पदाधिकारीसहित सबै कमिटी टुंगो लगाएर केन्द्रीय समितिमा पेश गर्ने प्रचण्डको तयारी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टी पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरो समेत टुंगो लगाएर केन्द्रीय समिति बैठकमा पेश गर्ने तयारी गरेका छन् । बुधबार बस्ने पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरोमा बस्ने सबै नेताहरुको नाम प्रस्ताव गर्ने नेता गिरिराजमणि पोखरेलले बताए ।‘हामी बिहान नेताहरु बसेका थियौँ । बैठकबाट पदाधिकारीसहित पार्टीको स्थायी र पोलिटब्युरो सबै टुंगो लगाउन अध्यक्षलाई अख्तियारी दिएका छौ&rs

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । माघ २९ र फागुन १ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठकको तयारी नपुगेकाले स्थगित गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताउनुभयो । उहाँका अनुसार बैठकको मिति चाँडै नै तय गरिनेछ । एमालेले निर्वाचनको समीक्षा, प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन, समसामयिक राजनीति, संगठन […]

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

११ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । काठमाडौंको बबरमहलस्थित कार्की पार्टी ब्यांकेटमा बिहान ११ बजे बैठक बोलाइएको छ । केन्द्रीय कमिटी बैठकको तयारी लगायतका विषयमा समाजवादीको पोलिट व्यूरो बैठक शुक्रबार बसेको थियो । तर, बैठक एजेण्डाभन्दा केन्द्रित हुने सकेन । स्थानीय तह निर्वाचनको समीक्षासमेतका एजेण्डा भए पनि  पार्टीबाट […]

केन्द्रीय कमिटी बैठक बोलाउने एमाले तयारी

३० फागुन, काठमाडौं । नेकपा एमालेले स्थानीय निर्वाचनको कार्ययोजना बनाउन केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेको छ । सोमबार बसेको पार्टी केन्द्रीय कार्यालय बैठकमा केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल भएको हो । केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न भोलि मंगलबार अपरान्ह ३ बजे पार्टी केन्द्रिय सचिवालयको बैठक […]

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । काठमाडौँको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक सुरु भएको हो । आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन लगायतका एजेण्डामा छलफल भइरहेको बताइएको छ। माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी थालेको छ । गत पुसमा सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २४७ […]

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज सोमबार पनि बस्दैछ । बैठक बिहान ११ बजे  अनुपम फुडल्याण्डमा बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारबाट सुरु भएको हो । आइतबार दुईपटक सारिएको बैठक आज बस्न लागेको हो ।आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन  लगायतका एजेण्डामा छलफल हुने उनले बताए । माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी थालेको छ । गत शुक्रबारको बैठकमा एमसी

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

गत पुसमा सम्पन्न महाधिवेशनपछि पहिलो पटक बसेको केन्द्रीय कमिटी बैठकबाट पार्टी महासचिवसहित अन्य पदाधिकारीहरु चयन गरिने माओवादीको तयारी छ ।

केन्द्रीय कमिटी चयन गरेर माओवादी बन्दसत्र सकिने, पदाधिकारी केन्द्रीय कमिटीबाटै

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्दसत्र केन्द्रीय कमिटी चयन गरेर सकिने भएको छ। अध्यक्ष मण्डलले बन्दसत्र सुरु गर्ने तयारी गरेपछि प्रतिनिधिहरू हलमा प्रवेश गरिरहेका छन्। सर्वसम्मत नेतृत्व चयनका लागि महाधिवेशनस्थल प्रज्ञा भवनमै स्थायी कमिटी बैठक जारी रहेको नेता लीलामणि पोखरेलले जानकारी दिए। स्थायी कमिटी सकिएलगत्तै बन्दसत्र सुरु हुने उनको भनाइ छ। आज पार्टीको केन्द्रीय कमिटी चयन गर्दै बन्दसत्र सम्पन्न गर्ने तयारी छ। केन्द्रीय कमिटी चयन भएपछि केन्द्रीय कम

एमाले महाधिवेशन : केन्द्रीय कमिटी बैठक जारी, पदाधिकारीको संख्या थप्ने तयारी

चितवन :  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीमा पदाधिकारीको संख्या थप्ने तयारी गरिएको छ।सौराहास्थित होटल जंगल क्राउनमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकले ४ जना पदाधिकारी थप्ने तयारी गरेको हो।पार्टीमा २ जना उपाध्यक्ष र २ जना उपमहासचिव थप्ने तयारी कमिटी बैठकले गरेको बुझिएको छ।संख्या थपिएमा एमालेमा पदाधिकारीको संख्या १९ पुग्नेछ।अहिले एमालेमा १५ जनामात्र पदाधिकारी रहेका छन्।  ४ पदाधिकारी थपेर १९ सदस्यीय बनाउने प्रस्ताव गरिएको जनाइएको छ।ढिलो गरी शुरु

केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न एमाले स्थायी कमिटी बस्दै

काठमाडौं : नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्दै छ। ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बिहान ११ः०० बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनले भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्नका लागि बैठक आयोजना गरिएको बताए। यही साउन ४ गते १४औँ केन्द्रीय कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ः०० बजे बोलाइएको छ। उनका अनुसार पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै आइतबारको बैठकमा नेपाल प

आयोजक कमिटी लगत्तै एमाले केन्द्रीय कमिटी बैठक बस्ने

काठमाडौं । नेकपा एमालेले महाधिवेशन आयोजक कमिटी लगत्तै पर्सी बिहीबार २०७५ जेठ २ को पार्टी संरचना अनुसारको केन्द्रीय समिति बैठक बोलाउने भएको छ ।एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बिहीबार पार्टी एकता पूर्वको एमाले केन्द्रीय समिति बैठक बोलाउने तयारी भैरहेको बताए ।‘बुधबार बस्ने महाधिवेशन आयोजक कमिटि लगत्तै बिहीबार केन्द्रीय समिति बैठक बोलाउने तयारी भइरहेको छ’, तामाङको भनाई छ ।  एमाले नेताहरुका अनुसार बुधबार बस्ने आयोजक कमिटीको बैठकले उक्त कमिटीलाई कमिटीमा रुपान्तरणको घ