सागकी स्वर्णधारी सन्तोषी अवार्ड समितिको निर्देशक

काठमाडौं (हाम्रो खेलकुद)– खेल जीवनको सफलतामा आफैले अवार्ड जितेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठको नेतृत्वमा इयरले दिमोत्रिभा वारेन अवार्ड विजेताको छनोट गरिने भएको छ । नेपालको ग्रामिण क्षेत्रमा सामुदायिक स्वास्थ्य, शिक्षा, खेलकुद तथा माहिला सशक्तिकरणमा काम गरिरहेको संस्था द इयरले ट्रस्टले ‘इयरले–दिमोत्रिभा वारेन अवार्ड’को घोषणा गरेको छ । […]

सम्बन्धित सामग्री

नेपाल व्यवस्थापन संघको नयाँ नेतृत्वद्वारा पदभार ग्रहण

वैशाख ३, काठमाडौं । नेपाल व्यवस्थापन संघको नवनिर्वाचित कार्य समितिले पदभार ग्रहण गरेको छ । संघको उपेन्द्रप्रसाद पौड्याल नेतृत्वको नवनिर्वाचित समितिले आइतवार एक कार्यक्रमकाबीच पदभार ग्रहण गरेको हो । संघका निवर्तमान अध्यक्ष किरणकुमार श्रेष्ठले पौड्याललाई पदभार हस्तान्तरण गरे । कार्यक्रममा संघको २० औं प्रबन्ध समितिको निर्वाचन मण्डलका प्रमुख गुणराज भट्टले नवनिर्वाचित पदाधिकारी र कार्यकारी सदस्यहरुलाई शपथ ग्रहण गराए । भट्टले नवनिर्वाचित पदाधिकारी तथा कार्यकारी सदस्यहरुलाई निर्वाचित भएको प्रमाण पत्र समेत हस्तान्तरण गरे । नेपाल व्यवस्थापन संघमा प्रत्येक दुई वर्षमा नयाँ कार्य समिति चयन हुने प्रावधान छ । सोही अनुसार हालका सभापति तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको कार्यकाल समाप्त भएर नबिल बैंक लिमिटेका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले संघको नयाँ नेतृत्व सम्हालेका छन् । नवनिर्वाचित अन्य पदाधिकारीहरूमा प्रथम उपसभापतिमा सुरेन्द्र कुमार गोयल, द्वितीय उपसभापतिमा आश्मी राणा, महासचिवमा मोहनराज ओझा र कोषाध्यक्षमा हेमा कुमारी अधिकारी निर्वाचित भएका छन् । त्यस्तै संघको कार्यकारी सदस्यहरूमा अनु जोशी श्रेष्ठ, आशा राणा अधिकारी, ईन्द्र कुमार श्रेष्ठ, जितेन्द्र धिताल, कविराज अधिकारी, कृष्ण बहादुर अधिकारी, कृष्ण प्रसाद शर्मा रहेका छन् । त्यस्तै मनिष झा, मनोज कुमार ज्ञवाली, मिलन गुरुङ, प्रद्युमन पोखरेल र सुमन शर्मा पनि संघको कार्यकारी सदस्यमा निर्वाचित भएका छन् । संघको प्रबन्ध समितिमा निवर्तमान सभापति  पदेन सदस्य र नेपाल सरकारको सचिव वा सहसचिव स्तरको एक जना प्रतिनिधि मनोनित सदस्य रहने प्रावधान छ । संघमा एकजना कार्यकारी निर्देशक र निजले सदस्य सचिवको भूमिका निर्वाह गर्ने प्रावधान छ । नेपाल व्यवस्थापन संघ ४१ वर्ष अघि गठन भएको संस्था हो । उक्त संस्थामा मुलुकको नीतिगत तहमा योगदान पुरयाएका  व्यवस्थापक, प्रशासक र अन्य विभिन्न क्षेत्रमा योगदान पुरयाउँदै आएका व्यक्तिहरू सदस्य रहन्छन् । संघले नेपाल सरकारको बजेट तथा कार्यक्रम, प्रि–बजेट छलफल, मौद्रिक नीति लगायतका गतिविधिहरूमार्फत  सरकारलाई विज्ञ समूहको रुपमा सघाउँदै आएको छ । त्यस्तै संघले सिइओ सम्मेलन, राष्ट्रिय व्यवस्थापन सम्मेलन र व्यवस्थापन अवार्ड कार्यक्रमहरू पनि गर्दै आएको छ ।