दक्षिण एसियाकै ठूलो दाबी गरिएको स्याउ फार्मको राष्ट्रपतिद्वारा अनुगमन

लमजुङ- राष्ट्रपति विधादेवी भण्डारीले निजी क्षेत्रबाट सञ्चालित नेपालकै सबैभन्दा ठूलो स्याउ फार्मको अवलोकन  गरेकी  छन् । राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका सांसद पाल्देन छोपाङ गुरुङले सञ्चालन गरेको एग्रो मनाङ स्याउ फार्मको अबलोकन गरेकी हुन् । मनाङ ङिस्याङ गाउँपालिका–१ भ्रताङमा रहेको एग्रो मनाङ प्रा.लि. को स्याउबारी दक्षिण एसियाकै ठूलो हो । ७३५ रोपनी क्षेत्रफलमा स्याउखेती गरिएको छ । […]

सम्बन्धित सामग्री

हुम्लामा स्याउ प्रतिकेजी ४० रुपैयाँ मूल्य निर्धारण

सिमकोट – हुम्लामा स्याउको मूल्य प्रतिकेजी ४० रुपैयाँ तोकिएको छ। यसअघि दानाका हिसाबले बिक्री भइरहेको थियो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (स्याउ) का कार्यालय प्रमुख विष्णुबहादुर मगरातीले उपभोक्ताको मागअनुसार पहिलो पटक जिल्लामा स्याउको मूल्य निर्धारण गरिएको बताए। जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिको बैठकले स्याउ किसानको उपस्थितिमा मूल्य निर्धारण गरेको हो। बैठकमा समितिका […]

राष्ट्रपतिसँग मागियो नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण

काठमाडौं।समायोजित सेनाको मागप्रति सकारात्मक रहेकोने कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बताएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीसँग नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण माग गरिएको छ।अर्थमन्त्री जनार्दन शर्माले जुम्लाको स्याउ बगैँचाको अवलोकन गरेका छन्।काठमाडौंबाट लागुऔषधसहित तनि जना पक्राउ परेका छन्।जुम्लामा चाडपर्वलक्षित बजार अनुगमन सुरु गरिएको छ।

अर्थमन्त्री शर्माद्वारा जुम्लाकाे स्याउ बगैँचाकाे अवलोकन

जुम्ला - अर्थमन्त्री जनार्दन शर्माले नेपालको सबैभन्दा ठूलो स्याउ बगैँचाको अनुगमन गर्नुभएको छ । जुम्ला गुठीचौर गाउँपालिका-५ मा रहेकाे किसान मीनबहादुर भण्डारीको ३३ हजार बिरुवा फुजी स्याउ भएको बगैँचाको अनुगमन गर्नुभएको हो ।  बगैँचाको अवलोकन गर्दै अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रको उल्लेखनीय योगदान रहेको र यसमा पनि जुम्लामा स्याउले अर्थतन्त्र सुधार्न सहयोग गर्नेमा जोड दिनुभयो । उहाँले  प्रति किसानलाई एक वर्षमा पाँच सय स्याउका बिरुवा रोप्ने भए पनि सरकार तयार रहेकोमा जोड दि...

जुम्लाका ८ ओटै स्थानीय तहमा स्याउ सुपरजोन कार्यक्रम सञ्चालन

माघ ६, जुम्ला । जुम्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरणको परियोजना लागू भएको पाँच वर्र्षपछि यहाँका ८ ओटै स्थानीय तहमा स्याउ सुपरजोन कार्यक्रम सञ्चालन हुने भएको छ ।  परियोजना एकाइ जुम्लाका निमित्त कार्यालय प्रमुख गंगा पोख्रेलका अनुसार पहिले चार स्थानीय तहमा कार्यक्रम सञ्चालन भएको थियो ।  यहाँको चन्दननाथ नगरपालिका सहित तातोपानी, गुठीचौर र पातारासी गाउँपालिकामा सञ्चालन भइरहेको थियो । अब सिजा हिमा, कनकासुन्दरी र तिला गाउँपालिकामा कार्यक्रम लागू हुने भएको छ । विस्तार गर्न बाँकी वडा पातारासीका १, २, ३ र गुठीचौरका १ र २ वडामा लागू हुनका लागि पत्र प्राप्त भएको छ ।  परियोजना कार्यान्वयन एकाइ खुमलाटारका निर्देशक वैकुण्ठ अधिकारीको हस्ताक्षरित पत्र कार्यालयमा पुगेको निमित्त कार्यालय प्रमुख पोख्रेलले बताए । पत्रानुसार जुम्ला जिल्लामा सञ्चालित स्याउ सुपरजोन क्षेत्र विस्तारको लागि परियोजना कार्यदलको पत्र तथा जिल्ला परियोजना कार्यान्वयन तथा तथा अनुगमन समितिको सिफारिसअनुसार परियोजना व्यवस्थापन एकाइको निर्णयअनुसार स्याउ सुपरजोन थप क्षेत्र थप गरिएका हुन् ।  परियोजना निर्देशक अधिकारीले स्थानीय स्तरबाट आएको माग र प्राविधिक प्रतिवेदनको आधारमा जुम्लाका तिला, हिमा, सिंजा, कनकासुन्दरीसहितका छुटेका क्षेत्रमा कार्यक्रम थप गर्ने काम भएको जानकारी दिए । ढिला निर्णय भएकाले कार्यक्रम भने केही क्रियाकलापबाहेक अर्को आर्थिक वर्र्षबाट पूर्णरुपमा कार्यक्रम लागू हुने उनले बताए । परियोजनाको सोच कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यावसायिक, दिगो एवम् आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने रहेको छ ।  सोहीअनुसार जुम्लामा स्याउ सुपरजोन परियोजना कार्यान्वयन एकाइ स्थापना गरि काम भइरहेको कार्यालयले जानकारी दिएको छ ।  कार्यालयका अनुसार तिला गाउँपालिकामा भने सिमी जोन कार्यक्रम लागूसमेत गरिएको छ । सिमीको उत्पादन वृद्धि तथा बजारीकरणका लागि कार्यक्रम सो गाउँपालिकाको वडा नम्बर १ र २ मा कार्यक्रम लागू गरिएको हो ।  सुपरजोन स्थापना भएपछि कृषि प्रविधि, हाइटेक नर्सरी, घेरवार, सिँचाइ, बिरुवा अनुदानलगायतका काम भइरहेको कार्यालयले जानकारी दिएको छ । रासस

शीतभण्डारको अभावमा डोल्पाका स्याउ खेर जाँदै

असोज २०, डोल्पा  । डोल्पाको स्याउ बजारीकरणको अभावमा खेर जाने गरेको छ । यहाँ स्याउ राम्रो उत्पादन हुने भए पनि शीतभण्डार तथा बजारीकरणको अभावमा यसै खेर जाने गरेकाले कृषक हैरान भएका छन् ।  उनीहरुले जति मेहेनत गरी उत्पादन गरे पनि स्याउबाट सक्दो आम्दानी लिन नसकिएको गुनासो गर्ने गर्दछन् । उपल्लो डोल्पाका तीन पालिकाबाहेक अन्य सबै ठाउँमा स्याउ उत्पादन हुने गर्दछ । यी स्थानमा ठूलो मात्रामा स्याउ उत्पादन भए पनि बजारीकरणका लागि ढुवानीको समस्याले गर्दा स्याउ खेर गएको कृषि विकास कार्यालय डोल्पाका प्रमुख शरद लामाले बताए । स्याउ सबैभन्दा बढी त्रिपुरासुन्दरी नगरपालिका–३ र ४ मा पाइने प्रमुख लामाले जानकारी दिए । यहाँको जुफाल विमानस्थलबाट ढुवानी गर्न मुस्किल हुने र सडकमार्गबाट बजारसम्म लैजान भेरी नदीमा पुल नहुँदा समस्या पर्दै आएको किसानको गुनासो छ । जिल्लाको मुख्य ठाउँमा शीतभण्डार भएमा स्याउको सही व्यवस्थापन गरी बजारसम्म लैजान सहज हुने उनको भनाइ छ ।  अघिल्लो आर्थिक वर्षमा ६ ओटा ‘कोल्डस्टोर’ दिइएको भए पनि चारओटा मात्र मुस्किलले प्रयोगमा आएका थिए । अन्य दुईओटा प्रयोगमै ल्याउन नसकिएको उनले बताए । स्याउलाई भण्डारण गर्न सजिलो होस् भनेर कार्टुन (बाकस) समेत अनुदानमा दिए पनि त्यो प्रभावकारी नभएको पाइएको छ । अहिले कृषि विकास कार्यालयमा एकमात्र शीतभण्डारका लागि बजेट आएको तर माग भने धेरै आएको उनले बताए । एउटा शीतभण्डारमा १० टन स्याउ राख्न सकिन्छ । अघिल्लो वर्षभन्दा यस वर्ष धेरै स्याउ फलेको कृषक द्वारिका शाही बताउँछन् । त्रिपुरासुन्दरी, ठूलीभेरी, जगदुल्ला र मुड्केचुला गाउँपालिकामा ठूलो मात्रामा स्याउ उत्पादन हुने गर्दछ । यस वर्षदेखि अंगुरसमेत उत्पादन भए पनि बजार नहुँदा कुहिएर खेर गएको कृषक कृष्ण श्रेष्ठको भनाइ छ ।  कृषि तथा पशुपक्षी विकास मन्त्रालयका उपसचिव विष्णुप्रसाद ज्ञावलीलगायतको समूहले स्याउलगायत अन्य नगदे बालीको अनुगमन गरी यहाँको विकास र समृद्धिमा हातेमालो गर्न चाहेको बताएका थिए । उनीहरुले चिना, फापर र कागुनोलगायतका बालीको समेत अनुगमन गरेका थिए । सडकको पहुँचसँगै भारतीय र चिनियाँ स्याउ बजारमा सहजै पाइने अवस्थामा आफ्नै स्थानीय उत्पादनले भने बजार नपाउनु दुःखद् भएको कृषकले बताएका छन् । स्याउ उत्पादन हुने ठाउँमा सडक र अन्य पूर्वाधार निर्माण गर्न माग गरिएको छ । जाजरकोट–डोल्पा सडकखण्डसँग सहायक सडक जोडेर स्याउ उत्पादन हुने गाउँसम्म सडक लान सके सजिलै स्थानीय स्याउ बजारसम्म आउने र बजारीकरणका लागि सहयोग पुग्ने अपेक्षा कृषकले गरेका छन् । डोल्पामा स्याउ सबैभन्दा बढी र त्यसपछि सिमी उत्पादन हुने गर्दछ । रासस

जुम्लामा सिमी तथा स्याउ सुपरजोन कार्यक्रम

जुम्ला । जुम्लाको तिला गाउँपालिकामा सिमी जोन र पातारासीमा स्याउ सुपरजोन कार्यक्रम सञ्चालन गरिने भएको छ । जिल्लाको वातावरणीय अनुकूलतामा उत्पादन हुने बाली र फलफूलको सम्भावनालाई ध्यानमा राख्दै उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यान्वयन इकाइ अन्तर्गतको जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले सिमी र स्याउ सुपरजोन कार्यक्रमको कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरेको हो । स्याउ सुपरजोन परियोजना कार्यक्रमअन्तर्गत जिल्लाको तिला गाउँपालिकामा सिमी जोन विस्तार गर्ने निर्णय भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ जुम्लाका कार्यालय प्रमुख गंगा पोखरेलले बताइन् । कृषि प्राविधिकहरूको प्रतिवेदन अनुसार कार्यक्रम छनोट गर्ने निर्णय भएको उनको भनाइ छ । यसैगरी पातारासी गाउँपालिका १, २ र ३ र गुठिचौर गाउँपालिका १ र २ मा पनि स्याउ सुपरजोन कार्यक्रम सञ्चालन गरिने जानकारी उनले दिइन् । स्याउ सुपरजोन परियोजना अन्तर्गत यसअघि जुम्लाको चन्दननाथ, तातोपानी, गुठिचौर र पातारासी क्षेत्रका केही वडामा काम भइरहेको थियो । कार्यालय प्रमुख पोखरेलका अनुसार सुपरजोनले यसअघि नै सिँजा क्षेत्रमा काम गर्न सिफारिश गरिसकेको थियो । थोरै जनशक्तिले सुपरजोनमा काम गर्नु परिरहेको भन्दै उनले स्थानीय तह र सम्बन्धित सरोकारवाला कार्यालयमार्फत काम गर्न आवश्यक रहेको बताए । लामो समयदेखि जुम्ला क्षेत्र (क) मा काम गरिरहेको सुपरजोनले पछिल्लो समय बृहत् चक्लाबन्दी, बगैंचा घेरवार, सिँचाइ, स्याउ कार्टुन उपलब्ध गराउने काम गर्दै आएको छ । जुम्ला क्षेत्र (ख) मा कार्यक्रम सञ्चालन हुन सकेको थिएन । किसानले सुपरजोनका कार्यक्रम सञ्चालन हुनुपर्ने माग राख्दै आएका थिए । क्षेत्र (ख) अन्तर्गत हिमा, सिञ्जा, कनकासुन्दरी र तिला गाउँपालिका पर्दछन् । रासस

जुम्लामा सिमी तथा स्याउ सुपरजोन कार्यक्रम

जुम्ला । जुम्लाको तिला गाउँपालिकामा सिमी जोन र पातारासीमा स्याउ सुपरजोन कार्यक्रम सञ्चालन गरिने भएको छ । जिल्लाको वातावरणीय अनुकूलतामा उत्पादन हुने बाली र फलफूलको सम्भावनालाई ध्यानमा राख्दै उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यान्वयन इकाइ अन्तर्गतको जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले सिमी र स्याउ सुपरजोन कार्यक्रमको कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरेको हो । स्याउ सुपरजोन परियोजना कार्यक्रमअन्तर्गत जिल्लाको तिला गाउँपालिकामा सिमी जोन विस्तार गर्ने निर्णय भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ जुम्लाका कार्यालय प्रमुख गंगा पोखरेलले बताइन् । कृषि प्राविधिकहरूको प्रतिवेदन अनुसार कार्यक्रम छनोट गर्ने निर्णय भएको उनको भनाइ छ । यसैगरी पातारासी गाउँपालिका १, २ र ३ र गुठिचौर गाउँपालिका १ र २ मा पनि स्याउ सुपरजोन कार्यक्रम सञ्चालन गरिने जानकारी उनले दिइन् । स्याउ सुपरजोन परियोजना अन्तर्गत यसअघि जुम्लाको चन्दननाथ, तातोपानी, गुठिचौर र पातारासी क्षेत्रका केही वडामा काम भइरहेको थियो । कार्यालय प्रमुख पोखरेलका अनुसार सुपरजोनले यसअघि नै सिँजा क्षेत्रमा काम गर्न सिफारिश गरिसकेको थियो । थोरै जनशक्तिले सुपरजोनमा काम गर्नु परिरहेको भन्दै उनले स्थानीय तह र सम्बन्धित सरोकारवाला कार्यालयमार्फत काम गर्न आवश्यक रहेको बताए । लामो समयदेखि जुम्ला क्षेत्र (क) मा काम गरिरहेको सुपरजोनले पछिल्लो समय बृहत् चक्लाबन्दी, बगैंचा घेरवार, सिँचाइ, स्याउ कार्टुन उपलब्ध गराउने काम गर्दै आएको छ । रासस

जुम्लामा सिमी तथा स्याउ सुपरजोन कार्यक्रम लागू गरिने

साउन २८, जुम्ला । जुम्लाको तिला गाउँपालिकामा सिमी जोन र पातारासीमा स्याउ सुपरजोन कार्यक्रम लागू गरिने भएको छ ।  यहाँको अनुकूलतामा उत्पादन हुने बाली र फलफूलको सम्भावनालाई मध्यनजर गर्दै सो कार्यक्रम लागू गरिने भएको हो ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यन्वयन इकाइ अन्तर्गतको जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले सिमी र स्याउ सुपरजोन कार्यक्रमको कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरेको हो ।   स्याउ सुपरजोन परियोजना कार्यक्रमअन्र्तगत सिमी जोनकोरुपमा जिल्लाको तिला गाउँपालिकालाई बिस्तार गर्ने निर्णय भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाइ जुम्लाका कार्यालय प्रमुख गंगा पोखरेलले बताइन् । कृषि प्राविधिकहरुको प्रतिवेदन अनुसार कार्यक्रम छनौट गर्ने निर्णय भएको उनको भनाइ छ । यसैगरी पातारासी गाउँपालिकाको वडा नं १, २ र ३ तथा गुठिचौर गाउँपालिका– १ र २ मा पनि स्याउ सुपरजोन कार्यक्रम लागू गर्ने भएको छ ।  स्याउ सुपरजोन परियोजनाअन्तर्गत यस अघि जुम्लाको चन्दननाथ, तातोपानी, गुठिचौर र पातारासी क्षेत्रका केही वडामा काम भईरहेको थियो ।  कार्यालय प्रमुख पोखरेलका अनुसार सुपरजोनले यसअघि नै सिँजा क्षेत्रमा काम गर्न सिफारिस गरिसकेको थियो । थोरै जनशक्तिले सुपरजोनमा काम गर्नु परिरहेको भन्दै उनले स्थानीय तह र सम्बन्धित सरोकारवाला कार्यालयमार्फत काम गर्न आवश्यक रहेको बताए ।  लामो समयदेखि जुम्ला क्षेत्र (क) मा काम गरिरहेको सुपरजोनले पछिल्लो समय वृहत चक्लाबन्दी, बगँैचा घेरवार, सिँचाइ, स्याउ कार्टुन उपलब्ध गराउने काम गर्दै आएको छ ।  जुम्ला क्षेत्र (ख) मा कार्यक्रम सञ्चालन हुन सकेको थिएन । किसानले सुपरजोनका कार्यक्रम सञ्चालन हुनुपर्ने माग राख्दै आइराखेका थिए । क्षेत्र (ख) अन्तर्गत हिमा, सिञ्जा, कनकासुन्दरी र तिला गाउँपालिका पर्दछन् । रासस

जुम्लाको तिलामा सिमी जोन, पातारासीमा स्याउ सुपरजोन कार्यक्रम गरिने

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यन्वयन इकाइ अन्तर्गतको जिल्ला परियोजना कार्यन्वयन समन्वय तथा अनुगमन समितिको बैठकले सिमी र स्याउ सुपरजोन कार्यक्रमको कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरेको हो।...

पुथाउत्तरगंगामा स्याउ उत्पादन बढ्ने

रुकुम । रुकुम (पूर्व)को पुथाउत्तरगंगा गाउँपालिकामा यस वर्ष गतवर्षको तुलनामा स्याउ उत्पादन बढ्ने भएको छ । गाउँपालिकाले दुई हप्तामा गरेको अध्ययनमा उत्पादन बढ्ने प्रतिवेदन तयार पारेको छ । कृषि शाखाका प्राविधिक सहित वडाका कृषि स्वयंसेवक र सम्बन्धित वडाका जनप्रतिनिधिको टोलीले गरेको अनुगमनपछि तयार प्रतिवेदनमा ३० देखि ५० प्रतिशतले स्याउ उत्पादन वृद्धि हुने उल्लेख गरिएको गाउँपालिकाका कृषि प्राविधिक सहायक सन्तोष ओलीले जानकारी दिए । गतवर्ष ४० देखि ५० टन स्याउ उत्पादन भएको पुथाउत्तरगंगामा हावाहुरी र असिना पानीले क्षति नगरे यस वर्ष ८० देखि १०० टनसम्म उत्पादन हुने अनुमान छ । गाउँपालिकाका २, ५, ६, १० र ११ नम्बर वडामा प्रशस्त स्याउ पाइन्छ । वडा नम्बर ६ लाई स्याउको पकेट क्षेत्र घोषणा गरिएको छ भने २ नम्बर वडामा प्रदेश सरकारले स्याउ ब्लकको रूपमा विकास गरी काम गरिरहेको ओलीले बताए । अन्य वडामा पनि स्याउ पाइन्छ । स्याउ प्रशस्त मात्रामा पाइने गरेका भए पनि बजारीकरणको भने समस्या छ । सडक सुविधा नपुगेको त्यस ठाउँबाट घोडा, खच्चडमार्फत स्याउ ढुवानी गरिँदै आएको । कतिपयको स्याउ बारीमै कुहिने गरेको छ ।      गाउँपालिकाले ढुवानीमा अनुदानका लागि यस वर्ष चार लाख रुपैयाँ छुट्याएको छ । यस वर्ष लगाइएका बिरुवाको अनुगमन गरिएको छ । लगाइएका बिरुवा खडेरीका कारण २० देखि २५ प्रतिशत मरेका छन् । बिरुवा ढिला आएको र कृषकले पनि लगाउन ढिला गरेकाले बिरुवा मरेको बताइएको छ । तत्काललाई बिरुवामा कुनै रोग देखिएको छैन् । स्याउको दाना पनि राम्रो लागेको प्रतिवेदनमा उल्लेख छ । रासस