आरआर कलेज अगाडि प्रधानमन्त्रीको पुत्ला जलाउने क्रममा नेविसंघ र प्रहरीबीच घम्साघम्सी

काठमाडौं : नेपाल विद्यार्थी संघले राजधानीको आरआर कलेज अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ। प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप लगाउँदै नेवसंघले प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो। आरआरबाट बाहिर निस्कँदै पुत्ला जलाएपछि प्रहरीसँग नेविसंघका कार्यकर्ताको घम्साघम्सी परेको थियो। पछिल्लो समय नेविसंघले सरकारको विरोध गर्दै विभिन्न स्थानमा प्रदर्शन…

सम्बन्धित सामग्री

नेविसंघ मुगुद्वारा रारामा सरसफाइ

नेपाल विद्यार्थी संघ मुगुले रारातालमा सरसफाइ अभियान सुरु गरेको छ। नेविसंघ मुगुद्वारा ग्रीन रारा क्लिन रारा भन्ने मुल नाराका साथ स्वच्छ, सफा, हरियाली, वातावरण संरक्षणका लागि शनिबार रारा ताल सरसफाई कार्यक्रम...

नेविसंघ शंकरदेव क्याम्पस अध्यक्षमा खाँण

काठमाडौं, १५ जेठ । नेपाल विद्यार्थी संघ(नेविसंघ) शंकरदेव क्याम्पस एकाई अध्यक्षमा सन्देश खाँण मनोनीत भएका छन्। नेविसंघ केन्द्रीय समितिले क्याम्पस एकाई अध्यक्षमा आइतबार खाँणलाई मनोनीत गरेको हो। लामो समय रिक्त रहेको क्याम्पस एकाईलाई चलायमान बनाउने र ३ महिनाभित्र एकाई अधिवेशन गर्नेगरि खाँणलाई एकाई अध्यक्ष तोकिएको नेविसंघले जनाएको छ।

स्ववियुमा अनेरास्ववियुकाे वर्चश्व, पछिपछि नेविसंघ

प्राप्त नतिताअनुसार अहिलेसम्म नेकपा एमालेनिकट अनेरास्ववियुले सबैभन्दा धेरै क्याम्पसमा जित हासिल गरेकाे छ । नेविसंघ अनेरास्वियुलाई पछ्याइरहेकाे छ ।

‘नेतृत्व चेतना भएको होइन, कठपुतली नेविसंघ चाहन्छ’

आज नेविसंघ पार्टीका नेताको रुचि अनुसार चलेको छ । नेतृत्व चेतना भएको हैन, कठपुतली नेविसंघ चाहन्छ । हरेक स-सानो विषयमा पार्टीको हस्तक्षेपले नेविसंघको प्राकृतिक स्वभावमा ह्रास आएको छ, स्वायत्तता खोसिएको छ ।

नेविसंघ बर्दियाकाे सभापतिमा हमाल चयन

काठमाडाैं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) बर्दियाकाे सभापतिमा नगेन्द्र हमाल चयन हुनुभएकाे छ । आज गुलरियामा भएको नेविसंघ बर्दियाकाे निर्वाचन भेलाबाट सभापतिमा हमाल चयन हुनुभएकाे हाे । जिल्ला भेलाले उहाँलाई नेविसंघ बर्दियाकाे सभापतिमा चयन गरेकाे हाे । सभापतिमा चयन भएपछि उहाँले भन्नुभयाे,’सभापतिकाे जिम्मेवारी पाउँदा एक किसिमकाे उत्साह आएकाे छ, साथै जिम्मेवारीकाे […]

नेविसंघ त्रिविको समिति विघटन

काठमाडौं । नेपाल विद्यार्थी संघको त्रिभुवन विश्वविद्यालय समिति विघटन भएको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले सोमबार विज्ञप्ति जारी गर्दै विश्ववद्यालय क्याम्पस कीर्तिपुरमा क्रियाशील सम्पूर्ण समितिहरू विघटन गरेका छन् । त्रिविको नेविसंघ विश्वविद्यालयमा लगातार तालाबन्दी गरेर आलोचित भैरहेका बेला समिति नै विघटन भएको छ ।

त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबिच ढुङ्गामुढा

काठमाडौँ । काठमाडौँको त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबिच ढुङ्गा हानाहान भएको छ। आज १० बजेदेखि नेविसंघ र प्रहरीबिच ढुङ्गा हानाहान भएको हो। नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न ढिलाइ गरेकोमा नेविसंघले पुत्ला दहन गरेको थियो। सो क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेविसंघले ढुङ्गा प्रहार गरेको थियो। संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि नागरिकता विधेयक राष्ट्रपतिकहाँ […]

नेविसंघ पृष्ठभूमिबाट निर्वाचन लडेकाहरुको विवरण तयार गरिँदै

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नेविसंघ पृष्ठभूमीबाट स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरुको विवरण तयार गर्ने भएको छ। अध्यक्ष डुजाङ शेर्पाले स्थानीय निर्वाचनका क्रममा बनेका केन्द्रीय परिचालन समिति र केन्द्रीय प्रचारप्रसार समितिलाई...

नेविसंघ र तरुण दलमा नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दललाई नेतृत्व प्रदान गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार नेविसंघ अध्यक्षमा काठमाडौंका दुजाङ शेर्पा र तरुण दल अध्यक्षमा पर्वतका विद्वान गुरुङलाई नियुक्त गरेका हुन् । केन्द्रीय तदर्थ समितिको रूप दिइएको यो नेतृत्वले तीनै तहको निर्वाचन सम्पन्न भएको तीन महिनाभित्रमा नेविसंघ र तरुण […] The post नेविसंघ र तरुण दलमा नयाँ नेतृत्व appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेविसंघ तदर्थ समिति गठनको माग गर्दै रिले अनसन

८ चैत, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा तदर्थ समिति गठनको माग गर्दै एक समूहले कांग्रेस पार्टी कार्यालय सानेपामा रिले अनसन सुरु गरेको छ । नेविसंघ संघर्ष समितिको नाममा पाँच बुँदे माग राख्दै सञ्जय जंग थापा, विवेक बानिया, सुर्य सत्याललगायतका समूहले पार्टी कार्यालयमा रिले अनसन सुरु गरेको हो । नेविसंघ […]