‘भूस्वर्ग’ उपमा पाएको खप्तड क्षेत्रको विकास गर्न सके समग्र सुदूरपश्चिमको आर्थिक विकासमा कोसेढुंगा सावित हुने कुरा उठेको झन्डै आधा शताब्दी पुग्न थाल्यो । ०३२ सालतिरदेखि सार्वजनिक रूपमा खप्तडमा पर्यटन विकासको कुरा उठ्न थालेको हो । त्यसयता तत्कालीन राजा वीरेन्द्रसहित उच्चपदस्थ सरकारी अधिकारीले बर्सेनि खप्तडको भ्रमण गरे ।