पर्यटक आकर्षित गर्न कार्यक्रम नआएको भन्दै पर्यटन व्यवसायी असन्तुष्ट

३२ साउन, काठमाडौं । पर्यटनसँग सम्बन्धित विभिन्न संघ-संस्थाले पर्यटक आकर्षित गर्न सरकारीस्तरबाट कुनै कार्यक्रम नआएको भन्दै असन्तुष्टि जनाएका छन् । सरकारले सन् २०२३ बाट भ्रमण दशक सुरु गरेको छ । तर, यो कसरी सञ्चालन गर्ने, बजेट कसरी गर्ने र के कार्यक्रम गर्ने भन्ने टुंगो पर्यटन मन्त्रालयले अझै लगाउन सकेको छैन । बुधबार होटल संघ नेपालका […]

सम्बन्धित सामग्री

खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटक संख्या बढ्दै

डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् । खप्तडमा दैनिक सयौंको संख्यामा पर्यटक आउन थालेको खप्तड पर्यटन विकास समितिले बताएको छ । अहिले खप्तडका विभिन्न क्षेत्र हराभरा हुनुका साथै, तालसमेत भरिभराउ भएकाले पर्यटक आकर्षित हुन थालेको खप्तड पर्यटन विकास समितिका अध्यक्ष हर्कबहादुर सिंहले बताए । ‘अहिले खप्तड हेर्नलायक छ, यहाँका दृश्य अवलोकनका लागि पर्यटक आउने क्रम बढेको छ,’ उनले भने । कोरोना भाइरस संक्रमणको जोखिम कम भएपछि गत वैशाखयता खप्तडमा तीन हजार पर्यटक भित्रिएको निकुञ्ज कार्यालयको तथ्यांक छ । खप्तड प्रवेशद्वार झिग्राना तथा बग्लेकमा पर्यटकका लागि घरवास होमस्टे तथा विश्रामस्थल निर्माण भएका छन् । यसकारण पनि पर्यटक बढ्दै गएको पूर्वीचौकी गाउँपालिका–२ का स्थानीयवासी धनबहादुर विष्टले बताए । ‘खप्तडमा अहिले सडक र घरबास निर्माण भएकाले पर्यटकको आकर्षण बढेको छ, पर्यटक आउन थालेसँगै यहाँका स्थानीयवासीको आयस्रोतमा समेत वृद्धि हुँदै गएको छ,’ उनले भने । यहाँ आएका पर्यटकलाई स्वागत गर्न र बास बस्नका लागि घर निर्माण भएकाले पर्यटक आउनेक्रम बढेको स्थानीयवासीको भनाइ छ । जिल्लामा कोरोना संक्रमण दर शून्यमा झरेको र पर्यटकका लागि बास बस्ने राम्रो व्यवस्था भएकाले खप्तडसहित अन्य पर्यटकीय क्षेत्रमा घुम्न आउनेहरू बढेको पर्यटन व्यवसायी दीपकबहादुर खड्काले बताए । ‘पर्यटकका लागि हामीले अहिले यहाँ घरबास र यातायातको सुविधा मिलाएका छौं, सुविधा पाउन थालेपछि पर्यटक आउने क्रम बढेको छ,’ उनले भने । अहिले खप्तड मनमोहक देखिने भएकाले पनि पर्यटक आउनेक्रम बढेको तथा निकुञ्ज पर्यटकको प्रमुख आकर्षणको केन्द्रबिन्दु बनेको होटेल व्यवसायी संघका जिल्ला अध्यक्ष राजेन्द्र शाहीले बताए । खप्तडमा बाजुरा, अछाम, डोटी र बझाङका आन्तरिक पर्यटक बढी अवलोकनमा आउने गरेको निकुञ्जले बताएको छ । निकुञ्जका अनुसार अहिले खप्तडमा दैनिक ८० देखि ९० जनासम्म पर्यटक आउने गरेका छन् ।   रासस

कोरोनाको जोखिम घटेसँगै खप्तड राष्ट्रिय निकुञ्जमा बढ्न थाले पर्यटक

पुस ११, डोटी । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध तथा प्रमुख पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् । खप्तडमा दैनिक सयौँको संख्यामा पर्यटक आउन थालेको खप्तड पर्यटन विकास समितिले जानकारी दिएको छ । जिल्लामा कोरोना संक्रमण दर झण्डै शून्यमा पुगेसँगै यहाँ पर्यटक आउनेक्रम बढेको हो ।  अहिले खप्तडका विभिन्न क्षेत्र हराभरा हुनुका साथै, तालसमेत भरिभराउ भएकाले पर्यटक आकर्षित हुन थालेको खप्तड पर्यटन विकास समितिका अध्यक्ष हर्कबहादुर सिंहले बताए । उनले भने, ‘अहिले खप्तड हेर्न लाएक छ, यहाँका दृष्य अवलोकनका लागि भए पनि पर्यटक आउनेक्रम बढेको छ । कोरोना भाइरस संक्रमणको जोखिममा कमी भएपछि गएको वैशाखयता खप्तडमा कम्तीमा पनि आन्तरिक तथा बाह्य गरी तीन हजार पर्यटक भित्रिएको निकुञ्ज कार्यालयको तथ्यांकमा उल्लेख छ । खप्तड प्रवेशद्वार झिग्राना तथा बग्लेकमा पर्यटकका लागि घरबास होमस्टे तथा विश्रामस्थल निर्माण भएका कारण पनि पर्यटक आउनेक्रम बढ्दै गएको पूर्वीचौकी गाउँपालिका–२ का स्थानीयवासी धनबहादुर विष्टले बताए । उनले भने, ‘खप्तडमा अहिले सडक र घरबास निर्माण भएकाले पर्यटकको आर्कषण बढेको छ, पर्यटक आउन थालेसँगै यहाँका स्थानीयवासीको आयस्रोतमा समेत वृद्धि हुँदै गएको छ ।’ यहाँ आएका पर्यटकलाई स्वागत गर्न र बास बस्नका लागि घर निर्माण भएकाले पर्यटक आउनेक्रम बढेको स्थानीयवासीको भनाइ छ । जिल्लामा कोरोना संक्रमण दर शून्यमा झरेको र पर्यटकका लागि बास बस्ने राम्रो व्यवस्था भएकाले खप्तडसहित यहाँका अन्य पर्यटकीय क्षेत्रमा घुम्न आउनेको संख्या अधिक रहेको पर्यटन व्यवसायी दीपकबहादुर खड्काले बताए । उनले भने, ‘पर्यटकका लागि हामीले अहिले यहाँ घरबास र यातायातको सुविधा मिलाएका छौँ, सुविधा पाउन थालेपछि पर्यटक आउनेक्रम बढेको छ ।’ अहिले खप्तड मनमोहक देखिने भएकाले पनि पर्यटक आउनेक्रम बढेको तथा निकुञ्ज पर्यटकको प्रमुख आकर्षणको केन्द्रबिन्दु बनेको होटेल व्यवसायी संघका जिल्लाध्यक्ष राजेन्द्र शाहीले बताए । उनले भने, ‘अहिले खप्तडको दृष्य मनमोहक छ, पर्यटकको प्रमुख रोजाइँमा खप्तड परेकाले पर्यटकको आक्रर्षण बढेको हो ।’ खप्तडमा बाजुरा, अछाम, डोटी र बझाङका आन्तरिक पर्यटक बढी अवलोकनमा आउने गरेको निकुञ्जले जानकारी दिएको छ । निकुञ्जका अनुसार हिजोआज खप्तडमा दैनिक ८० देखि ९० जनासम्म पर्यटक आउने गरेका छन् । धर्तीको भू–स्वर्गका नामले चिनिने खप्तड निकुञ्जमा अहिले बाजुरा, अछाम, बझाङ, डडेल्धुरा, बैतडी, दार्चुला, कैलाली, कञ्चनपुर, डोटीलगायत छिमेकी मुलुक भारतका आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।  निकुञ्ज क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिकस्थलका साथै विभिन्न जंगली जनावरसमेत देख्न सकिन्छ । त्यहाँ रहेका त्रिवेणी धाम, नागढुंगा, खप्तड स्वामीको आश्रम, २२ पाटनलगायत क्षेत्र मनमोहक छन् । निकुञ्जको संरक्षणका लागि चार ठाउँमा इलाका कार्यालय राखिएको छ । खप्तड क्षेत्रमा जेठ महीनामा गंगा दशहरा मेला तथा जनैपूर्णिमाका दिन भव्य जात्रा लाग्ने गर्दछ ।  पर्यटकको सुविधाका लागि पूर्वीचौकी गाउँपालिका–२ बग्लेगसम्म प्रदेश सरकारले सडक सुविधा पुर्‍याइएको छ । बग्लेगबाट भने पर्यटकको मागअनुसार घोडाको व्यवस्था गरिएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए । रासस

प्रदेश २ मा पर्यटन प्रवर्द्धन : के भन्छन् सरोकारवाला ?

वीरगञ्ज । प्रदेश २ को आर्थिक विशेषतामा कृषि र उद्योग व्यवसायको सन्दर्भ अगाडि आउँछ । कृषिको भण्डार र बारा पर्सा औद्योगिक कोरिडोर समेटिएको यो प्रदेश उत्पादन र आपूर्तिको केन्द्र हो । तर, यो प्रदेशमा पर्याप्त पर्यटकीय सम्भावना रहेर पनि उपयोग हुन नपाएको सरोकारका पक्षको भनाइ छ । प्रदेशका धार्मिक र प्राकृतिक आकर्षणका स्थलहरू पर्यटक भित्र्याउने मुख्य आधार हुन् । प्रदेश राजधानी जनकपुरको धार्मिक सम्बन्ध भारतको अयोध्यासित जोडिएको छ । यो सम्भाव्यता प्रदेश २ मा धार्मिक पर्यटक भित्र्याउने मूल आधार हो । तर, विवाह पञ्चमीका अवसरमा हुने औपचारिकताबाहेक पर्यटन प्रवर्द्धनका लागि उल्लेख्य काम हुन सकेको छैन । जनकपुर र अयोध्याबीच भगिनी सम्बन्ध विकास गर्ने योजना बनेको पनि हो । यो योजनाले गति लिन सकेको छैन । नेपालकै मुख्य प्रवेशद्वार वीरगञ्ज र आपासका जिल्लाका अन्य धार्मिक स्थलहरूलाई पर्यटन प्रवर्द्धनको उद्देश्यसँग जोड्न सकिने होटेल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त बताउँछन् । वीरगञ्जसँगै जोडिएको पर्सा राष्ट्रिय निकुञ्ज पर्यापर्यटनका दृष्टिले निकै महत्त्वपूर्ण मानिएको छ । तर, यो स्थलले पर्यटक आकर्षित गर्न सकेको छैन । पर्सा निकुञ्जको पर्यटकीय महत्त्वलाई उजार गर्न निजीक्षेत्र अग्रसर देखिएको छ । नेपाली युवा उद्यमी फोरम वीरगञ्जका अध्यक्ष अनुप अग्रवाल पर्सा निकुञ्जलगायत प्रदेश २ का पर्यटकीय सम्भाव्यताको उपयोगका लागि पूर्वाधारका क्षेत्रमा लगानीको आवश्यकता औंल्याउँछन् । ‘पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारमा लगानीको खाँचो छ । सरकारले यसमा निजीक्षेत्रसँग सहकार्य गर्न सक्छ,’ अध्यक्ष अग्रवालले भने । फोरमले पर्सा निकुञ्जमा पर्यटकीय पूर्वाधार र यसको सम्भाव्यता दोहनको अभियान अघि बढाएको छ । प्रदेश २ मात्र यस्तो प्रदेश हो, जसका आठैओटा जिल्लाको सिमाना भारतसँग जोडिएको छ । यो विशेषता प्रदेशमा भारतीय पर्यटक भित्र्याउन सहज हुन सक्छ । यो प्रदेशसँग भारतको ठूलो जनसंख्या बसोवास गर्ने विहार राज्यसँग सिमाना जोडिएको छ । उत्तर प्रदेश र पश्चिम बंगालसँग सहज सम्पर्क छ । यी विशेषता भारतीय पर्यटक भित्र्याउने बलिया आधार भए पनि यसको उपयोगमा रणनीतिक योजनाको अभाव देखिएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् । केही दिनअघि निजीक्षेत्रको पहलमा बाराको सिमरादेखि पोखरासम्म हवाई सेवा शुरू भएको छ । भारतबाट वीरगञ्ज हुँदै पोखराका लागि आउन चाहाने पर्यटकलाई आकर्षित गर्न हवाई सेवा विस्तार गरिएको हो । ‘२ नम्बर प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि सबैभन्दा पहिला यहाँका पर्यटकीय सम्भाव्यताको पहिचान हुनुपर्छ । धार्मिक आस्था र संस्कृति नै प्रदेश २ को पर्यटनको मूल आधार हो । प्रचारप्रसारकै बलमा नजिकैका केही स्थलहरूको अधिक दोहन भइरहँदा यस क्षेत्रका प्रचुर सम्भावना भने खेर गइराखेका छन्,’ अध्यक्ष पन्तले भने ।

प्रदेश नं २ मा पर्यटन प्रवर्द्धन : के भन्छन् सरोकारवाला ?

असोज २८, वीरगञ्ज । प्रदेश नं २ को आर्थिक विशेषतामा कृषि र उद्योग व्यवसायको सन्दर्भ अगाडि आउँछ । कृषिको भण्डार र बारा पर्सा औद्योगिक कोरिडोर समेटिएको यो प्रदेश उत्पादन र आपूर्तिको केन्द्र हो । तर, यो प्रदेशमा पर्याप्त पर्यटकीय सम्भावना रहेर पनि उपयोग हुन नपाएको सरोकारका पक्षको भनाइ छ ।  प्रदेशका धार्मिक र प्राकृतिक आकर्षणका स्थलहरु पर्यटक भित्र्याउने मुख्य आधार हुन् । प्रदेश राजधानी जनकपुरको धार्मिक सम्बन्ध भारतको अयोध्यासित जोडिएको छ ।  यो सम्भाव्यता प्रदेश नं २ मा धार्मिक पर्यटक भित्र्याउने मूल आधार हो । तर, विवाह पञ्चमीका अवसरमा हुने औपचारिकताबाहेक पर्यटन प्रवर्द्धनका लागि उल्लेख्य काम हुन सकेको छैन । जनकपुर र अयोध्याबीच भगिनी सम्बन्ध विकास गर्ने योजना बनेको पनि हो । यो योजनाले गति लिन सकेको छैन । नेपालकै मुख्य प्रवेशद्धार वीरगञ्ज र आपासका जिल्लाका अन्य धार्मिक स्थलहरुलाई पर्यटन प्रवर्द्धनको उद्देश्यसँग जोड्न सकिने होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त बताउँछन् । वीरगञ्जसँगै जोडिएको पर्सा राष्ट्रिय निकुञ्ज पर्यापर्यटनका दृष्टिले निकै महत्वपूर्ण मानिएको छ । तर, यो स्थलले पर्यटक आकर्षित गर्न सकेको छैन । पर्सा निकुञ्जको पर्यटकीय महत्वलाई उजार गर्न निजीक्षेत्र अग्रसर देखिएको छ । नेपाली युवा उद्यमी फोरम वीरगञ्जका अध्यक्ष अनुप अग्रवाल पर्सा निकुञ्जलगायत प्रदेश नं २ का पर्यटकीय सम्भाव्यताको उपयोगका लागि पूर्वाधारका क्षेत्रमा लगानीको आवश्यकता औंल्याउँछन् ।  ‘पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारमा लगानीको खाँचो छ । सरकारले यसमा निजीक्षेत्रसँग सहकार्य गर्न सक्दछ,’ अध्यक्ष अग्रवालले भने । फोरमले पर्सा निकुञ्जमा पर्यटकीय पूर्वाधार र यसको सम्भाव्यता दोहनको अभियान अघि बढाएको छ । प्रदेश नं २ मात्र यस्तो प्रदेश हो, जसका आठै ओटा जिल्लाको सीमाना भारतसँग जोडिएको छ । यो विशेषता प्रदेशमा भारतीय पर्यटक भित्र्याउन सहज हुन सक्दछ । यो प्रदेशसँग भारतको ठूलो जनसंख्या बसोवास गर्ने बिहार राज्यसँग सीमाना जोडिएको छ ।  उत्तर प्रदेश र पश्चिम बंगालसँग सहज सम्पर्क छ । यी विशेषता भारतीय पर्यटक भित्र्याउने बलिया आधार भए पनि यसको उपयोगमा रणनीतिक योजनाको अभाव देखिएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ता बताउँछन् ।  केही दिनअघि निजीक्षेत्रको पहलमा बाराको सिमरादेखि पोखरासम्म हवाई सेवा शुरु भएको छ । भारतबाट वीरगञ्ज हुँदै पोखराका लागि आउन चाहाने पर्यटकलाई आकर्षित गर्न हवाई सेवा विस्तार गरिएको हो ।   ‘पर्यटन प्रवर्द्धनका लागि सबैभन्दा पहिला यहाँका पर्यटकीय सम्भाव्यताको पहिचान हुनु पर्दछ । धार्मिक आस्था र संस्कृति नै प्रदेश नं २ को पर्यटनको मूल आधार हो । प्रचारप्रसारकै बलमा नजिकैका केही स्थलहरूको अधिक दोहन भइरहँदा यस क्षेत्रका प्रचुर सम्भावना भने खेर गइराखेका छन्,’ अध्यक्ष पन्तले भने ।

आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न ११ ओटा देशका राजदूत पोखरामा

असोज ११, कास्की । विभिन्न देशका राजदूत सहितका अन्तरराष्ट्रिय नियोगका प्रतिनिधिहरु पोखरा आएका छन् । गण्डकी प्रदेश सरकारको निमन्त्रणमा विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन एक दर्जन देशका राजदूत सहितका अन्तरराष्ट्रिय नियोगका प्रतिनिधि पोखरा आएका हुन् । पोखरा विमानस्थलमा राजदूत सहतिको टोलीलाइ गण्डकी प्रदेशका पर्यटन सचिव ज्ञानेन्द्र पौडेल, पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारी लगायतले स्वागत गरेका थिए । यूएइ, कतार, फिनल्याण्ड, कोरिया, साउदी अरब, श्रीलंका, थाइल्याण्ड, बंगलादेश, इजिप्ट लगायतका मुलुकका राजदूत पोखराको भ्रमणमा आएका हुन् । ४९औं विश्व पर्यटन दिवसको अवसरमा विभिन्न देशका राजदूत, कुटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधि सहित २८ सदस्यीय टोली पोखरा आइपुगेका हुन्  पर्यटन दिवसको अवसर पारेर आएका उनीहरु दुई दिन पोखरामा रहेर पोखराका पर्यटकीय गतिविधिमा सहभागी गराइने छ । कोरोनाले ठप्प बनेको पोखराको पर्यटन क्षेत्रमा अब कुनै त्रास नरहेकाले निर्धक्क घुम्न जान सकिन्छ भन्ने सन्देश दिन उच्च कुटनीतिक निकायका पदाधिकारीलाई निम्तो दिइएको बताइएको छ । कोरोनाले थला परेको पर्यटन उद्योगलाई उर्जा दिइ आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न देशका राजदूतलाई निमन्त्रणा गरी विश्व पर्यटन दिवस मनाउन लागेको गण्डकी प्रदेशका पर्यटन सचिव ज्ञानेन्द्र पौडेलले बताए । उनले पोखराका पर्यटकीय स्थलहरु खुला छन् भन्ने सन्देश दिन यो कार्यक्रम महत्वपूर्ण रहेन बताए । ५० प्रतिशत पर्यटन व्यवसायी र मजदूरले कोरोना विरुद्धको खोप लगाइसकेकाले पोखराको पर्यटन सुरक्षित रहेको भन्ने सन्देश दिन राजदूतको पोखरा भ्रमण महत्वपूर्ण हुने पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । दुई दिने पोखरा बसाईका क्रममा पोखराका पर्यटकीय क्षेत्रको भ्रमणसहित हाईकिङ गर्ने कार्यक्रम रहेको छ । विश्व पर्यटन दिवसको अवसरमा रेष्टुरेण्ट एण्ड वार एशोसिएशन (रेवान) ले सोमवार साँझ ५ बजेदेखि राति १० बजेसम्म फेवाताल किनारको सडकमा मिनि सडक महोत्सवको आयोजना गरेको छ ।

कोरोनाको जोखिम घटेसँगै खप्तडमा भित्रिँदै पर्यटक

डोटी । कोरोना संक्रमण दर घटेसँगै पर्यटकीयस्थल खप्तड राष्ट्रिय पर्यटक आगमन बढ्न थालेको छ । वर्षात्का बेला खप्तडका विभिन्न क्षेत्र हराभरा हुनुका साथै तालसमेत भरिभराउ हुने भएकाले पर्यटक आकर्षित हुन थालेका हुन् ।  कोरोनाको जोखिम कम भएकाले आन्तरिक तथा बाह्य पर्यटक समेत आउने क्रम बढेको निकुञ्ज कार्यालयले बताएको छ । ‘डोटीमा कोरोना संक्रमण दर शून्यमा छ, खप्तडसहित यहाँका अन्य पर्यटकीय क्षेत्रमा घुम्न आउनेको संख्या पनि अधिक छ,’ पर्यटन व्यवसायी दीपकबहादुर खड्काले भने, ‘अहिले खप्तड मनमोहक देखिने भएकाले पनि पर्यटक आउने क्रम बढेको हो ।’ खप्तड प्रवेशद्वार झिग्राना तथा बग्लेकमा पर्यटकका लागि घरबास तथा विश्रामस्थल निर्माण भएकाले पर्यटकलाई सहज भएको पूर्वीचौकी गाउँपालिकाका बासिन्दा हरिभान साउदले बताए । निकुञ्ज पर्यटकको प्रमुख आकर्षणको केन्द्रबिन्दु बनेको होटेल व्यवसायी संघका जिल्ला अध्यक्ष राजेन्द्र शाहीले बताए । ‘अहिले खप्तड पर्यटकको प्रमुख रोजाइमा छ, खप्तडसम्म पूर्ण यातायात र खाने बस्ने सेवासुविधा भए थप पर्यटक आउनेछन्,’ उनले भने । निकुञ्ज कार्यालयका अनुसार अहिले खप्तडमा दैनिक ९० जनासम्म पर्यटक आउने गरेका छन् । निकुञ्जमा बाजुरा, अछाम, बझाङ र डोटीका धेरै पर्यटक आउने गरेको खप्तड पर्यटन विकास समितिका अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिए । निकुञ्ज क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिक स्थलका साथै विभिन्न जंगली जनावरसमेत देख्न सकिन्छ । त्यहाँ रहेका त्रिवेणी धाम, नागढुंगा, खप्तड स्वामीको आश्रम, २२ पाटनलगायत क्षेत्र मनमोहक छन् । निकुञ्जको संरक्षणका लागि चार ठाउँमा इलाका कार्यालय राखिएको छ । खप्तड क्षेत्रमा जेठमा गंगा दशहरा मेला तथा जनैपूर्णिमाका दिन भव्य जात्रा लाग्ने गर्दछ । जात्रा हेर्न सुदूरपश्चिमसहित अन्य प्रदेशबाट समेत पर्यटकको घुइँचो लाग्ने गरेको बग्लेकका बासिन्दा दिनेश ठकुल्लाले बताए । पर्यटकको सुविधाका लागि पूर्वीचौकी गाउँपालिका तथा खप्तड पर्यटन विकास समितिको पहलमा बग्लेगसम्म सडक सुविधा पुर्‍याइएको छ । बग्लेगबाट भने पर्यटकको मागअनुसार घोडाको व्यवस्था गरिएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए । ‘झिग्रानासम्म सडक सुविधा पुर्‍याउन हामी सफल भयौैं, त्यहाँबाट पर्यटकको माग बमोजिम घोडाको पनि व्यवस्था पनि मिलाउन सकिन्छ, खप्तड क्षेत्रमा रहेको खप्तड स्वामीको आश्रमको संरक्षण तथा संवर्द्धन स्थानीय तह, नेपाली सेना, स्थानीयवासी तथा खप्तड पर्यटन विकास समितिले गरिरहेको छ । गाउँपालिका, गाउँपालिकाकै वडा नं २ र होटल व्यवसायी संघको संयुक्त लगानीमा बग्लेक गाउँका १० घरमा घरवास शुरू गरिएको हो । सुदूरपश्चिम प्रदेशका चार पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटी जिल्ला संगमस्थल बनेको निकुञ्जभित्र नागढुंगा, खापर दह, सहस्र लिंग, त्रिवेणीधाम, पाटन, खप्तड दह(ताल), खप्तड बाबाको आश्रमका साथै विभिन्न किसिमका वनस्पति र चराचुरुंगी देख्न सकिन्छ । यसको क्षेत्रफल २२५ वर्ग किमी छ । समुद्री सतहबाट ३ हजार ५०० मिटरसम्म उचाइमा रहेको निकुञ्जभित्र ५६७ थरीका वनस्पति र नेपालमा पाइने ८५० मध्ये २६० भन्दा बढी चराचुरुंगी पाइन्छ । खप्तड निकुञ्ज क्षेत्रमा अन्य ५२ दह छन् । निकुञ्जभित्र कस्तुरी, मृग, बँदेल, डाँफे, जरायो, रतुवा, थारल, घोरल, चितुवा, भालु, बाँदर, ढेडुबाँदर, दुम्सी, खरायोलगायत जंगली जनावर पाइन्छन् । प्रकृतिले नै रमाइलो बनाएको त्यस ठाउँमा ठूल्ठूला घाँसे मैदान, ससाना ढिस्का र रमाइलो जंगल छ । त्यहाँ रहेका घाँसे मैदानमा गाई, गोरु, घोडा चर्न आउने गरेको देखिन्छ । जैविक विविधताले भरिएको यो क्षेत्रलाई २०४० सालमा राष्ट्रिय निकुञ्ज बनाइएको थियो । रासस

जङ्गल सफारीबाट पर्यटक आकर्षित

पूर्वी नवलपरासी देवचुलीको पिप्रहरबाट चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जिप सफारी सेवाको सुरुवात गरिएको छ। पर्यटनको प्रचुर सम्भावना रहेको देवचुली पिप्रहरबाट पहिलो पटक निकुञ्जमा जङ्गल सफारी गरिएको हो। पछिल्लो समय जङ्गल सफारीप्रति पर्यटकको मोह बढ्दै गएकोले होटल, होमस्टे तथा पर्यटन व्यवसायी समिति देवचुलीको आयोजनामा राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरअन्तर्गत गिद्धेनी पोस्टदेखि पुरानो आइल्यान्ड क्याम्पसम्मको नयाँ मार्गमा जिप सफारी सुरु गरिएको हो।