पर्वत : गण्डकी प्रदेशमा हालसम्मकै उच्च बुधबार कुल तीन सय आठ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। योसँगै गण्डकीमा संक्रमितहरुको कुल सङ्ख्या १८ हजार दुई सय ५९ पुगेको छ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माद्वारा जारी गरिएका विभिन्न विज्ञप्तिहरूमा यसको पुष्टि गरिएको छ।निर्देशनालयका अनुसार थपिएकाहरूमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिकामा तीन जना, कावासोती नगरपालिकामा तीन जना र मध्यविन