संसदको विकास तथा प्रविधि समितिले स्मार्ट सवारी चालक अनुमतिपत्र छपाइको टेन्डर प्रक्रियमा सहभागी पदाधिकारी उपर तत्काल छानविन गरी कारवाही गर्न निर्देशन दिएको छ । बुधबार समितिको कार्यालयमा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेलाई समितिमा बोलाई गरिएको छलफलपछि समितिले सो निर्देशन दिएको हो । समितिले स्मार्ट सवारी चालक अनुमतिपत्र छपाई सम्बन्धमा टेन्डर गर्दा नै प्राविधिक कमजोरी भएको पाईएको भन्दै छानविन गरी दोषीलाई कारवाही गर्न निर्दे