कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा गएराति भारी वर्षा, आउँदो हप्तादेखि मनसुन बाहिरिने अनुमान

काठमाण्डाै - कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा गएराति भारी वर्षा भएको छ । लुम्बिनीका केही पश्चिमी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दुई वटा प्रदेशमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ । हिजो दिउँसोदेखि नै ठूलो पानी परेकाले खुटिया, कान्द्रा, मोहना, सुहेली, चौधर लगायत साना खोलाहरुमा एक्कासी बाढी आउन सक्ने भएकाले होँचा र डुबान हुने ठाउँमा सतर्क रहन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । यस्तै बबई राप्ती नदीमा पनि पान...

सम्बन्धित सामग्री

मौसम बदली : सुदूरपश्चिमका केही ठाउँमा अतिभारी वर्षाको सम्भावना

९ असोज, काठमाडौं । आज पनि मौसम बदली भएको छ । देशभर मौसम सामान्यदेखि आंशिक बदली भई केही ठाउँमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश नं १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा भइरहेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ […]

सुदूरपश्चिम प्रदेशमा सोमबारसम्म भारी वर्षा हुने

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सोमबारसम्म भारी वर्षा हुने चेतावनी दिइएको छ । जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन कार्यालय अत्तरियाले सुदूरपश्चिमका पहाडी र तराईको क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो । कञ्चनपुर, बैतडी र दार्चुला जिल्ला अझ बढी वर्षाको सम्भावना रहेको छ । कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।

देशभर वर्षाको सम्भावना, सुदूरपश्चिममा भारी वर्षा हुने

काठमाडौं । आज देशभर बदली रहनेछ । दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमका एक(दुई स्थानमा भारी वर्षा हुनसक्ने देखिन्छ । राति सुदूरपश्चिम र लुम्बिनीका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। शुक्रबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको आकलन […]

लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

६ असोज, काठमाडौं । आज पनि सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरेको छ । आज प्रदेश १ सुदूरपश्चिम, बागमती, मधेश, गण्डकी प्रदेशमा वर्षा भइरहेको छ । दिउँसो पनि देशभर आंशिक बदली भई केही ठाउँमा […]

देशभर वर्षाको सम्भावना, सुदूरपश्चिममा भारी वर्षा हुने

काठमाडौं - आज देशभर बदली रहनेछ । दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने देखिन्छ । राति सुदूरपश्चिम र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। श...

तीन दिन भारी वर्षा हुने, सुदूरपश्चिमका जिल्ला बाढीको जोखिममा

वर्षाका कारण सुदूरपश्चिम प्रदेशका बैतडीसहित सात जिल्लाका नदीमा बिहीबारदेखि तीन दिन पानीको जल सतह उल्लेख्य बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सतर्क रहन सूचना जारी गरेको छ ।