रेनुले थप बढाइन् अग्रता, कसको कति मत ?

भरतपुर महानगरपालिकामा रेनु दाहालले थप अग्रता बनाएकी छन् । शनिबार प्राप्त पछिल्लो मतपरिणामअनुसार माओवादी केन्द्रबाट मेयर उम्मेदवार उनले ५१३३ मतको अग्रता बनाएकी छन् । रेनुले २७ हजार ४१२ मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदीले २२ हजार २७९ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ५५२ मत पाएका छन् । उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले २९ हजार ५२५ मत पाएर अग्रता बनाइरहँदा राप्रपाकी हिमला गुरुङले १७ हजार ३२५ मत पाएकी छन् ।