आयोजक, निर्णायक, विजेता र प्रायोजकको नजरमा आठौं संस्करणको न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्डस्

  काठमाडौं । आठौं संस्करणको न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्डस् गत शुक्रवार काठमाडौंमा सम्पन्न भएको छ । उक्त अवार्डस् कार्यक्रममा आयोजक निर्णायक र मूख्य प्रायोजक समेतले आ-आफ्ना धारणा राखेका थिए । प्रस्तुत छ उनिहरूका धारणा :   निर्णायक मण्डललाई स्वतन्त्रता दिएको छ मदन लम्साल अध्यक्ष, न्यू बिजनेश एज  हामीले २०१३ देखि अवार्ड गर्दै आएका छौं । यी कुनै पनि अवार्डमा उत्कृष्टहरूको छनोट गर्न स्वतन्त्र निर्णायकमण्डललाई जिम्मा दिइएको हुन्छ । आयोजकले निर्णायकमण्डललाई कुनै दबाब दिने गरेको छैन । निर्णायक मण्डलले आफूले बनाएको मापदण्ड पूरा गर्नेलाई उत्कृष्ट घोषित गर्ने गरेको छ । अवार्ड सम्पन्न गराउन विज्ञ सम्मिलित निर्णायकमण्डलदेखि केही बैंक र बीमा कम्पनीसहित प्रायोजकहरूको ठूलो योगदान छ । अप्ठ्यारोसँग जुधेर अघि बढ्न सकिन्छ । अवार्डको महत्व बढेको छ रमेश हमाल पूर्वअध्यक्ष, नेपाल धितोपत्र बोर्ड (सेबोन)  यसपटक दुर्गम प्रदेशअन्तर्गत पर्ने मधेश, कर्णाली, सुदूरपश्चिममा समेत सेवा प्रवाह गरिरहेका कम्पनीलाई छनोट गर्न सकिएको छ । यसले अवार्डको महत्त्वलाई बढाउने काम गरेको छ । अप्ठ्यारोसँग जुधेर अघि बढ्न सकिन्छ मानव मजुमदर  वरिष्ठ सल्लाहकार भारतीय उद्योग वाणिज्य महासंघ (एफआईसीसीआई)  विश्व अर्थतन्त्रले चुनौतीपूर्ण समयको सामना गरिरहेको छ । दशकको प्रारम्भिक वर्षहरूमै ठूलो अवरोध झेल्नुपर्‍यो । केही पुराना जोखिमसमेत कायमै थिए । धेरै नयाँ चुनौतीको सामाना गर्नुपर्दा समग्र विश्व नै प्रभावित बन्यो । त्यसमा पनि व्यापार जगत्लाई गम्भीर रूपमा असर गरेको छ । अहिले व्यावसायिक क्षेत्रले भोगिरहेको समस्याका बारे सबै अवगत नै छौं । अर्थतन्त्रमा मन्दी आइरहेको छ, यो केही समय अझै रहने देखिन्छ । यसबीचमा कतिपय स्थापित उद्योग व्यवसाय राम्रोसँगै अघि बढेको समेत देखिन्छ ।  अप्ठ्यारो परिस्थितिमा पनि ग्राहकको मागलाई ध्यानमा राख्न सक्दा उनीहरूको बिजनेश बढेको हो । समयको मागलाई हामीले सम्बोधन गर्न सकियो भने व्यवसायमाथि उठ्न सघाउ पुग्छ । उदाहरण हेरौं, २००८ मा स्टारबक्सले ७००० स्टोर बन्द गरेको थियो । तर, विभिन्न समयमा कफीकै प्रडक्टलाई इनोभेशन गरेर कम्पनी ब्याक भएको थियो । स्टारबक्स डिजिटाइजबाट सफल भएको अर्को उदाहरण हो । यस्तै हिन्दुस्तान युनिलिभर २००८ मा भएको विश्व आर्थिक मन्दीका बेला शेयर ड्रप गरेको थियो तर पछि लगानी थपेर ब्याक भएको थियो ।  हाम्रो योगदानको सही कदर विशाल सुवेदी ब्रान्ड एण्ड मार्केटिङ स्ट्याण्डर्ड चार्टर्ड ‘बेष्ट म्यानेज्ड कमर्शियल बैंक’को अवार्ड स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडलाई मिलेको छ । न्यू बिजनेश एज, निर्णायक जुरीलाई विशेष धन्यवाद दिन चाहन्छु । अवार्ड पाउँदा यो मुलुकका लागि हामीले गरिरहेको योगदानको सही कदर भएको महसूस भएको छ । आगामी दिनमा हामीलाई अझ अगाडि बढ्न यसले सघाउ पुग्नेछ । थप अघि बढ्न उत्साह थप्यो सुदील घिमिरे सिनियर म्यानेजर, कृषि विकास बैंक  हामीले पहिल्यैदेखि यस बैंकलाई दुर्गममा पुर्‍याएर सेवा गरिरहेका छौं । यो बैंकले किसान लक्षित गरेर सेवा दिइरहेको छ । हाम्रो अहोरात्रको मेहनतबाट दुर्गमसम्म पुर्‍याएको बैंकिङ सेवाको न्यू बिजनेश एजले कदर गरेको छ । यसबाट म एकदमै गौरवान्वित भएको छु । २०२४ सालदेखि नै हामीले कृषि कार्य गर्दै आएका छौं, जे गरिरहेका छौं त्यो सही रहेछ भन्ने यस्तो अवार्डबाट पुष्टि भएको छ र आगामी दिनका लागि उत्साहितसमेत बनाएको छ ।  अघि बढ्न प्रोत्साहन मिल्यो नम्रता थापा चिफ रिर्सोस मानेज्मेन्ट अफिसर साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेड ‘बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ दि इयर’ साइन रेशुंगा डेभलपमेन्ट बैंक लिमिटेड घोषित भएको छ र हामीले अवार्ड पाएका छौं । यो हाम्रा लागि अत्यन्तै खुशीको कुरा हो । खासगरी यस बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलको नेतृत्वको समूहको मेहनतको प्रतिफल हो, यो । यो उपाधि दिन हामीलाई उपयुक्त ठान्नु भएकोमा हामी न्यू बिजनेश एज, निर्णायकमण्डललाई विशेष धन्यवाद दिन चाहन्छौं । यसले हामीलाई आगामी दिनमा अझ अघि बढ्न ठूलो प्रोत्साहन मिल्नेछ ।  निर्णायकमण्डल दबाबमा परेको छैन राजेशकुमार अग्रवाल  अध्यक्ष, नेपाल उद्योग परिसंघ  निर्णायकमण्डल कुनै दबाब प्रभावमा नपरी उत्कृष्ट कम्पनी छनोट गर्न सफल भएको छ । व्यावसायिक रूपमा सक्षम रहेकाहरूले मात्रै अवार्ड पाएका छन् । यसमा कुनै दुबिधा छैन ।  आन्तरिक तथा बाह्य चुनौती कायमै छन् गोपालकृष्णन् गौरीशंकर एशियन पेन्ट्स नेपालका कन्ट्री डाइरेक्टर अहिले पनि विश्व अर्थतन्त्र माथि उठ्न सकेको छैन । आन्तरिक तथा बाह्य चुनौतीहरू नेपालसहितका देशहरूले भोग्नै परेको छ । आर्थिक क्षेत्रमा केही समस्या भए पनि मुलुक त्यसको व्यवस्थापन गर्न देशहरू सक्षम हुनुपर्छ । समस्या समाधान गर्न असहज छैन । अझ नेपाल छुट्टै पहिचान र सम्भावनाको देश हो । भूकम्पजस्तो जटिल समस्याबाट समेत मुलुक सहजै माथि उठेको थियो । नेपालको अर्थतन्त्रमा देखिएका केही समस्याबाट नेपालले छिट्टै निकास पाउने विश्वास छ । नेपालको आर्थिक क्षेत्रमा प्रशस्तै सम्भावना छन् । आर्थिक क्षेत्रको विकासका लागि सबै तयार पनि छन् । त्यसैले सबै चाँजोपाँजो मिलाएर अघि बढ्नुको विकल्प छैन । रेमिट्यान्सका कारण जनतासँग पैसा छ र यो बढिरहेको तथ्यांकले देखाएको पनि छ । नेपाली युवाको विदेश जाने ट्रेन्ड बढेको देखिन्छ । अब उनीहरूको भविष्यका बारेमा समेत चिन्ता गर्नुपर्ने बेला आएको छ । ती फर्किन्छन्/फर्किंदैनन् थाहा छैन । सरकारले यो बुझेकै छ, यसमा काम पक्कै गर्नेछ । व्यावसायिक कम्पनीहरूले नेपालीले के चाहन्छ भन्ने सोचेर काम गर्न जरुरी छ ।

सम्बन्धित सामग्री

मिसेस युएसए युनिभर्स अवार्ड विजेता मिनु गुप्ताले माइती नेपाललाई सहयोग गर्ने

काठमाडौँ – मिसेस युएसए युनिभर्स अवार्ड विजेता मिनु गुप्ताले माइती नेपाललाई अनुदान दिने उद्घोष गरेकी छन्। अमेरिकमा बसोबास गर्दै आएकी गुप्ताले आफ्नो कम्पनी इग्नाइटको कमाइबाट २० प्रतिशत रकम माइती नेपाललाई दिने उद्घोष गरेकी हुन्। यस कार्यका लागि अनुराधा कोइरालासँग छलफल भएको बताइन्। आज (बिहीबार) रिपोर्टर्स नेपालमा पत्रकार सम्मेलन गरी उनले मानव बेचविखन र घरेलु हिंसाविरुद्धको […]

ग्लोबल स्टुडेन्ट आन्टरप्रेनरसिप अवार्ड नेपालको विजेता बन्यो कारोबार एप

कारोबार एपले ग्लोबल स्टुडेन्ट आन्टरप्रेनरसिप अवार्ड (जीएसईए) नेपालको विजेता बनेको छ । आन्टरप्रेनरसीप अर्गनाइजेसन नेपाल च्याप्टरले बिहीबार सिल्भर ओक बैंक्वयट एण्ड इभेन्ट्स सेन्टरमा आयोजना गरेको कार्यक्रममा कारोबार जीएसई नेपालको विजेता भएको हो ।  ग्लोबल स्टुडेन्ट आन्टरप्रेनरसिप अवार्डका लागि कारोबार नेपालबाट विजेता भएसँग अब भारतको पुनेमा हुने क्षेत्रीय सम्मेलनमा...

सिद्धार्थ बैंकलाई अवार्ड

आइएफसीको ट्रेड फाइनान्स कार्यक्रम अन्तर्गत ५ सय साझेदार बैंकहरूको प्रतिस्पर्धात्मक प्रक्रियाको आधारमा विभिन्न विधाहरूमा ४८ विजेता छनोट गरिएको थियो। यसमध्ये सिद्धार्थले यो अवार्ड प्राप्त गरेको हो।...

हुन्डाईले वर्षको उत्कृष्ट अवार्ड पायो

हुन्डाई आईओनिक ५ वर्ल्ड कार अफ द इयर अवार्ड २०२२ मा ६ वटा विभिन्न विधाहरूमध्ये तीन वटाको विजेता बनेको छ।...

अस्कर अवार्ड जित्ने पहिलो अश्वेत अभिनेता सिड्नी प्वाटिएको निधन

अस्कर अवार्ड विजेता अभिनेता सिड्नी प्वाटिएको निधन भएको छ । सर्वोत्कृष्ट अभिनेताका रुपमा अस्कर अवार्ड जित्ने पहिलो अश्वेत कलाकार सिड्नीको ९४ वर्षको उमेरमा शुक्रबार निधन भएको हो । बहामियन अमेरिकन सिड्नीको अमेरिकाको लस एन्जलसमा निधन भएको हो । उनी ट्रेलब्लेजिङ अभिनेतासँगै सम्मानित मावनअधिकारकर्मी तथा कूटनीतिज्ञ पनि थिए । उनले सन् १९६३ मा ‘लिलिज अफ द […]

एफवानसफ्ट आइसिटी अवार्ड २०२१ मा विजेता पुरस्कृत

आइसिटी अवार्डको २०२१ सम्पन्न भएको छ । लिभिङ विथ आइसिटीले आयोजना गरेको अवार्डमा विभिन्न १२ विधामा सर्वोत्कृष्टलाई आइसिटी अवार्ड २०२१ प्रदान गरिएको थियो ।यो अवार्डमा विभिन्न ११ विधामा ४०० भन्दाबढीको अनलाइन नोमिनेशन प्राप्त भएको थियो ।एफवान सफ्ट आइसिटी अवार्ड अन्तर्गत पायोनियर आइसिटी अवार्ड २०२१ बाट आइसिटी विज्ञ मनोहरकुमार भट्टराईलाई सम्मान गरिएको छ । यसैगरी एनसेल […]

डक्टर्स अन कल नेपालले जित्यो ‘एनवाईईएफ स्टार्टअप अवार्ड २०२१’

‘डक्टर्स अन कल नेपाल’ काठमाडौं च्याप्टरको स्टार्टअप अवार्ड २०२१ को विजेता भएको छ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले आयोजना गरेको अवार्ड कार्यक्रममा ‘डक्टर्स अन कल नेपाल’ प्रथम भएको हो ।यस्तै, अवार्ड कार्यक्रममा ‘अर्बन नेपाल’ दोस्रो र ‘अन्शु टेक्नोलोजी’ तेस्रो भएका छन् । पुरस्कार स्वरुप विजेता कम्पनी डक्टर्स अन कल नेपालले नगद १ लाख ५० हजार रुपैयाँ रुपैयाँ पाएको छ । दोस्रो हुने अर्बन नेपालले ७५ हजार र तेस्रो हुने अन्शु टेक्नोलोजीले ५० हजार रुपैय

सागकी स्वर्णधारी सन्तोषी अवार्ड समितिको निर्देशक

काठमाडौं (हाम्रो खेलकुद)– खेल जीवनको सफलतामा आफैले अवार्ड जितेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठको नेतृत्वमा इयरले दिमोत्रिभा वारेन अवार्ड विजेताको छनोट गरिने भएको छ । नेपालको ग्रामिण क्षेत्रमा सामुदायिक स्वास्थ्य, शिक्षा, खेलकुद तथा माहिला सशक्तिकरणमा काम गरिरहेको संस्था द इयरले ट्रस्टले ‘इयरले–दिमोत्रिभा वारेन अवार्ड’को घोषणा गरेको छ । […]

रहेनन् नेशनल अवार्ड विजेता सम्पादक वामन भोंसले

भारतको नेशनल अवार्ड विजेता वामन भोंसलेको निधन भएको छ। धेरै बलिउड फिल्मका सम्पादन गरिसकेका ८९ वर्षीय भोंसलेको मुम्बईमा निधन भएको हो। फिल्मनिर्देशक सुभाष घईले भोंसलेको मृत्यु भएको पुष्टि गरेका छन्। भोंसलेलाई सन् १९७८ मा विनोद खन्ना र विद्या सिन्हा अभिनित फिल्म 'इनकार' बाट उत्कृष्ट सम्पादकको नेशनल अवार्ड जितेका थिए। साथै…