गठबन्धन भत्काउने र निर्वाचन रोक्ने षड्यन्त्र भइरहेको छ : प्रचण्ड

१ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन भत्काउने र निर्वाचन रोक्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । आइतबार जनकपुरधाममा आयोजित जनयुद्ध दिवसको कार्यक्रममा उनले गठबन्धन हर हालतमा सदृढ गरेर जानुपर्ने बताएका छन् । ‘केही तत्वहरु गठबन्धन उल्ट्याउन, हुन लागेको निर्वाचन रोक्न र वातावरण धमिलो पार्न लागिरहेका छन्’ उनले भने […]

सम्बन्धित सामग्री

गठबन्धन टुटे देश राजनीतिक दुर्घटनामा जान्छ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनलाई आफूहरूले प्रदेश र संघको निर्वाचनसम्मै लाने दाबी गरेको छन्पोखरामा पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै भने, ‘अहिले पनि गठबन्धन विभाजित गराउन षड्यन्त्र चलिरहेको छ। हामीले धरै मेहनत गरेर अहिलेको स्थानीय तहको निर्वाचनमा मात्रै नभएर प्रदेश र संघको निर्वाचनमा पनि गठबन्धन लाने संकल्प गरेको छौँ। निर्वाचन अग्रगमन र प्रतिमगनबीचको संघर्ष चलेको छ।’ देशलाई निरंकुशता र अराजकताको भुमरीबाट बचाउन

भरतपुरमा यसरी धर्मरायो गठबन्धनको आत्मविश्वास

सत्तारूढ गठबन्धनले बिहीवार भरतपुरमा आयोजना गरेको आमसभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिएको अभिव्यक्तिले सत्तारूढ गठबन्धनको भविष्य धेरै नभएको लख राजनीतिक वृत्तमा काटिएको छ ।प्रचण्डले गत स्थानीय निर्वाचनलाई स्मरण गर्दै भनेका थिए, 'मैले साँच्ची नै तपाईको अगाडि उभिएर भन्दै गर्दा, रुखवालाले हसियाँ हथौडामा भोट हाल्न धेरै गाह्रो जस्तो देखियो त्यतिबेला । व्यवहारमा आउँदा मैले सहज देखिन । सहज नदेखिएको चितवन नै हो । मधेश पनि हो । त्यसले हामीलाई चिन्तित तुल्याएर एमालेसँग हिंड्न बाध्य भएका हौँ ।'उनले यसपालि पनि त्यस्तै असहज स्थिति देखिए नयाँ फैसला लिने चेतावनीसमेत दिएका थिए । 'रुखवालालाई हँसिया हथौडामा भोट हाल्न गाह्रो भयो भने फैसला लिने त फेरि प्रचण्ड नै हो,' प्रचण्डको भनाइ थियो । गत स्थानीय निर्वाचनमा निकै झिनो अन्तरले प्रचण्डपुत्री रेणु दाहालले देवी ज्ञवालीलाई हराएकी थिइन् । त्यतिबेला भएको गठबन्धनमा कतिपय कांग्रेस मतदाताले हँसिया हथौडामा भोट हालेनन् । प्रचण्डले अहिले पनि त्यस्तै परिस्थिति आयो भने देश दुर्घटनामा पर्ने बताए । प्रचण्डले आफ्नो भाषणमार्फत स्पष्ट पारेका छन् भरतपुरमा कांग्रेसी मतदाताले माओवादीको तर्फबाट मेयरको उम्मेदवार बनेकी रेणु दाहाललाई मत नहाले सत्तारूढ गठबन्धनको भविष्य छैन । उनको यो चेतावनीलाई स्थानीय कांग्रेस नेता कार्यकर्ताले मन पराएका छैनन् । भरतपुरमा कांग्रेसकै पुराना नेता जगन्नाथ पौडेलले गठबन्धनको विरुद्धमा उम्मेदवार दिएका छन् । उम्मेदवारी फिर्ता लिन नमानेपछि कांग्रेसले कारवाही गर्यो । आयोगले स्वतन्त्र उम्मेदवारका रूपमा उनलाई भुइँकटहर निर्वाचन चिह्न दिएको छ । प्रचण्ड त्रसित हुनुको प्रमुख कारणमध्ये एक पौडेल पनि हुन् । भरतपुरका कांग्रेस मतदाताले पौडेललाई मत दिने सम्भावनासँग प्रचण्ड त्रसित बनेको उनकै भाषणबाट बुझ्न कठीन छैन । उनले एमालेका केही नेताहरू मिलौं भन्दै आफूसँग आएको पनि खुलासा गरे । 'एमालेका केही नेताहरू मिलौँ भन्न आएका छन्,' प्रचण्डले भने, 'तर गल्ती दोहोर्‍याउँदिन भनेको छु । म जनताको फैसला हेर्न चाहन्छु ।'जगन्नाथ पौडेललाई चितवन कांग्रेसका केही पुराना नेताहरूले साथ दिएका छन् । कांग्रेसकै झण्डा प्रयोग गरेर चुनावी प्रचार प्रसारमा होमिएका पौडेललाई पूर्वजिल्ला सभापतिद्वय कृष्णलाल सापकोटा, टीकाराम न्यौपाने र महासमिति सदस्य मीना खरेललगायतको बलियो साथ छ ।पौडेलले कट्टर कांग्रेसी मतदाताको मत काटे भने एमालेसँग लड्न गठबन्धनलाई हम्मेहम्मे पर्नेछ । २०७४ र २०७९ दुवै स्थानीय तहको निर्वाचनमा हँसिया हथौडामाथि भोट हाल्नुपरेको आक्रोश कांग्रेस मतदाताभित्र देखिएको हो । केन्द्रबाट लादिएको शासन नमान्ने कांग्रेसीहरूको संख्या चितवनमा राम्रै रहेको जानकारहरू बताउँछन् । गत २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट मेयर लडेकी रेणु दाहालले ४३ हजार १ सय २७ मत पाएकी थिइन् भने कांग्रेसको तर्फबाट उपमेयर बनेकी पार्वती शाहले ४७ हजार १९७ मत ल्याएकी थिइन् । रेणुले भन्दा पार्वतीले बढी मत ल्याउनुको अर्थ ४ हजार कांग्रेसी मतदाताले आफ्नो उम्मेदवारलाई मत दिए तर माओवादीको उम्मेदवारलाई दिएनन् । त्यतिबेला रुख चिह्नबाट मेयरमा कसैले उम्मेदवारी नदिएको भएपनि ७ हजार मत रुखलाई परेर बदर भएको थियो । २०७४ सालकै आंकडालाई हेर्ने हो भने र यसपाली सबै कांग्रेसी मतदाताले गठबन्धनलाई मत दिने हो भने रेणुको बिजय अहिले पनि सुनिश्चित छ । तर पौडेलले धेरै भोट काट्ने सम्भावना छ । उसो त गठबन्धनले निर्णय गरेर उम्मेदवार उठाएको कतिपय ठाउँमा कांग्रेसको स्थानीय कमिटीले विद्रोह गरेको थियो । पोखरा, बिरगंज, नेपालगंज लगायत कतिपय ठाउँहरूमा स्थानीय कांग्रेस नेता कार्यकर्ताहरूको चर्को असन्तुष्टि देखिएको थियो । प्रचण्ड धर्मराउनुका पछाडि यही असन्तुष्टिले पनि काम गरेको छ । भरतपुरमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपा नेता राजेन्द्र श्रेष्ठ सबैले रेणु दाहालले राम्रो काम गरेको बताएका थिए । देउवाले गठबन्धन नभएसम्म कुनै पनि दलले बहुमत ल्याउन नसक्ने राजनीतिक प्रणाली भएकाले नेपालमा गठबन्धनको आवश्यकता रहेको बताउँदै रेणु दाहालले जितिसकेको टिप्पणी गरे ।देउवाले भरतपुरमा गठबन्धन टुटाउन षड्यन्त्र भएको पनि बताए । त्यो षड्यन्त्रमा आफ्ना पार्टीका नेता कार्यकर्ता फँस्न नहुने भन्दै देउवाले भने, 'उहाँले जितिसक्नुभएको छ, हाम्रो पार्टीले सहयोग नगर्नुको विकल्प छैन ।' कांग्रेस शीर्ष नेताहरूमध्ये गठबन्धनको विपक्षमा शेखर कोइराला र गगन थापा देखिएका छन् । दुवैले सार्वजनिक मंचबाट नै गठबन्धनबिना नै कांग्रेसले बहुमत ल्याउन सक्ने दाबी गरिरहेका छन् अहिलेपनि । एकातिर कांग्रेसकै प्रभावशाली नेताहरूको रुझान गठबन्धनतर्फ नहुनु, अर्कोतर्फ भरतपुरमा कट्टर कांग्रेस मतदाताहरूले हँसिया हथौडामा भोट हाल्न नसक्ने बताइरहेको अवस्थालाई लिएर प्रचण्ड त्रसित र चिन्तित छन् । त्यही त्रास र चिन्ता भरतपुरमा उनले सार्वजनिक मंचबाट नै पोखे । प्रचण्डको यो भनाइले गठबन्धन लामो समय टिक्न सक्दैन भन्ने पुष्टि भएको छ । स्थानीय निर्वाचनमा आफूले सोचेअनुरुप मत नआए २०७४ सालमा जस्तै उनी एमालेसँग मिल्ने या अन्य शक्तिहरूलाई जोडेर छुट्टै अघि बढ्ने निर्णय गर्न सक्नेछन् ।