गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ नियुक्त

पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ फेरि नियुक्त भएका छन्। विपक्षी गठबन्धनले बहुमत प्रमाणित गर्न नसकेपछि ठूलो दलको हैसियतमा फेरि गुरुङलाई नै नियुक्ति दिइएको हो। प्रदेश प्रमुख सीता पौडेलले विपक्षी दललाई बहुमत पुर्‍याउन ७२ घण्टाको समयसीमा दिएको थियो। प्रदेश प्रमुख पौडेलले सविधानको १६८ को ३ अनुसार मुख्यमन्त्रीमा गुरुङलाई नियुक्त गरेकी हुन् । गुरुङले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।

सम्बन्धित सामग्री

तनहुँ–१ को उपचुनावलाई देखाएर गण्डकी सरकारमा सौदाबाजी

८ वैशाख, पोखरा । अघिल्लो प्रदेशसभामा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए, नेकपा माओवादीका हरिबहादुर चुमान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेर एमाले र माओवादी ब्यूँतिएपछि कांग्रेस नेतृत्वको नयाँ गठबन्धन बन्दा  मुख्यमन्त्री हुन चाहान्थे, चुमान । तर नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बने । ४ मंसिरको चुनावमा तनहुँ–१ को […]

लमजुङमा पृथ्वीसुब्बा गुरुङ विजयी

लमजुङको प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले) का उपमहासचिव गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहनुभएका पृथ्वीसुब्बा गुरुङ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मतान्तरले पछि पार्दै एमालेका पृथ्वीसुब्बा विजयी हुनुभएको हो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार विजयी पृथ्वीसुब्बाले ३४ हजार …

गण्डकीलाई समृद्ध बनाउने सपना थियो, त्यो अवसर गुम्यो : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं, २६ भदौ । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफू गण्डकी प्रदेशको मुख्यमन्त्री रहँदा प्रदेशको विकासका लागि धेरै काम अगाडि बढाएको बताएका छन् । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री गुरूङले तीनबर्ष मुख्यमन्त्री भएर काम गर्दा समय कम भएकाले चाहेको काम पूरा गर्न नपाएको बताए। हिजो (शनिबार) बेंसीशहर नगरपालिका–९ सितलपाटीमा आयोजित भवन उद्घाटन कार्यक्रममा उपमहासचिव गुरूङले […]

गण्डकी सरकारको चार वर्षमा ठडिएन आफ्नै ‘सिंहदरबार’, मागेको जग्गा अझै मिलेन

पोखरा: देश नयाँ संरचनामा गएपछि गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री बनेर आएका थिए पृथ्वीसुब्बा गुरुङ। उनकै नेतृत्वमा रहेको गण्डकी सरकारले प्राथमिकतामा राखेको थियो गण्डकी प्रदेशको एकीकृत प्रशासनिक भवन बनाउने मेगा प्रोजेक्ट (प्रदेश प्रशासनिक केन्द्र)।  ‘सिंहदरबार’ मोडलमा निर्माण योजनालाई अघि बढाउन गुरुङ सरकारले संघीय सरकारलाई सुरुकै वर्षदेखि जग्गा दिन माग गरिरह्यो। पोखराको…

गण्डकी प्रदेशः मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पाएनन् विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत पाउन असफल भएका छन् ।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त

काठमाडौं / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । प्रदेशसभामा विश्वासको मत मागेका उनकाे पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत खसेको छ । अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । The post गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त appeared first on Purbeli News.

गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधबार साँझ उनलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।  प्रदेश प्रमुख पौडेलले १६८ (३) अनुरुप संसदमा ठूलो दलको हैसियतले नेकपा (एमाले) संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।  उनलाई आजै शपथ खुवाउने तयारी भएको छ ।  यसअघि, काँग्रेस सहित ४ दलको गठबन्धनले मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्ति गरिनुपर्ने दाबी गर्दै प्रदेश प्रमुखसमक्ष निवेदन बुझाएका थिए । राष्...