प्रेमराजाको गीतमा छमछमी नाचे मुख्यमन्त्री राजेन्द्र राई

(बेलगाँडी) झापा । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई शनिबार दिउँसो गायक प्रेमराजा महतको प्रत्यक्ष गायनमा छमछमी नाचे । मुख्यमन्त्री नै नाचेपछि कलाकारहरु पनि के कम । उनलाई नृत्यामा अभिनेता दीलिप रायमाझी, रमित ढुँगाना, अभिनेत्री केकी अधिकारी, वर्षा राउत, दीपाशा बिसी, गायिकाहरु रचना रिमाल, अस्मिता अधिकारी लगायत विभिन्न कलाकारले साथ दिए । अमेरिकाबाट सञ्चालित दुई […] The post प्रेमराजाको गीतमा छमछमी नाचे मुख्यमन्त्री राजेन्द्र राई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

प्रदेश १ का मुख्यमन्त्री राई प्रदेशसभा सदस्यमा निर्वाचित

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई भोजपुर 'क' बाट निर्वाचित भएका छन् ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई भोजपुरको प्रदेशसभा १ बाट निर्वाचित

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई भोजपुरको प्रदेशसभा १ बाट निर्वाचित भएका छन्। मुख्यमन्त्री राई नेकपा (एमाले)का हरिबहादुर राईलाई पराजित गर्दै प्रदेशसभामा निर्वाचित भएका हुन्। मुख्यमन्त्री राईले १६ हजार ११० मत ल्याएका छन्। निकटतम प्रतिद्वन्द्वी हरिबहादुरले १२ हजार २२३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रदेश १ को नाम किरात–सगरमाथा वा किरात–कोसी हुन सक्छः मुख्यमन्त्री राजेन्द्र राई

काठमाडौं, १३ असार । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण १० साउनभित्रै टुंग्याउने बताएका छन् । प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै मुख्यमन्त्री राईले भने, “प्रदेशको नाम यही बजेट अधिवेशनमा राखिसक्ने अधिकतम पहल गरेका छौं । हामी करिब करिब सहमतिको नजिक छौं । सम्भवतः […]

‘फुलबुट्टे सारी’ मा राजेश हमालसँगै प्रदेश १ का मुख्यमन्त्री राईको डान्स

विराटनगर : पछिल्लो समय योजना बेगरका सानातिना कार्यक्रममा गएको भन्दै आलोचना खेपिरहेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई झापाको काँकडभिट्टामा शुक्रबार आयोजित ‘टिभिएस रेडर सप्तरंग सिजन–३ ’ महासाङ्गीतीक यात्रामा मुख्यमन्त्री सहभागी भए। गायिका मिलन नेवारले ‘फुल बुट्टे सारी’ बोलको गीत गाउँदै गर्दा कार्यक्रममा मुख्यमन्त्री राईले पनि नृत्य प्रस्तुत गरेका थिए। ‘स्वास्थ्य र समृद्घिका लागि’ भन्ने नारासहित सातवटै प्रदेशमा कन्सर्ट सुरू भएको  उक्त

अन्तर्राष्ट्रिय सम्मेलनमा मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राई शनिबार किराँत राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन  राष्ट्रियसभा गृहमा सम्बोधन गर्दै  ।  तस्वीर, रासस

मुख्यमन्त्री राजेन्द्र राई भाइटीका लगाउन भोजपुर जाने

संखुवासभा : प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राई शुक्रबार गृहजिल्ला भोजपुर आउने भएका छन्।मुख्यमन्त्री राई काठमाडौंबाट शुक्रबार बुद्ध एयरको विमानमा संखुवासभाको तुम्लिङटार विमानस्थल आउने उनका प्रमुख स्वकीय सचिव सन्दिप राईले जानकारी दिए।राई मुख्यमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला आउन लागेका हुन्।उनले संखुवासभाका कार्यकर्तासँग भेटघाट सकेर शुक्रबार दिउँसो गृहजिल्ला भोजपुर जाने स्वकीय सचिव राईले बताए।मुख्यमन्त्री राई तिहार मनाउन गृहनगर षडानन्द नगरपालिका–११ भ्याउपोखरी आउन लागेका हुन्।

प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री

विराटनगर (अस) ।  प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई तथा अन्य मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शपथ लिएलगत्तै सञ्चारकर्मीसँग प्रदेशको नामकरण गर्ने र बजेटको दायरा बढाउने प्रतिक्रिया दिएका छन् । उनले नराम्रो काम नगर्ने राम्रो कामलाई प्राथमिकता दिने बताए । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री र मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता राईलाई गठबन्धनका तर्फबाट मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रस्ताव गरिएको थियो । मुख्यमन्त्री राईले गठबन्धन दलहरूमध्ये नेपाली कांग्रेसबाट दुई र अन्य दलबाट एकएक जनालाई समेटेर ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मुख्यमन्त्री राईले नेपाली कांग्रेस संसदीय दलका नेता हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना मन्त्री, कांग्रेसका प्रमुख सचेतक केदार कार्कीलाई आन्तरिक मामिला तथा कानून मन्त्री, जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता जयराम यादवलाई सामाजिक विकास मन्त्री, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री राईको पहिलो निर्णय : भीम आचार्यको निर्णय खारेज

१६ कात्तिक, विराटनगर । प्रदेश १ को मन्त्रिपरिषद बैठकले भीम आचार्य नेतृत्वको अघिल्लो सरकारले गरेको सबै निर्णय, नियुक्ति र सरुवा पुनरावलोकन र खारेज गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले एमाले नेतृत्वको अघिल्लो सरकार असंवैधानिक भन्दै उसले गरेका निर्णय एकमुस्ट खारेजीको प्रक्रिया अघि बढाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए […]