प्रदेश १ को नाम टुंगो लगाउन सर्वदलीय बैठक सुरु

प्रदेश १ मा सर्वदलीय बैठक सुरु भएको छ । बैठकमा प्रदेशको नामकरणको टुंगो लगाउने विषयमा छलफल हुँदैछ । सभामुख प्रदीपकुमार भण्डारीले बैठकको आव्हान गरेका हुन् ।  आगामी साउन ८ गते बस्ने प्रदेशसभाको बैठकपछि नामको विषयमा छलफल सुरु गर्ने तयारी छ । यद्यपि अहिलेसम्म प्रदेश १ को नामकरण के गर्ने भन्ने विषयमा दलहरूको आ–आफ्नै अडान छन् । नेकपा एमालेले कोशी प्रदेश, काँग्रेसले सप्तकोशी, माओवादीले किरात–लिम्बुवान–कोचिला, नेकपा एकीकृत समाजवादीले बहुपहिचानको अडान लिँदै आएका छन् । 

सम्बन्धित सामग्री

‘प्रदेश १ को नाम टुंग्याउन दलहरू असफल’

मोरङ – प्रदेश १ को नाम टुंग्याउनका लागि दलहरू असफल भएको प्रदेश १ प्रदेश सभाका सभामुख प्रदीकुमार भण्डारीले बताएका छन्। नेपाल पत्रकार महासंघ मोरङ शाखाले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा प्रदेश सभा सभामुख भण्डारीले नामकरणका लागि दलहरूले पटक पटक प्रयास गरेपनि सफल हुन नसकेको बताए। उनले भने, ‘मैले आफैँ पनि धेरैपटक सर्वदलीय बैठक बोलाएँ। दलहरूलाई […]

प्रदेश १ को नाम टुङ्गो लगाउन छलफल

काठमाडौं । प्रदेश नंं १ को नामकरणका बारेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रदेश सरकारको आह्वानमा प्रदेशसभाका संसदीय दलका नेतासहितको बैठक मुख्यमन्त्रीको कार्यकक्षमा शुक्रबार बसेको हो । चालु प्रदेशसभाबाट प्रदेशको नामकरण टुङ्गाउने विषयमा बैठक बसेको मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताए । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका नेता भीम […]

प्रदेश १ : नामकरणका लागि सर्वदलीय बैठकमा छलफल

विराटनगर : प्रदेश १ सरकारले प्रदेश नामकरणका लागि आज मंगलबार सर्वदलीय बैठक गरेको छ। पाँचदलीय गठबन्धनका तर्फबाट प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितको सर्वदलीय बैठक मुख्यमन्त्री कार्यालयमा आयोजना गरिएको हो।प्रदेश १ को नाम राख्नका लागि समन्वय तथा सहजीकरण गर्ने क्रममा बोलाइएको बैठकको अध्यक्षता मुख्यमन्त्री राजेन्द्रकुमार राईले गरेका थिए। बैठकको सञ्चालन स्वास्थ्यमन्त्री जयराम यादवले गरे। मन्त्री यादवलाई गत माघ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको नामकरणका लागि समन्वय तथा सहजीकरण गर्ने जि

प्रदेश १ : पदावधि सकिनै लाग्दा नामको विषयमा छलफल सुरु

विराटनगर : प्रदेश सरकार गठन भएको चार वर्षपछि प्रदेश १ को नाम राख्ने विषयमा सरकारले आज (मंगलबार)देखि औपचारिक छलफल सुरु गरेको छ।७ प्रदेशमध्ये ६ वटा प्रदेशले नाम टुंगो लगाएसँगै प्रदेश १ मा भने सुरसार नै नभएका वेला पहिलोपटक पाँच दलीय गठबन्धनले नाम राख्ने विषयमा छलफलका लागि सर्वदलीय बैठक आह्वान गरेर औपचारिक छलफल सुरु गरेको छ।सरकार गठन भएको चार वर्ष बितिसक्दा तीन मुख्यमन्त्री पाएको प्रदेश १ ले २०७६ वैशाख २३ मा प्रदेश १ ले राजधानी तोकेको थियो।बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहित गठबन्धनका दलह

प्रदेश १ को नाम टुंग्याउन सर्वदलीय बैठक, के होला नाम ?

विराटनगर – मुलुकका अन्य ६ प्रदेशको नामाकारण सम्पन्न भइसकेपछि प्रदेश १ ले पनि नामाकरणका बारेमा छिनोफानो गराउन सर्वदलीय बैठक बोलाएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न १२ बजे बोलाइएको बैठकमा पाँच दलीय गठबन्धनमा आवद्ध दलका शीर्ष नेता सहभागी हुनेछन्। प्रदेशसभा गठन भएको चार वर्ष वितिसक्दा पनि पहिचानका आधारमा कि भूगोल वा अन्य विषयलाई सम्बाेधन गरेर […]

प्रदेश १ को नामकरणबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

सुर्खेत, फागुन १० । प्रदेश १ को नाम राख्नेबारे छलफल गर्न आज सर्वदलीय बैठक आह्वान गरिएको छ । प्रदेशको नामाकारणमा अझै अलमलमा रहेको प्रदेश १ सरकारको तर्फबाट आज सर्वदलीय बैठक आह्वान गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो १२ बजे बस्ने बैठकबाट प्रदेशको नामाकरणबारे सहमतिको तयारी गरिएको छ । ६ वटै प्रदेशले आफ्नो नाम […]

प्रदेश १ को नाम टुंगो लगाउन आज सर्वदलीय बैठक

विराटनगर : प्रदेश १ को नामाकरणका लागि आज सर्वदलीय बैठक बस्दैछ। राजधानी मात्रै टुंगो लागेको प्रदेश १ मा पहिलो पटक पाँच दलीय गठबन्धनले नामकरणको विषयमा छलफलफका लागि सर्वदलीय बैठक आह्वान गरेको हो।बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहित गठन्धनका दलहरु सहभागी हुने प्रदेश नामकरणका लागि सहजीकरण तथा समन्वयको जिम्मेवारी पाएका स्वास्थ्यमन्त्री जयराम यादवले जानकारी दिए। उनका अनुसार बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेता, दलका प्रदेश कमिटीका अध्यक्ष तथा सभापतिहरु र सरक

नाममा सहमति जुटाउने प्रयास स्वरुप प्रदेश-१ मा सर्वदलीय बैठक बस्दै

काठमाण्डाै - प्रदेश-१ सरकार प्रदेशको नाम टुङ्गो लगाउन सहमति जुटाउने प्रयासमा जुटेको छ । प्रदेशको स्थायी राजधानी विराटनगर कायम भइसकेको लामो समय भइसक्दा पनि प्रदेश-१ ले नाम टुङ्गो लगाउन सकेको छैन । प्रदेशको नाममा सहमति जुटाउन आज १२ बजेपछि बस्ने गरी सर्वदलीय बैठक आह्वान गरिएको हो । बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेता तथा सरकारका सबै मन्त्रीलाई बोलाइएको छ । गएको माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले मन्त्री जयराम यादवलाई प्रदेश-१ को नामकरणका लागि सहजीकरण गर्ने जिम्मा दिएको थियो । म...

प्रदेश १ को नामकरणबारे छलफल गर्न आज सर्वदलीय बैठक

६ वटै प्रदेशले आफ्नो नाम राखिसक्दा पनि अलमलमा रहेको प्रदेश १ मा आज सोही विषयमा सर्वदलीय बैठक आह्वान गरिएको छ । प्रदेश संसद गठन भएको ४ वर्ष वितिसक्दा पनि नमाकरणको टुंगो लाग्न सकेको छैन । प्रदेश १ सरकारको तर्फबाट आज सर्वदलीय बैठक आह्वान भएको हो । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो १२ बजेपछि हुने छलफलमा प्रदेशका ५ पार्टीका नेताहरुको सहभागीता रहनेछ । प्रदेश १ को नाम बहुपहिचान, भूगोल वा पहिचानका आधारमा राख्ने भन्ने विषयमा दलहरुबीच सहमति हुने सम्भावना कमजोर छ । यद्यपि

प्रदेश १ को नाम जुराउने प्रयासः फागुन १० गते सर्वदलीय बैठक

प्रदेशको स्थायी सदरमुकाम विराटनगर कायम भइसकेपनि नामकरण गर्न नसकेको प्रदेश १ सरकार सहमति जुटाउने प्रयासमा जुटेको छ । जसअनुसार प्रदेश १  सरकारले सर्वदलीय बैठकको आह्वान गरेको छ ।   प्रदेश  सरकारले  फागुन  १०  गते  सर्वदलीय बैठक आह्वान गरेको हो । उक्त  बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका  संसदीय  दलका  नेता,  तीनै  दलहरूका  प्रदेश  कमिटी  अध्यक्ष   र  सरकारका  सबै  मन्त्