काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११/१२) ले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ ।कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिवार र ७ गते आइतवार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा असोज ९ गते मङगलवार र १० गते बुधवार हुने जनाएको हो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने सूचनामा जनाइएको छ । विसं २०८० को कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि यही भदौ...