‘बी’ डिभिजन लिगः दुई खेल गोल रहित बराबरीमा सकियो

राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्र्तगत शनिबार भएका दुई खेल गोल रहित बराबरीमा सकिएका छन् । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा पुल्चोक स्पोर्ट्स क्लबले श्री भगवती क्लबसँग र तालिकाको तेस्रो स्थानमा रहेको बाँसबारी क्लब श्री कुमारी क्लबसँग गोल रहित बराबरीमा रोकिएका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा बाँसबारीले दर्जनौ अवसर सिर्जना गरे पनि बाँसबारीको अग्रपङ्क्तिले सदुपयोग गर्न सकेन ।  ७ खेलबाट ७ अंक जोडेको श्र

सम्बन्धित सामग्री

बी डिभिजन लिग चैत १५ देखि, तयारी खर्च बढाइयो

२६ पुस, काठमाडाैं । अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक बी डिभिजन लिग फुटबल चैत १५ गतेदेखि सुरु गर्ने घोषणा गरेको छ । मंगलबार एन्फा पदाधिकारी र बी डिभिजन क्लबका प्रतिनिधिबीचको छलफलले लिगको मिति टुंगो लगाएको हो । एन्फाले बी डिभिजन क्लबहरुका लागि प्रदान गर्ने तयारी खर्चमा पनि बृद्धि गरेको छ । १२ लाख ५० […]

चर्च ब्वाइज ‘बी’ डिभिजन लिग च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – लिगको एक खेल बाँकी छँदै चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ‘बी’ डिभिजन लिग च्याम्पियन बन्दै शीर्ष डिभिजनमा बढुवा भएको छ । मंगलबार भएको लिगको १२औं चरणको खेलमा बाँसबारी क्लबमाथि ५–१ सानदार जित निकाल्दै चर्च ब्वाइज लिगको एक खेल बाँकी छँदै च्याम्पियन बन्दै शीर्ष डिभिजनमा बढुवा भएको हो । सातदोबाटोस्थित एन्फा कम्लेक्समा […]

शहीद स्मारक बी डिभिजन लिग : टुसाल विजयी

शहीद स्मारक बी डिभिजन लिग फुटबलमा टुसाल युथ क्लब विजयी भएको छ । टुसालले वीरगञ्ज युनाइटेड क्लबलाई पराजित गरेको हो ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा टुसाल युथले वीरगञ्ज युनाइटेडलाई ४–० गोलअन्तरले पराजित गरेको हो । टुसालका लागि एसपीजङ्ग कार्की र ओमप्रकाश रोकाले दुई/दुई गोल गरे । कार्कीले खेलको २४औँ मिनेट गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । त्यस्तै रोकाले खेलको ६४औँ मिनेटमा गोल गरेका थिए ।     रोकाले खेलको ६८औँ मिनेटमा अर्को गोल थप्दै टुसालको अग्रता

शहीद स्मारक बी डिभिजन लिग : शनिबार तीन खेल हुने

२० फागुन, काठमाडौं । झम्सीखेल युथ क्लबविरुद्ध सुरुवाती अग्रता जोगाउन नसक्दा शुक्रबार सरस्वती युथ क्लबले राजधानीमा जारी शहीद स्मारक बी डिभिजन लिग अन्तर्गत आफ्नो दोस्रो खेलमा अंक बाँडेको छ । । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा सरस्वतीले झम्सीखेलसँग १–१ गोलको बराबरी खेलेर अंक बाँडेको हो । सरस्वतीका लागि […]

बी डिभिजन लिग सुरु: तीन क्लबको विजयी सुरुवात

ए डिभिजन लिग फुटबल प्रतियोगिता सकिएको चार दिनपछि बुधबारदेखि सातदोबाटो एन्फा कम्प्लेक्समा बी डिभिजन लिग सुरु भएको छ । लिगको पहिलो दिन तीनवटा क्लबले जित निकालेका छन् । एन्फा कम्प्लेक्समा श्री भगवती,...

‘बी’ डिभिजन लिग आजबाट सुरु हुँदै

काठमाडौं, १८ फागुन । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आज (बुधबार)बाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘बी’ डिभिजन लिगको पहिलो दिन तिन खेलहरु हुने जनाएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा बाँसबारी क्लब र सरस्वती […]

आजबाट सहिद  स्मारक ‘बी’ डिभिजन लिग

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद  स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगिता आज बुधबारबाट सुरु गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो दिन तीन खेल हुनेछन् । बिहान साढे नौ बजे हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा पौने १ बजे  बाँसबारी क्लब र सरस्वती क्लब आमुने सामुने हुनेछन् । अपराह्न ४ बजे हुने तेस्रो तथा दिनको अन्तिम खेलमा विरगंज युनाईटेड र ब्वाइज युनियनबीच खेल हुनेछ ।लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लि

‘बी’ डिभिजन लिग फागुन १८ देखि

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिग यसै महिनाबाट शुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘बी’ डिभिजन लिग १८ फागुनबाट हुने जानकारी गराएको छ । मंगलबार एन्फा कम्प्लेक्समा लिगको खेल तालिका सार्वजनिक गरिएको थियो । तालिका अनुसार लिग १८ फागुनबाट शुरु भएर २७ चैतमा सकिनेछ । लिगमा १४ […]

शहीद स्मारक ‘बी’ डिभिजन लिग : बाँसबारी क्लब विजयी

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा बाँसबारी युवा क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा बाँसबारीले पुल्चोक स्पोर्टस् क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो । बाँसबारीका लागि दुवै गोल निशान सुनारले गर्नुभएको हो । उहाँले खेलको ४७औँ मिनेटमा पहिलो गोल गर्नुभएको हो । सुनारले नै खेलको ६९औँ मिनेटमा बाँसबारीका लागि दोस्रो गोल गर्नुभएको हो । जीतसँगै बाँसबारीले आठ खेलमा १८ अङ्क जोडेको छ । बाँसबारी लिगको तेस्रो स्थानमा रहेको छ । यस्तै आठ खेलमा दुई अङ्क मात्र जोडेको पुल्चोक स्पोर्टस् क्लब लिगको पुछारमा रहेको छ । लिगमा १२ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । (रासस)

बी डिभिजन लिग: खुमलटारमाथि सातदोबाटोको जित

काठमाडौं: शहीद स्मारक बी डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा सातदोबाटो युवा क्लबले खुमलटार युथ क्लबमाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सातदोबाटोले ३-२ गोलअन्तरले जित निकालेको हो। खेलको ११ औं मिनेटमा दोर्जे तामाङको गोलमा सातदोबाटोले अग्रता बनाएको थियो। यद्यपि २६ औं मिनेटमा खुमलटारका कप्तान सबिन केसीले…