२६ वैशाख, काठमाडौं । स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ ।
विनाकुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो …
काठमाडौँ : विश्वको सर्वोच्च शिखर सगरमाथाको ८ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई सम्मान गरिएको छ।बाबु एडभेन्चर प्याराग्लाइडिङ, सेभेन समिट ट्रेक्स प्रालि र नेपाल विग माउण्टेन ट्राभस कम्पनीले बुधबार साँझ एक कार्यक्रमको आयोजना गरी चिनियाँ नागरिक सानटाओलाई सम्मान गरेको हो। सानटाओले गत मे १८ मा सगरमाथाको आठ हजार मिटर उचाइबाट बेसक्याम्पसम्म प्याराग्लाइडिङ गरेका थिए। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले नेपालमा
नोमपेन्ह । कम्बोडियाको तटीय क्षेत्रमा एउटा डुङ्गा पल्टिँदा २० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता भएका एक अधिकारीले शुक्रबार जानकारी दिएका छन् । ४१ जना चिनियाँ नागरिक बोकेको डुङ्गा बिहीबार सिहानोकभिलमा समस्यामा परेको प्रान्तीय प्रवक्ता खेआङ फेरोमले बताए । त्यस डुङ्गामा सवार १८ जनालाई मात्रै उद्धार गरिएको जनाइएको छ ।
कम्बोडियाको तटीय क्षेत्रमा एउटा डुङ्गा पल्टिँदा २० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता भएका एक अधिकारीले शुक्रबार जानकारी दिएका छन् । ४१ जना चिनियाँ नागरिक बोकेको डुङ्गा बिहीबार सिहानोकभिलमा समस्यामा परेको प्रान्तीय प्रवक्ता खेआङ फेरोमले एएफपी समाचार समितिलाई बताउनु भएको छ । त्यस डुङ्गामा सवार १८ जनालाई मात्रै उद्धार गरिएको जनाइएको छ ।
संखुवासभा– संखुवासभाको किमाथाङ्का नाकाबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन् । शुक्रबार भोटखोला गाउँपालिका–१ किमाथाङ्का नाकानजिकबाट पक्राउ पर्ने २८ वर्षीय चिनियाँ नागरिक चाऊ चिनचियाउ रहेको संखुवासभा प्रहरीले जनाएको छ । ती व्यक्ति नेपाल आउनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धानका लागि उनलाई अध्यागमन विभाग पठाएको छ ।
काठमाडौँ– अवैध रूपमा नेपाल ल्याउँदै गरेको सुनजस्तो देखिने अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले अवैध रूपमा ल्याउँदै गरेको चार हजार ८४० ग्राम सुनजस्तो देखिने सो पदार्थसहित राहदानी नम्बर इजे ०२४८१३१ बाहक चिनियाँ नागरिक ३६ वर्षीय झाङ लिलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ […]
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै ५ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। विमानस्थल भन्सार कार्यालयको चेकजाँचलाई छली अगाडि बढेको अवस्थामा शंका लागेपछि नेपाल प्रहरीको सहयोगमा चेकजाँच गर्दा अर्धठोस (पेष्ट) स्वरूपमा ५ किलो सुनसहित चिनियाँ नागरिक झाङ लि प्रकाउ परेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले बताए। उनलाई करिब ४ केजी ८४० ग्राम […]
काठमाडौँ । त्रिभुवन विमानस्थलबाट पाँच केजी सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । अर्धठोस बनाएर शरीरमा लुकाएर ल्याएको अवस्थामा चिनियाँ नागरिक झाङ लिलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो । उनी शनिबार दुबईबाट हिमालय एयरलाइन्समार्फत काठमाडौँ उत्रिएका थिए । भन्सार कार्यालयको जाँचलाई छलेर अगाडि बढेपछि शङ्का लागेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । ४ वटा पोकामा […]
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब ५ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ गरेको छ ।
विमानस्थल प्रहरी कार्यालयले चिनियाँ नागरिक राहदानी नम्बर इजे०२४८१३१ का ३६ झाङ लिलाई पक्राउ गरेको महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयका एसएसपी भीम ढकालले जनाकारी दिए ।
हिमालय एयरको उडानद्वारा काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेट नजिक जाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।
किमाथांका – संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। प्रहरीले खाँदबारी–९ तुम्लिङटारस्थित बुद्ध होटलबाट अवैध औषधिसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिचुवान प्रान्त घर भई खाँदबारी–९ तुम्लिङटार बस्ने सान्दोङ र यू छिनग्लिन रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए। विशेष सुराकीका आधारमा प्रहरीले निजहरूलाई […]
३ असार, काठमाडौं । सिन्धुपाल्चोकमा गएको बाढी र पहिरोमा परेर ज्यान गुमाउने दुवै जना चिनियाँ नागरिक भएको खुलेको छ । मृत्यु हुनेमा चिनियाँ नागरिक २२ वर्षीय गोंग तियांग सियाओ र ४८ वर्षीय यु ची झु छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले गोंगको शव इन्द्रवती नदी र यु ची झुको सिन्धुलीमा भेटिएको अनलाइनखबरलाई बताए […]