माओवादीका २२ हजार २७९ उम्मेदवार, कुन पदमा कति ? (सूची)

स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रले सबै पदमा गरी २२ हजार २७९ जना उम्मेदवार उठाएको छ । निर्वाचन आयोगले शुक्रबार जारी गरेको तथ्यांकअनुसार माओवादीले पुरुष १३३०२ र महिला ८९७७ जना गरी २२ हजार २७९ जना उम्मेदवार उठाएको हो । जसमध्ये माओवादीले नगर प्रमुखमा १५६ जना पुरुष र १८ जना महिला गरी १७४ जना उम्मेदवार उठाएको छ भने गाउँपालिका अध्यक्षमा २६१ पुरुष र २९ जना महिला गरी २९० जना उम्मेदवार उठाएको छ ।त्यस्तै सो पार्टीले नगर उपप्रमुखमा ८५ जना पुरुष र १३३ जना महिला गरी २१८ जना उम्मेदवार उठाएको छ । त्य

सम्बन्धित सामग्री

समानुपातिकमा कुन दलले कति मत ल्याए ?

१५ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिकमा १ करोड २ लाख २२ हजार २२२ मत गणना भएको छ । बिहीबार बिहान ८:५५ बजेसम्मको मतपरिणाम अनुसार नेकपा एमालेले २७ लाख २८ हजार ३०५ मत ल्याएर पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ९६ हजार ४२३ मत पाएको छ। तेस्रो स्थानमा रहेको नेकपा माओवादी […]

समानुपातिकतर्फ कुन दलले कति मत ल्याए?

काठमाडाैँ- प्रतिनिधिसभातर्फको समानुपातिक मततर्फ नेकपा एमाले पहिलाे स्थानमै कायम रहेकाे छ। ९२ लाख ५० हजार ८९१ मत गन्दा एमालेले २५ लाख २२ हजार ७२० मत प्राप्त गरेकाे छ। एमालेलाई नेपाली कांग्रेसले २३ लाख ९० हजार ३२८ मत ल्याइ पच्छाइरहेकाे छ। तेस्राे स्थानमा भने नेकपा माओवादी केन्द्रलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी आएकाे छ। उसले १० […]

२२ हजार मतगणना हुुँदा युग पाठकले पाए ५६ मत, ओलीको कति ?

झापा : झापा क्षेत्र नम्बर–५ को मतगणना जारी छ।  यहाँ पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायम रहेको छ। २२ हजार २०७ मतगणना हुँदा ओलीले ११ हजार २८ मत पाएका छन्।  कांग्रेसका खगेन्द्र अधिकारीले ६ हजार ५१६ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका शुरेश कुमार पोखरेलले १९०४ मत पाएका छन्।जनमत पार्टीका भीम राजव‌ंशीले ९१३ मत पाएका छन्। स्वतन्त्रबाट उठेका दिपककुमार (युग)  पाठक ले ५६ मत पाएका छन्।

झापा १ मा मतान्तर फराकिलो बनाउँदै विश्वप्रकाश शर्मा, कति पुग्यो अग्निको?

काठमाडौं : झापा १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतान्तर फराकिलो बनाउँदै लगेका छन्। २२ हजार ३३१ मत गन्दा शर्माले ११ हजार ३८५ मत पाएका छन् भने एमालेका अग्नि खरेलले ७ हजार ८६ मत पाएका छन्। अहिले शर्माले ४ हजार २९९ को मतान्तर बनाएका छन्। यस निर्वाचन क्षेत्रमा ८१…

सडक कुकुरको व्यवस्थापन : ‘सेल्टर’मा राख्नु कति उचित ?

६ असार, काठमाडौं । काठमाडौंमा लगभग २२ हजार सडक कुकुर बेवारिसे अवस्थामा छन् । काठमाडौं महानगरपालिकाले निकालेको गत वर्षको तथ्यांक हो यो । सहरका चोक-गल्लीमा यी कुकुरहरु भौंतारिरहेका छन् । त्यो पनि भोक-प्यास सहेर । एकातिर भरपेट खान पाइरहेका छैनन्, अर्कोतिर ज्यानकै सुरक्षा छैन । कुन बेला कसले तातो पानी खन्याउने हो, कसले ढुंगा बर्साउने […]

६ महानगरमा मेयरको मतान्तरमा महाफड्को, बढारियो एमाले

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगिसकेको छ । स्थानीय तहको निर्वाचन २०७४ को तुलनामा यस पटकको निर्वाचनमा महानगरपालिका प्रमुखले भारी मतान्तर बढाउन सफल भएका छन् ।  कुन महानगरमा कसको कति मतान्तर ?वीरगञ्ज महानगरपालिका : साढे २२ हजार मतान्तरवीरगञ्ज महानगरपालिका प्रमुखमा जनता समाजवादी पार्टीका राजेशमान सिंह भारी मतान्तरसहित विजयी भएका छन् । सिंहले   ४६ हजार २१५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय कुमार सरावगी २३ हजार ६७१ मतमा रोकिए ।

रेनुले थप बढाइन् अग्रता, कसको कति मत ?

भरतपुर महानगरपालिकामा रेनु दाहालले थप अग्रता बनाएकी छन् । शनिबार प्राप्त पछिल्लो मतपरिणामअनुसार माओवादी केन्द्रबाट मेयर उम्मेदवार उनले ५१३३ मतको अग्रता बनाएकी छन् । रेनुले २७ हजार ४१२ मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदीले २२ हजार २७९ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ५५२ मत पाएका छन् । उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले २९ हजार ५२५ मत पाएर अग्रता बनाइरहँदा राप्रपाकी हिमला गुरुङले १७ हजार ३२५ मत पाएकी छन् ।

ललितपुरमा चिरिबाबुले कटाए २० हजार मत, अन्य उम्मेदवारले कति पाए ?

ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनका मेयरका साझा उम्मेदवार नेपाली काँग्रेसका चिरीबाबु महर्जनको अग्रता यथावत छ । ४४ हजार ८९९ गणना हुँदा महर्जनले २२ हजार ७२३  मत पाएका छन् ।एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १२ हजार ५१३ मतसहित पछ्याइरहेको अवस्था छ । उपमेयरमा एमालेका उम्मेदवारको अग्रता छ । एमालेकी उम्मेदवार मन्जली शाक्यले १२ हजार ५२१ मतले ल्याएकी छिन् । गठबन्धनबाट माओवादीका बाबुराज बज्राचार्यले ७ हजार ९०० मतसहित पछ्याइरहेका छन्।

स्थानीय निर्वाचनमा सहभागी कुन दलका उम्मेदवार कति ? (सूचीसहित)

स्थानीय तह निर्वाचनमा ७९ दलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उल्लेख्य संख्यामा स्वतन्त्र उम्मेदवारी समेत परेको छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा एमालेले सबै पदमा गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ । यस्तै काँग्रेसले ३१ हजार ४२५ तथा माओवादी केन्द्रले २२ हजार २७९ जना उम्मेदवार उठाएको छ । जसपाले ९ हजार ४८१ जना उम्मेदवार उठाउँदा लोसपाले ४ हजार ७६१ जना उम्मेदवार उठाएको छ । यसैगरी एकीकृत समाजवादी पार्टीले ११ हजार ३३० जना उम्मेदवार उठाएको छ । स्वतन्त्र हैसियतमा १

कांग्रेसका ३१ हजार उम्मेदवारले गरे मनोनयन दर्ता, अन्य दलको कति ?

काठमाडौं, १४ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि नेपाली कांग्रेसका ३१ हजार जनाले उम्मेदवारी दिएका छन् । वडा, नगरपालिकाको मेयर, उपमेयर, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, वडा सदस्यमा कांग्रेसका ३१ हजार जनाले उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन आयोगको अनुसार नेकपा एमालेका ३३ हजार, नेकपा माओवादी केन्द्रका २२ हजार, राप्रपा र […]