काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) ले संयुक्त रूपमा दल दर्ता गरेका छन् । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनार्थ आज –मङ्गलवार) निर्वाचन आयोग पुगेर दुवै पार्टीले संयुक्त रूपमा दल दर्ता गरेका हुन् ।
दुवै पार्टीबीच आउँदो चुनावमा एकै चिह्नबाट चुनाव लड्ने सहमति भएको थियो । मङ्गलवार बिहान नेकपा (माओवादी केन्द्र) को केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले डा. बाबुराम भट्टराईलाई पनि आफ्नै दलको चुनाव चिह्नमा प्रतिस्...