पार्टी जोगाउन एमसीसी पारित गर्नुपर्यो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले नै राष्ट्रघाती करार गरेको एमसीसी सम्झौता पारित गर्नुको कारण पार्टी जोगाउन रहेको बताउनुभएको छ । आजदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवदन पश गर्दै अध्यक्ष नेपालले आफूहरुले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न साथ नदिएको भए नेपाली कांग्रेस र नेकपा एमाले मिलेर एमसीसी सम्झौता पारित …

सम्बन्धित सामग्री

गठबन्धन जोगाउन व्याख्यात्मक घोषणा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी आर्थिक अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा समस्या आए सम्झौता तोड्न पनि सकिने बताउनुभएको छ ।केन्द्रीय समितिको बैठकमा शुक्रबार एमसीसीबारे उठेका प्रश्नहरूको जबाफ दिँदै उहाँले भन्नुभयो, “व्याख्यात्मक घोषणाअनुसार कार्यान्वयन भए ठीक छ, नभए सम्झौता स्वतः निष्क्रिय हुने प्रावधान छ ।” सत्ता गठबन्धन जोगाउनका लागि व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरिएको चर्चा गर्दै उहाँले भन्नुभयो– “नेपालको संविधान, कानुन र सार्वभौमिकतालाई कमजोर पार्ने कुनै पनि व्यवस्था र प्रावधान स्वीकार्न सकिँदैन ।”

सभामुख र समाजवादीका सांसदको पद जोगाउन व्याख्यात्मक घोषणा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्ने सत्तारुढ गठबन्धनबीचको सहमतिको बचाउ गर्नुभएको छ । उहाँले एमसीसी पारित नगरे प्रधानमन्त्री शेरबहादुर देउवा एमालेसंग मिल्ने र यसका लागि एमालेका शर्तहरु स्वीकार्नुपर्ने भएकाले सभामुखसहित माधव नेपाल लगायत १४ सांसदको पद जोगाउन यो उपाय गरेको बताउनुभएको छ । अध्यक्ष प्रचण्डले लामो …

प्रचण्ड-माधवलक्षित बाबुरामको कटाक्ष- भेडाको खोल ओढ्ने ब्वाँसाहरू

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रचण्ड र माधवतर्फ संकेत गर्दै ‘भेडाको खोल ओढ्ने ब्याँसा’ को संज्ञा दिएका छन् । गठबन्धन जोगाउन एमसीसी पारित गराउने पक्षमा उनीहरू उभिएसँगै भट्टराईले दोहोरो भूमिका खेल्ने समाजको दुस्मन भन्दै कटाक्ष गरेका हुन् । ‘कुनैपनि राजनीतिक/सामाजिक मुद्दामा पक्ष र विपक्ष हुनु […]

एमसीसी अनुमोदन गर्ने निर्णयमा माओवादीका पाँच नेताको असहमति

अध्यक्ष प्रचण्डले गठबन्धन र संविधान जोगाउन एमसीसी पारित गर्ने प्रस्ताव राख्दा नारायणकाजी श्रेष्ठ, लीलामणी पोखरेल, देव गुरुङ, गिरिराजमणी पोखरेल र कृष्णबहादुर महराले असहमति जनाएका छन् ।

गठबन्धन जोगाउन दौडधुप : माधव नेपालपछि प्रचण्डले पनि भेटे देउवा

काठमाडौं : सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) गठबन्धन जोगाउन दौडधुपमा लागेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग मिलेर भए पनि मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने रणनीति लिएपछि एकीकृत समाजवादी र माओवादी गठबन्धनलाई जोगाउन लागिपरेका हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना…

एमसीसी पारित नगर्ने अडानसहित गठबन्धन जोगाउन पहल गर्ने माओवादीकाे निष्कर्ष

काठमाण्डाै – अमेरिकी सहयाेग एमसीसी सम्झौता र यसका कारण विकसित घटनाक्रमबारे छलफल गर्न बसेको नेकपा माओवादी केन्द्रको बैठक सकिएको छ ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज शुक्रवार बोलाउनुभएको केन्द्रीय कार्यालयको विस्तारित छलफलमा पार्टीको पूर्ववत् सैद्धान्तिक धारणामा रही गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौता संसदबाट पारित गर्न नहुने अडान राख्दै आएको छ । छलफलमा अहिले बनेको सत्तारुढ गठबन्धनको उद्देश्य प्राप्ति भइनसकेकाेले...

माओवादीले एमसीसीको विपक्षमा रहेर गठबन्धन जोगाउन अन्तिमसम्म प्रयास गर्ने

अमेरकी सहायता परियोजना एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको सत्ता साभेदार दल नेकपा माओवादी केन्द्रले पाँचदलीय गठबन्धन भत्कन नदिन अन्तिम कोसिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको माओवादीको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले यथास्थितिमा एमसीसी पारित नगर्ने निर्णय तर गठबन्धन जोगाउन कोसिस गर्ने निर्णय गरेको हो । माओवादी नेता हरिबोल गजुरेलले बैठकको जानकारी दिंदै …

एमसीसी फेल गराएर विजेता देखिने प्रचण्डको दाउ

काठमाडौं, ८ फागुन । सत्ता गठबन्धन जोगाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चतुरता देखाएका छन् । उनले राजनीतिक लेनदेन गरेर एमसीसी प्रतिनिधि सभामा टेबल हुने अवस्था बनाइदिएका छन् । आज प्रतिनिधि सभामा एमससी टेबल भएको छ । लगत्तै उनले विरोधका बाबजुद टेबल भएको भन्दै एमसीसी पारित गर्ने पक्षमा नभएको स्पष्ट पारेका छन् । […]

एमसीसी सम्झौता : देउवा–दाहालको ‘प्रतिबद्धतापत्र’ले तरंग

काठमाडौं । चार वर्षअघि अमेरिकामा भएको एमसीसी सम्झौतालाई संसद्बाट अनुमोदन गरी कार्यान्वयन गर्ने विषय पेचिलो बनिरहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई पठाएको प्रतिबद्धता पत्र सार्वजनिक भएपछि राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ । गत सेप्टेम्बर २९ अर्थात् १३ असोजमा ‘नेपालसँगको एमसीसी कम्प्याक्ट (सम्झौता) अनुमोदन सम्बन्धमा’ विषय उल्लेख गरेर पठाइएको उक्त पत्र प्रधानमन्त्रीको सचिवालयबाट बाहिरिएको हो । दुवै नेताले असोजमा लेखेको उक्त पत्रमा आगामी ५ महीना अर्थात् २८ फेब्रुअरी २०२२ सम्ममा एमसीसी संसद्बाट अनुमोदन गरिसक्ने उल्लेख गरिएको छ । दुई नेताले नेपाल र अमेरिकाबीच सम्झौता भई अर्थ मन्त्रालयमार्फत कार्यान्वयन हुँदै आएको एमसीसी परियोजनाको प्रशंसनीय ढंगले कदर गर्ने पनि उल्लेख गरिएको छ । ‘नेपाल र अमेरिकाबीच हस्ताक्षर सम्झौता भई नेपालको अर्थ मन्त्रालयमार्फत कार्यान्वयन हुँदै आएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (सन् २०१७ सेप्टेम्बर १४ मा हस्ताक्षर भएको) र परियोजना कार्यान्वयन सम्झौता (२९ सेप्टेम्बर २०१९ मा हस्ताक्षर भएको) को प्रशंसनीय ढंगले कदर गर्छौं,’ दुवै नेताले पठाएको पत्रको शुरूमै भनिएको छ । उनीहरूले एमसीसी संसद्बाट अनुमोदनका लागि थप समय पनि पत्रमार्फत मागेका छन् । ‘यस सन्दर्भमा, हामी, प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, वर्तमान गठबन्धन सरकारका नेताहरू संयुक्त रूपमा एमसीसी सञ्चालक समितिसमक्ष एमसीसी सम्झौता अनुमोदनका लागि थप समय प्रदान गर्न अनुरोध गर्छौं,’ पत्रमा भनिएको छ । पत्रमा यसअघि भदौ २४ मा एमसीसी उपाध्यक्ष फातेमा सुमारले गरेको नेपाल भ्रमणको पनि नेताहरूले चर्चा गरेका छन् । ‘यससम्बन्धमा हामीबीच विस्तृत छलफल भएका छन् । एमसीसी अनुमोदन गर्ने हाम्रो प्रतिबद्धता कम्प्याक्ट सञ्चालन (अपरेशन) की उपाध्यक्ष फातेमा जेड सुमारको नेपाल भ्रमणका क्रममा पनि अवगत गराएका छौं,’ पत्रमा भनिएको छ, ‘नवगठित संयुक्त (पाँच दलीय गठबन्धन) सरकार यसलाई निष्कर्षमा पुर्‍याउन सबै प्रयास गरिरहेको छ ।’ दाहाल एमसीसीको खुलेर विरोधमा उत्रिएका बेला उनैले संसद्बाट पास गर्ने प्रतिबद्धतासहितको पत्र प्रधानमन्त्री देउवासँग मिलेर पठाएको देखिन्छ । राष्ट्रिय हित र गठबन्धन जोगाउन पत्र लेख्नुपरेको दाहालको सचिवालयले स्पष्ट पारेको छ ।   तीन शीर्ष नेता वार्तामा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता भएको छ । प्रधानमन्त्री देउवा र नेकपा एमालेका अध्यक्ष ओलीसँगको छलफलमा दाहालले प्रतिपक्षी दलको समेत सहमतिमा चुनावपछि एमसीसी अघि बढाउँछौं भनेर एमसीसीलाई भन्नुपर्ने प्रस्ताव राखेको छलफलमा सहभागी एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । ‘आउने चुनावपछि मात्रै अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट अघि बढाउनुपर्ने प्रस्ताव दाहालको रह्यो,’ पोखरेलले भने । उनका अनुसार प्रधानमन्त्री देउवाले भने चुनावअघि नै एमसीसी पारित गर्न ओली–दाहालको सहयोग माग्नुभएको थियो । जवाफमा एमाले अध्यक्ष ओलीले एमसीसीबारे सत्ता गठबन्धन स्पष्ट हुनुपर्ने आफ्नो अडान दोहोर्‍याएका थिए ।