम्म कुल मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या १ करोड ८३ लाख ७ हजार २५५ रहेकोमा साउन मसान्तसम्म (एकै महिनामा) बढेर १ करोड ८६ लाख ४३ हजार ८३४ पुगेको हो । जसबाट साउन महिनामा मात्र कुल १ खर्ब ५२ अर्ब ५६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको बैंकले जनाएको छ । यस्तै समीक्षा अवधिमा भुक्तानी प्रदायक वालेट प्रयोगकर्ताको सख्या १ करोड ४० लाख ९४ हजार, डेबिट कार्ड

साउन महिनामा १ करोड १९ लाखको क्याट फिस भित्रियो

चालू आर्थिक वर्षको साउन महिनामा १ करोड १९ लाख रुपैयाँ बराबरको क्याट फिस भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार विदेशबाट उक्त मूल्य बराबरको ३८ हजार ५०० किलोग्राम क्याट फिस भित्रिएको हो ।यसबापत आयातकर्ताले राज्यलाई ४५ लाख ६१ हजार रुपैयाँ राजश्व बुझाएका छन् । नेपाल भित्रिएको सबै क्याट फिस भारतबाट भित्रिने गरेको छ । नेपालीहरूले विदेशबाट उच्च मूल्य तिरेर समुन्द्र खान्की (सी फूड) आयात गरेर खाने गरेका छन् । जसले गर्दा प्रत्येक वर्ष सी फूडको आयातमा नेपालबाट करोडौं रुपैयाँ बाहिरिने गर

११ महिनामा भित्रियो एक करोड ३० लाख बढीको सियो

पछिल्लो एघार महिना अर्थात चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा नेपालले विश्वका १२ देशबाट १ करोड ३० लाख ४० हजार रुपैयाँको सियो आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनेदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपालमा १९ हजार ७८४ केजी सियो भित्रिएको छ ।

९ महिनामा १ करोड २८ लाखको युरिन ब्याग आयात

चालू आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा विदेशबाट १ करोड २८ लाख रुपैयाँको युरिन ब्याग आयात भएको छ । भन्सार विभागले साउनदेखि चैत महिनासम्ममा ४ लाख ६० हजार वटा युरिन ब्याग भित्रिएको जनाएको हो ।१ करोड २८ लाख रुपैयाँ बराबरको साढे ४ लाख युरिन ब्याग आयात गर्ने क्रममा २५ लाख ६७ हजार रुपैयाँ भन्सार राजश्व संकलन भएको छ । यस अवधिमा नेपालमा भित्रिएका सबै युरिन ब्याग भारतबाट आयात भएको विभागले जनाएको छ ।गत आर्थिक वर्ष २०७७/७८ को ९ महिनाको अवधिमा विदेशबाट जम्मा १ करोड १९ लाख ७७ हजार रुपैयाँको युरिन ब्याग आयात भए

एक महिनामा मोबाइल वालेटबाट १६ अर्ब बढीको कारोबार

एक महिनामा मोबाइल वालेटबाट १६ अर्ब बढीको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पुस महिनामा डिजिटल वालेटबाट १६ अर्ब २७ करोड ६० लाख कारोबार भएको हो ।  १ करोड ३७ लाख १२ हजार २०६ वटा कारोबारबाट १६ अर्ब २७ करोड ६० लाख कारोबार भएको छ । मंसिरमा १ करोड ३० लाख ३० हजार ८०४ वटा कारोबारबाट १५ अर्ब ५२ करोड ८० लाख कारोबार भएको थियो ।  मंसिरभन्दा पुसमा वालेटबाट हुने कारोबार...