बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो । भेटमा बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको समीक्षाका साथै आसन्न तिनै तहको निर्वाचनका सन्दर्भमा छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । उनका अनुसार यी विषयमा छलफल भएपनि सहमतिबारे भने जानकारी हुन नसकेको बताए । यस्तै बिहीबार

सम्बन्धित सामग्री

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार नियमित भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । छलफलको कुनै विशेष एजेन्डा नभएको उनले...

भारत र जापानका प्रधानमन्त्रीबीच भेटवार्ता

भारत र जापानका प्रधानमन्त्रीबीच शनिबार भारतको संघीय राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी फुमियो किशिदाबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको हो । दुई देशबीचमा आर्थिक तथा सांस्कृतिक सम्वन्ध र सहकार्य बृद्धि गर्न भेटवार्ता उपलब्धिमूलक भएको दुवै देशका अधिकारीहरूले जनाएका छन् ।  भारतीय प्रधानमन्त्रीको कार्यालयको आधिकारीक ट्वीटर हेण्डलमा देखिएको छ, “प्रधानमन्त्री मोदी र जापानका प्रधानमन्त्री किशिदाबीच भएको भेटवा

देउवा र प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले दुई नेताबीच भेटवार्ता भएको बताए । उनले भेटवार्ता नियमित भएको बताउँदै थप विषय खुलाउन चाहेनन् । एमालेले सभामुखलाई महाभियोग लगाउनेसम्मका चेतावनी दिइरहेको बेला देउवा र प्रचण्डबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । आजै देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच पनि

विप्लव-नारायणकाजी भेटवार्ता

काठमाडौं : नेकपा माओवादी र नेकपा विप्लव समूहबीच एकताको चर्चा चलिरहँदा शीर्ष नेताहरुले भेटवार्ता तीब्र पारेका छन्। हिजो माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज अर्का नेता  नारायणकाजी श्रेष्ठसँग भेटवार्ता भएको छ। उनीहरुबीच आइतबार बिहान भेटवार्ता भएको हो। दुई नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको चन्दको सचिवालयले जनाएको छ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्रीले राष्ट्रपति भवन  शीतलनिवासमा पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन्।  राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीले नियामित भेटघाटअन्तर्गत राष्ट्रपतिसँग...

‘विप्लव’ र ‘बादल’बीच भेटवार्ता

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा एमालेका नेता रामबहादुर थापा बादलबीच भेटवार्ता भएको छ । बादलको निवास जोरपाटीमा भएको भेटमा नेकपाका नेता खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर पनि सहभागि थिए । आजै विप्लव र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच पनि दिउँसो भेटवार्ता भएको थियो । विप्लवले पछिल्लो समय सबै दलका प्रमुखसँग भेटवार्ता गर्दै आउनुभएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शुक्रबार साँझ शीतलनिवास पुगेका थिए। राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति र प्रधानमन्त्रीबीच नियमित भेटवार्ता भएको जानकारी दिए। प्रधानमन्त्रीको शपथग्रहणपछि देउवाले पहिलो पटक राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्। यसअघि विपक्षी दलका नेता केपी शर्मा ओलीले राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए।

देउवा–प्रचण्ड भेटवार्ता

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । उनीहरुबीच सिंहदरवारमा भेटवार्ता भएको हो । देउवासँग छलफल गरेर प्रचण्ड सिंहदरवारबाट बाहिरिइसकेका छन् । स्रोतका अनुसार भेटमा सरकारमा सहभागी हुने मन्त्रीहरूको विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच शनिबार साँझ पौने ६ बजे भेटवार्ता भएको हो । प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसला आउने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री र राष्ट्रपतिबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिहएको छ ।

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ। जारी संसद् अधिवेशनको विषयमा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो। आइतबार प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्। ओली र सापकोटाबीच सम्बन्ध खटपट भइरहेको छ। ओलीले सार्वजनिक कार्यक्रममै सभामुखप्रति माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको इसारामा चलेको आरोप लगाउँदै आएका छन्। सभामुखले प्रधानमन्त्री ओलीलाई गतसा