गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ पुन: मुख्यमन्त्री नियुक्त, ३० दिनभित्र विश्वासको मत लिनुपर्ने

पोखरा : गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा पृथ्वीसुब्बा गुरुङ पुन: नियुक्त भएका छन्। नयाँ सरकार गठनका लागि विपक्षी दलले समय सीमाभित्र बहुमत (३१ सांसदको हस्ताक्षर) जुटाउन नसकेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ३ अनुसार गुरुङलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्। आजै पद तथा गोपनियताको सपथ लिन गुरुङ…

सम्बन्धित सामग्री

दीपक मनाङ्गेको आश : भौतिक र अर्थ नदिए मलाई मुख्यमन्त्री देलान् !

गोरखा : गत जेठ २७ गते गण्डकी प्रदेश सभामा संसदीय अभ्यासमा विरलै हुने घटना भयो। मनाङ प्रदेश सभा ‘ख’ बाट निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) आफू संलग्न सरकारका मुख्यमन्त्रीलाई विश्वासको मत दिन उपस्थित भएनन्।उनी निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकारको युवा तथा खेलकुद मन्त्री थिए। २७ गते प्रदेश सभाबाट विश्वासको मत नपाएपछि गुरुङ नेतृत्वको सरकार ढल्यो।त्यसपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल संविधानको धारा १६८ उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भए। कांग्रेस

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ विश्वासको मत पाउन असफल

कास्की – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत प्राप्त गर्न असफल हुनुभएको छ । विश्वासको मत पाउन असफल भएसँगै मुख्यमन्त्री गुरुङ पदमुक्त भएर कामचलाउ सरकारको प्रमुख बन्नुभएको छ । आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकोमा पक्षमा २७ मत मात्रै प्राप्त गर्नुभयो । ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक थियो । मतपरिणाम सुनाउँदै सभामुख नेत्रनाथ अधिकारीले पक्षमा २७, विपक्षमा ३० र एक जना मतदानमा सहभागी...