काठमाडौँ- चितवनका नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दाहाललाई राष्ट्रिय सभा सदस्य मनोनीत गरेकी हुन्। नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम नेपाल सरकारको सिफारिसमा चितवनका दाहाललाई राष्ट्रियसभामा मनोनीत गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसअघि राष्ट्रपतिले मनोनीत […]