केन्द्रीय कमिटी चयन गरेर माओवादी बन्दसत्र सकिने, पदाधिकारी केन्द्रीय कमिटीबाटै

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्दसत्र केन्द्रीय कमिटी चयन गरेर सकिने भएको छ। अध्यक्ष मण्डलले बन्दसत्र सुरु गर्ने तयारी गरेपछि प्रतिनिधिहरू हलमा प्रवेश गरिरहेका छन्। सर्वसम्मत नेतृत्व चयनका लागि महाधिवेशनस्थल प्रज्ञा भवनमै स्थायी कमिटी बैठक जारी रहेको नेता लीलामणि पोखरेलले जानकारी दिए। स्थायी कमिटी सकिएलगत्तै बन्दसत्र सुरु हुने उनको भनाइ छ। आज पार्टीको केन्द्रीय कमिटी चयन गर्दै बन्दसत्र सम्पन्न गर्ने तयारी छ। केन्द्रीय कमिटी चयन भएपछि केन्द्रीय कम