काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा. उपेन्द्र महतोले सपथ ग्रहण गरेका छन्। उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।
सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरु, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारी उपस्थित थिए।