सीजीको नयाँ वर्ष अफर, विद्युतीय सामान खरिदमा आकर्षक क्यास ब्याक र पक्का उपहार

इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ‘सीजी स्मार्ट होम, नयाँ वर्षको सुरुवात’ नामक नयाँ वर्षको स्कीम बजारमा ल्याएको छ । सो स्कीम अन्तर्गत अब ग्राहकहरूले सीजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरूको खरिदमा रु.४९,९०० सम्मको आकर्षक क्यास ब्याक तथा अन्य विभिन्न पक्का उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।  उक्त स्कीम अन्तर्गत...

सम्बन्धित सामग्री

गाडी व्यवसायीलाई लाग्यो दशैँ, कुन कम्पनीको कस्तो छ अफर ?

अटोमोबाइल्स व्यवसाय चलायमान बन्ने सिजन हो अहिले । दशैँको मुखैमा हुने ‘नाडा अटो शो’ गत वर्षदेखि हुन पाएको छैन । यदि अटो शो हुँदो हो त, विभिन्न कम्पनीले त्यहीँबाट आफ्ना अफर सार्वजनिक गर्थे । तर, अहिले कम्पनीहरुले दशैँ र तिहार लक्षित अफरहरु सामाजिक सञ्जाल र पत्रकार सम्मेलनमार्फ सार्वजनिक गर्दै आएका छन् ।बिक्रेताहरुले आफ्नो शोरुमसम्म ग्राहकलाई तान्न विभिन्न अफर ल्याएका छन् । सर्भिसिङदेखि नगद छुटसम्मका स्किमहरु छन् । यति मात्रै नभई कम्पनीहरुले गिफ्ट ह्याम्परको पनि व्यवस्था गरेका छन् ।सुजुकीसुजुकी चार पांग्रे सवारीको नेपालका लागि आधिकारिक बिक्रेता हो सिजी मोटोकर्प । सिजी मोटोकर्पले चाडपर्व लक्षित ‘सुजुकी पर्वोत्सव अफर’ योजना ल्याएको छ ।यो योजना अन्तर्गत २ लाख रुपैयाँ बराबरको नगद छुट, १ लाख ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, २० हजार रुपैयाँसम्म लोयल्टी बोनस, १ वर्षको बीमा र स्क्रयाच कार्डमार्फत ७५ हजारसम्म अतिरिक्त छुट पाउन सकिने छ । हुण्डाईहुण्डाई ब्राण्डका गाडीको नेपालको आधिकारिक बिक्रेता हो लक्ष्मी इन्टरकन्टिनेन्टल । कम्पनीले चाडपर्वको अवसरमा ‘हुण्डाई फेस्टिभ डिलाइट २०७८’ नामक अफर योजना ल्याएको छ । यस अफर योजनाअन्तर्गत ३ लाख रुपैयाँसम्मको नगद छुट, स्क्रयाच कार्डमार्फत १ लाखसम्म थप नगद छुटसहित १ वर्षसम्मको बीमा र सडक दस्तुर फ्रि गरिदिएको छ ।बम्पर उपहारमा १ जना ग्राहकले लक्की ड्रमार्फत हुण्डाई आई–२० गाडी पाउने छन् ।ड्याट्सनड्याट्सन गाडीको नेपालका लागि आधिकारिक बिक्रेता हो पायोनियर मोटोकर्प । कम्पनीले चाडपर्वको अवसरमा ‘ड्याट्सन फेस्टिभ हट डिल’ नामक अफर योजना ल्याएको छ ।यो योजनामा ग्राहकले २ लाख ४ हजार १५२ रुपैयाँको विशेष सुविधा, १ लाख २५ हजार नगद छुट पाउने छन् । ड्याट्सनको गाडी किन्ने ग्राहकले २७ हजार ९९९ रुपैयाँ पर्ने रेड्मी नोट–१० एस मोबाइल पनि पाउने छन् ।१ वर्षको बीमा, एक आर्थिक वर्षको कर पनि योजनामा समावेश गराईएको छ । फाइनान्स र एक्स्चेन्ज अफर पनि उपलब्ध रहेको छ ।निशाननिशानका गाडीहरु नेपालमा बिक्रि गर्ने आधिकारिक बिक्रेता हो पायोनियोर मोटोकर्प । कम्पनीले चाडपर्व लक्षित ‘निशान फेस्टिभ ड्राइभ’ नामक अफर योजना ल्याएको छ । योजनाअन्तर्गत निशान गाडी खरिदमा २ लाख ५० हजारसम्म नगद छुट, १ वर्षको बीमा, १ वर्षको सडक दस्तुर, ३ वर्ष निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी रहेको छ ।टाटाटाटा मोटर्सको नेपालका लागि आधिकारीक वितरक हो सिप्रदी ट्रेडिङ प्रा.ली. । कम्पनीले दशैँ तिहारको अवसरमा ‘यसपालीको दशैँ तिहार, टाटाका सफेस्ट कार, हर्षमय परिवार’ नामक योजना ल्याएको छ ।यो योजनाअन्तर्गत २ लाखसम्म नगद छुट, एक्सचेन्ज बोनस, निशुल्क एक्सेसोरिज र एक वर्षको निःशुल्क सडक कर रहेको छ । व्यवसायीक गाडीमा खरिद तथा बुकिङमा ग्राहकले ४ पटकसम्म उपहार पाउने छन् । टाटाको मिनी ट्रक, मिनी टिपर, ट्रक, टिपर, बस, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक लगायतका व्यवसायीक गाडीको खरिदमा ग्राहकले एसी, वासिङ मेसिन, ल्यापटप, स्मार्ट टीभी, स्मार्टफोन, फ्रिज, ईएमआई, सर्भिस कुपन, क्यास ब्याक लगायतका उपहार प्राप्त गर्न सक्नेछन् ।कम्पनीले हरेक साता ‘लक्की ड्र’ मार्फत गाडी बुकिङ गर्ने ग्राहकहरूमध्ये १ जनालाई ४० इन्चको एमआई स्मार्ट टिभी र बम्पर लक्की ड्रमा गाडी खरिद गरेका ग्राहकहरूमध्ये ४३ जनाले थप उपहार पाउने पनि जनाएको छ ।प्रोटोनप्रोटोनको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले पनि चाडपर्व लक्षित योजना ल्याएको छ । ‘दशैँ–दक्षिणा’ नामक योजनाअन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स–७० को खरिदमा ६ लाख रुपैयाँसम्म दक्षिणा पाउन सक्नेछन् ।कुनै पनि ब्राण्डको पुरानो गाडी राखेर नयाँ प्रोटोन एक्सचेन्ज गरेमो ५० हजार देखि २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पनि उपलब्ध गराईने कम्पनीले जनाएको छ । पूरै पैसा तिरेर नयाँ गाडी किन्दा ५० हजारदेखि २ लाख ५० पचास हजारसम्म छुटको व्यवस्था गरेको छ ।किस्ताबन्दीमा सवारी खरिद गर्न शंकर ग्रुप अन्तर्गतको जगदम्बा सेभिङ एन्ड क्रेडिट कोओपरेटिभले इन–हाउस फाइनान्सिङको सुविधा पनि उपलब्ध गराउने छ ।अफर समायोजन नगरी प्रोटोन सागाको मूल्य ३७ लाख ९९ हजार र प्रोटोन एक्स–७० को मूल्य ८६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।फक्सवागनफक्सवागन गाडीको लागि नेपालको आधिकारिक बिक्रेता हो पुजा इन्टरनेशनल । कम्पनीले ‘दशैँ तिहार भल्क फेस्ट’ नामक योजना ल्याएको छ । योजना अन्तर्गत ग्राहकले बिएमडब्लु जी–३१० जिएस, सुजुकी बर्गम्यान स्कुटर र सामसङ ग्यालेक्सी जेड फ्ल्पि–३ मोबाइल जित्न सकिनेछ । नगद छुट पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।फोर्सफोर्स मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले दशैं तिहार लक्षित फोर्सको १० अफर योजना ल्याएको छ । फोर्स मोटर्सले ‘फोर्स मोटर्स दशैँ तिहारमा १० अफर’ नामक योजना ल्याएको हो ।अफर अन्तर्गत गाडीको मूल्यमा १० प्रतिशत नगद छुट, स्पेयर पार्टस्मा १० प्रतिशत छुट प्रदान गरिने कम्पनीका महाप्रवन्धक मनोज इटानीले जानकारी दिए । १० पटकसम्म निःशुल्क सर्भिसिङ प्रदान गरिनेछ भने १० जनालाई लक्की ड्रबाट सामसुङ एफाइभ–टु मोडलको स्मार्ट फोन उपहार प्रदान गरिनेछ ।फोर्सको क्रुजर जिप र ट्राभलर माइक्रो बस तथा मिनी बसका कुनै पनि मोडेलका गाडीहरु खरिद गर्दा यो अफर पाउन सकिने कम्पनीले जनाएको छ । फोर्स मोटर्स नेपालका तर्फबाट अहिलेसम्म कै सबैभन्दा ठूलो अफर ल्याएको इटानीले बताए ।फोर्स गाडीको प्रत्येक मोडलमा ३ वर्ष वा ३ लाख किलोमिटरसम्मको वारेन्टी सुविधा उपलब्ध छ ।

यस्तो छ होण्डा बाईकको दशैँ तिहार अफर

नेपालको लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले आफ्नो दशैं तथा तिहार स्किम “होण्डाको साथ ७” ग्राहकवर्गहरु माझ ल्याएको छ । नेपालमै पहिलो पटक सात प्रदेशलाई समावेश गरिएको यस योजनामा हरेक प्रदेशबाट होण्डा खरिद गर्ने १ जनालाई रु.१ लाख प्रदान गरिनेले जनाएको छ । कम्पनीका अनुसार यस योजनाको समय अविधि भर होण्डाका ग्राहकहरुले स्क्रयच कुपन मार्फत हात खाली नजाने गरी रु. १ लाखसम्म नगद उपहार प्राप्त गर्न सक्ने छन्। यसका साथै यस योजना अन्तर्गत ग्राहकहरुले, ७ वर्षको लागि स्पेयर पार्टस्मा ७% छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। त्यसैगरी होण्डा बिग बाइकको खरिदमा रु.४०,००० सम्मको क्यास ब्याक पाउन सक्ने कम्पनीले जनाएको छ। यस योजनामा १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको इएमआइ र १% ब्याजदरमा समेत होण्डा खरिद गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ।कम्पनीका अनुसार बम्परमा सहभागी १ जना भाग्यसाली ग्राहकहरुले रु. १५ लाखसम्मको नगद पुरस्कार जित्ने मौका प्राप्त गर्ने छन्।

दशैं तिहारमा टाटाको हात खाली नजाने अफर

काठमाडौं । नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले चाडबाडलाई लक्षित गरि हात खाली नजाने उपहार योजना ल्याएको छ । यस योजना अन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद तथा बुकिङ गर्दा ग्राहकहरूले ४ पटकसम्म विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन् ।टाटाको ट्रक, टिपर, बस, मिनि ट्रक, मिनि टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडीहरूको खरिदमा ग्राहकहरूले एसी, वासिङ मेसिन, ल्यापटप, स्मार्ट टि.भी, स्मार्ट फोन, फ्रिज, इएमआई, सर्भिस कुपन, क्यास ब्याक जस्ता आकर्षक उ

सामसङको दसैँमा क्यास व्याक अफर

काठमाडौं - सामसङ इलेक्ट्रोनिक्स नेपालले दसैँको अवसरमा तोकिएका सामसङ स्मार्ट फोनहरुको खरिदमा आफ्ना ग्राहकहरुलाई आकर्षक क्यास व्याक अफर प्रस्तुत गरेको छ । “सामसङको दसैँ अफर” नाम दिइएको यो योजनामा ग्राहकहरुलाई उपहार स्वरुप क्यास ब्याक दिइएको हो ।  यो योजनालाई अझ बढी आकर्षक बनाउन, कुनै पनि स्मार्ट फोन खरिदकर्त...

कलर्स मोबाइलको शत प्रतिशत ‘क्यास ब्याक’ अफर

कलर्स मोबाइलले पर्वोत्सव उपहार योजनाअन्तर्गत शत प्रतिशत ‘क्यास ब्याक अफर’ ल्याएको छ। यो योजना कलर्स मोबाइलका प्राइड मोबाइल सिरिजहरु पि ४५, पि ५५ सेल्फी र पि ७० सेल्फीयुको खरिदमा लागू गरिएको कम्पनीले जनाएको छ। हरेकहप्ता ५० जना विजेताहरुको नाम उद्घोष गरिनेछ। जसले शत प्रतिशत नगद फिर्ताका साथै कलर्स मोबाइलको तर्फबाट अन्य आकर्षक उपहारहरु प्राप्त गर्ने…