प्रदेश १ का पर्यटकीय स्थल : नेपालकै होचो केचनाकवलदेखि विश्वकै अग्लो सगरमाथासम्म

विराटनगर । विश्वकै अग्लो शिखर सगरमाथा र नेपालको सबैभन्दा होचो भूभाग केचनाकवल भएर पनि सगरमाथासम्म जाने सजिलो बाटोको प्रबन्ध हुन नसक्दा प्रदेश नम्बर १ पर्यटकीय क्षेत्रमा अलिपछि नै छ ।  भौतिक पूर्वाधारको विकासमा अग्रणी भनिए पनि यहाँका धार्मिक तथा पर्यटकीय स्थलहरूका बारेमा धेरैलाई थाहा नहुन सक्छ ।  काठमाडौंबाट हवाइ यात्रापछि विराटनगरमा ओर्लिएर कहाँ जाने, कस्तो ठाउँ जाने जस्ता अनेक प्रश्नले जोकोहीलाई पनि अन्योलमा पार्ने गर्छ । पर्यटन उद्योगका लागि पूर्व ‘भर्जिन’ नै मानिन्छ । विराटनगरबाट पूर्वका पर्यटकीय स्थल पुग्न खासै गाह्रो छैन । यस क्षेत्रका व्यवसायी, प्रदेश सरकार र स्थानीय तहले पर्यटन विकासका लागि प्याकेज बनाएर जान सके यस प्रदेशले मुलुकमै सबैभन्दा बढी पर्यटक भित्र्याउन सक्छ । इलाम, धनकुटालगायतका पहाडी जिल्लाहरू कृषि पर्यटनका लागि अगाडि छन्भने ताप्लेजुङ, सुनसरी, खोटाङलगायतका जिल्लाहरू धार्मिक पर्यटनका दृष्टिले महत्त्वपूर्ण मानिन्छन् । तेह्रथुम, संखुवासभा, मोरङलगायतका जिल्ला जैविक विविधताका लागि अग्रपंक्तिमा छन् । पूर्वका केही प्रमुख पर्यटकीय गन्तव्यहरू विराट राजाको दरबार विराटनगर–२० बुधनगर भेडियारीमा महाभारतकालीन विराट राजाको दरबार रहेको छ । यस क्षेत्रमा जानका लागि निजी सवारी साधन प्रयोग गर्नुपर्छ वा पैदल जानुपर्ने हुन्छ । विराटराजाको दरबार करिब अढाई किलोमीटरको क्षेत्रमा फैलिएर रहेको छ । हाल यस दरबार क्षेत्रको संरक्षणका लागि तार घेराबेरा गरी पाँच कठ्ठा क्षेत्र संरक्षित रूपमा राखिएको छ । त्यहाँ भेटिएका पुरातात्त्विक वस्तुहरू हाल स्थानीय कमलकिशोर यादवको घरमा राखिएको छ । राजारानी धिमाल पोखरी विराटनगरदेखि करिब ५० किमी उत्तरपूर्वमा पर्ने राजारानी क्षेत्र पुग्न पूर्व–पश्चिम राजमार्गमा पर्ने बेलबारी बजारदेखि करीब ९ किमी उत्तर लेटाङ गाविसको बुधवारे हुँदै चिसाङ खोला किनारबाट करीब एक घण्टाको उकालो चढ्नुपर्छ । ठाडो उकालो पार गर्दा धोबीडाँडा गाउँ पुगिन्छ । यसको पश्चिम राजारानी धिमाल पोखरी छ । वरिपरि डाँडैडाँडाले छेकिएको उपत्यका झैँ देखिने राजारानी क्षेत्रमा तीनवटा पोखरी र धिमाल तथा मगर समुदायले पूजा गर्ने गरेका दुई मन्दिर छन् । पूर्व नेपालको झापा र मोरङका आदिवासी धिमालहरूले अढाइ महिनासम्म मान्ने ढङढङे (असारे) मेला हरेक वर्षको वैशाख २ गते पोखरीस्थित धिमाल ग्रामथानमा पूजा गरेपछि शुरू हुन्छ । किम्बदन्तीअनुसार यस क्षेत्रमा कुनै बेला सत्य राजा र सत्य रानीले राज्य गरेका थिए । यहाँका राजाले विराट राजासँग लडाइँ गर्न जाँदा सेतो र कालो परेवा लिएर गएका थिए । सेतो परेवा फर्केर आएमा जित र कालो परेवा आएमा हार हुन्छ भनेर राजा लडाइँमा गए । परेवा बोकेको सिपाहीले बाटोमा चारो खुवाउन लाग्दा कालो परेवा उडेर आएपछि रानीले हार भएको ठानिन् । विलाप गरी जलेर मर्न लागिन् । उनी जल्दाजल्दै राजा फर्किएर आए तर रानी बाँच्न नसकेकाले राजाले पनि त्यही स्थानमा देहत्याग गरे । त्यसैले राजारानीको नाम सत्यराजा सत्यरानी रहेको भन्ने विश्वास धिमाल समुदायमा पाइन्छ । कोशीटप्पु  कोशीटप्पु विराटनगरबाट ५० किलोमीटर पश्चिममा पर्छ । कोशीटप्पुलाई चराको स्वर्ग पनि भनिन्छ । कोशीटप्पुमा ५ सय २७ प्रजातिका चरा पाइन्छन् । नेपालमा पाइने ८ सय ८६ प्रजातिका चरामध्ये आधाभन्दा बढी कोशीटप्पुमा पाइन्छन् । विश्वमै दुर्लभ मानिने चराहरूको वासस्थान पनि कोशीटप्पु हो ।  कोशीटप्पुलाई अर्नाको राजधानी पनि भनिन्छ । यहाँ विश्वमै दुर्लभ मानिने बबुलिस जातको अर्ना पाइन्छ । अहिले कोशीटप्पुमा चार सय ४१ वटा अर्ना रहेका छन् । यहाँ होमस्टे, रिसोर्ट र होटलहरू बस्नका लागि उपलब्ध छन् ।  वराह क्षेत्र कोका नदी र कोशी नदीको संगम स्थल सुनसरी जिल्लाको वराह क्षेत्र गाविसमा पर्ने यो धार्मिक स्थल पूर्वकै सबैभन्दा पुरानो मानिन्छ । यहाँ इन्द्र, वराह, कोकाह, सूर्य, बद्री, मुक्तेश्वर, लगायतका १० वटा मन्दिर छन् ।  हिन्दूहरूका देवता पहाड, गुफा, रुख तथा नदी किनार जस्ता असजिला स्थानमा बस्छन् भन्ने भनाइ अनुसार नै यहाँ यी देवता बसेको विश्वास गरिन्छ । यहाँ मुख्य रूपमा विष्णुको वराह अवतारको पूजा हुने गर्छ । विराटनगरबाट इटहरी, झुम्का हुँदै वराह क्षेत्र पुग्न करीब ५० किमी लामो यात्रा गर्नुपर्छ । वराह क्षेत्रबाट २६ किलोमीटर दक्षिणमा पर्ने सुनसरीकै साविक सिंघिया गाविसमा रामधुनी छ । यो पनि प्रसिद्व धार्मिक स्थल हो । विजयपुर धरान नगरपालिकामा पर्ने विजयपुर क्षेत्र धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । यहाँ बुढा सुब्बा, दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या लगायतका मन्दिरहरू रहेका छन् । यातायातको राम्रो पहुँच भएको र बजार क्षेत्र आसपासमा भएकाले यहाँ जान सजिलो छ । विजयपुरमा अवस्थित बुढा सुब्बा मन्दिरको दर्शन गरे मनोकांक्षा पूरा हुने विश्वास लिइन्छ । यहाँ युवायुवतीहरूले सफल प्रेमका लागि कामना गर्ने गरेको पाइन्छ । यसैगरी यहाँ दन्तकाली मन्दिर प्रसिद्ध छ । शिवजीले सतीदेवीलाई बोकेर हिँड्दा यो स्थानमा दाँत पतन भएको मानिन्छ ।  यसैगरी यहीँ रहेको पिण्डेश्वर मन्दिर पनि प्रख्यात छ । यहाँ शिवजीको पूजा हुन्छ । साउन महिनाको सोमवारका दिनहरूमा बोलबम यात्रा लाग्ने गर्छ । सेन राजाहरूले विजयपुरमा राज्य गरेको इतिहास पाइन्छ । भेडेटार समुद्री सतहबाट १ हजार ४ सय २० मिटर उचाइमा रहेको भेडेटार बजार धरानबाट १६ किलोमीटर उत्तरमा अवस्थित छ ।  भेडेटारप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दो छ । अरुण उपत्यकाको प्रवेशद्वार धनकुटा जिल्लामा पर्ने भेडेटारमा जो पुग्छ उसले भेडेटारलाई स्वर्गको एक टुक्राको संज्ञा दिन्छ । बेलायती युवराज चाल्र्सलाई नेपालको कुनै ठाउँको सम्झना छ भने त्यो भेडेटार नै हुनु पर्दछ । उनी चढेपछि त्यसको नाम चाल्र्स प्वाइन्ट रह्यो । यहाँ अहिले तीनतले भ्यूटावर छ । त्यहाँबाट तराईका सम्म फाँटका साथै हिमालका शृंखलाहरूलाई समेत एकैपटक देख्न सकिन्छ ।  छिन्ताङ छिन्ताङ धार्मिक दृष्टिकोणले जति महत्त्वपूर्ण छ राजनीतिक रूपमा पनि उत्तिकै छ । धनकुटा सदरमुकामबाट १३ किलोमीटर उत्तरमा पर्ने रमणीय हिले बजारबाट उत्तरपानी हुँदै आँखीसल्लाबाट छिन्ताङ पुग्नका लागि यातायातका साधन उपलब्ध छन्। कुनै आपत् पर्दा वा राम्रो कुरा पाउनका लागि छिन्ताङदेवीको नाममा भाकल गर्नेहरू दर्शन गर्न त्यहाँ जान्छन् । दिउँसो चार बजेपछि मात्र मन्दिरको ढोका खुल्छ । रुखको फेदमा रहेको देवीथानलाई नै मन्दिरको मुख्य स्थान मानिन्छ । यहाँ राँगा, बोका, कुखुरा, परेवा, हाँसको वलि चढाउने गरिन्छ । २०३६ साल कात्तिक २७ देखि २९ गतेसम्म तत्कालीन शासकहरूले धनकुटा जिल्लाका  साविक खोकु छिन्ताङ र आँखीसल्ला गाविसमा नरसंहार मच्चाए र १५ जना गाउँलेहरूको ज्यान लिए । छिन्ताङ काण्डका नाममा यो ठाउँ चर्चित छ ।  गुफापोखरी धनकुटाबाट करीब ५० किलोमीटरको कालोपत्रे सडक छिचोलेपछि तेह्रथुमको वसन्तपुर बजार पुगिन्छ । त्यहाँबाट उत्तर देउरालीसम्म ५ किमी कच्ची सडकको यात्रा गरेपछि झण्डै ५ घण्टा गुराँसे वनको अवलोकन गर्दै पैदल यात्रा तय गरेर गुफापोखरी पुगिन्छ । मूलतः यहाँ विभिन्न प्रजातिका गुराँस तथा जैविक विविधतालाई अवलोकन गर्न जानेहरूको संख्या बढी पाइन्छ । संखुवासभाको नुनढाकी–९ मा अवस्थित यो गुफापोखरी समुद्री सतहबाट २ हजार ८ सय ९० मिटर उचाइमा रहेको छ । अधिक हिमपात हुने गुफापोखरीमा पुस र माघ महिना हिउँ खेल्न उपयुक्त मानिन्छ । गुफापोखरी जोड्ने मोटरबाटो निर्माण द्रुतगतिमा भइरहेकाले १–२ वर्षमा गाडी चढेर यहाँ पुग्न सकिनेछ । तीनजुरे मिल्के जलजले विराटनगरबाट उत्तरतर्फ धरान हुँदै १३० किलोमीटरको बस यात्रापछि तेह्रथुमको वसन्तपुर बजार पुगिन्छ । बजारको शिरमा अवस्थित तीनजुरे मिल्के जलजल क्षेत्रको भ्रमणका लागि पैदल यात्रा तय गर्नुपर्छ । तीनजुरे, पाँचपोखरी, चौकी, मंगलवारे, गुफाबजार, मिल्के डाँडासम्मको पैदल यात्रा गर्नु साँच्चै रमाइलो हुन्छ । यहाँ आएका पर्यटकहरूका लागि वसन्तपुर, टुटेदेउराली, पाँचपोखरी, चौकी, मंगलवारे र गुफाबजारमा वास बस्न र खाना खानाका लागि राम्रो व्यवस्था रहेको छ । वसन्तपुर, चौकी र गुफा बजारमा प्रहरी चौकी रहेकाले सुरक्षाको समेत राम्रो व्यवस्था छ । यो क्षेत्र ताप्लेजुङ, तेह्रथुम र संखुवासभामा फैलिएको छ । समुद्री सतहबाट १७ सयदेखि ५ हजार मीटरसम्मको उचाइमा रहेको यो करीब ५ सय ५८ वर्ग किलोमीटरमा फैलिएको छ । जैविक विविधताको खानी यो क्षेत्रको उत्तर पूर्वमा कञ्चनजंघा संरक्षण क्षेत्र र उत्तर पश्चिमतर्फ मकालु वरुण राष्ट्रिय निकुञ्ज तथा सगरमाथा राष्ट्रिय निकुञ्ज पर्दछन् । गुराँसका २८ भन्दा बढी प्रजाति पाइने भएकाले गुराँसको राजधानीको रूपमा यो क्षेत्र परिचित छ । ह्यातुङ झरना  तेह्रथुमका साविक सम्दु र इसिवु गाविसका बीचमा रहेको यो झरना एसियाकै सबैभन्दा अग्लो झरना मानिन्छ । यो झरनासम्म पुग्न धरानबाट वसन्तपुर हँुदै तेह्रथुमको सदरमुकाम म्याङलुङ पुग्नुपर्छ र त्यहाँबाट एक दिन पैदल हिँड्नु पर्छ । यो झरनाको माथिबाट पानी खस्दा सप्तरङ्गी इन्दे्रणीको रमणीय दृश्य देखिन्छ । हलेसी महादेव पूर्वकै प्रसिद्व धार्मिक स्थलका रूपमा चिनिएको हलेसी महादेवको मन्दिर खोटाङ जिल्लामा अवस्थित छ । हिन्दू, बौद्ध तथा किरातहरूको आस्थाको केन्द्रका रूपमा यो ठाउँ रहेको छ । बालाचतुर्दशी, रामनवमी र शिवरात्रि गरी वर्षमा तीनपटक मेला लाग्छ । जिल्ला सदरमुकाम दिक्तेलदेखि ४० किलोमीटर पश्चिममा रहेको यो मन्दिर पुग्न सवारी साधन उपलब्ध छ ।   

सम्बन्धित सामग्री

एक दशकमा प्रदेश १ तीव्र शहरीकरणतर्फ, यी हुन् १४ जिल्लाका १०० बढी शहर बजार

विराटनगर ।  पूर्व–पश्चिम राजमार्ग बन्नुअघि इटहरीको अस्तित्व सामान्य बस्तीका रूपमा थियो । राणाकालमा सतन चौधरीले गैसार भन्ने ठाउँमा जंगल फाँडी यहाँ बसोबास शुरू गरे । अहिलेको इटहरी चोकभन्दा एक किलोमीटर दक्षिणमा रहेको गैसारबाट उत्तरमा ढेडु टोलसम्म फैलिएको बस्तीले आधुनिक रूप धारण गर्न राजमार्ग नै बन्नुपर्‍यो ।  त्यसअघि पूर्वबाट राजधानी जान विकट पहाडी बाटाहरूको प्रयोग हुन्थ्यो । महीनौं हिँडेर राजधानी पुग्नुपर्थ्यो । गाडी चढ्नुपरे भारतको बाटो हुँदै रक्सौलसम्म पुगिन्थ्यो र वीरगञ्ज नाकाबाट राजधानी जानुपर्थ्यो । राजमार्ग निर्माणसँगै यो सवारी चालकहरू बस्ने ‘जक्शन’ बन्यो । बिस्तारै आवागमनको केन्द्र पनि । त्यसपछि यसले रूपै फेर्‍यो । जोगबनीदेखि पहाड उक्लिने बाटाले यहीँनेर पूर्व–पश्चिम राजमार्गलाई छेड्यो । अनि, इटहरी पूर्वकै व्यस्त शहर बन्यो । गाउँबाट उठेर २०५३ मा नगरपालिका घोषित इटहरी २०७१ मङ्सिरमा उपमहानगरपालिका बन्यो । सुखद संयोग प्रदेश १ का दुई उपमहानगरपालिका सुनसरीमै ‘जुम्ल्याहा’ रूपमा छन्, इटहरी र धरान । यी दुवैले यो प्रदेशको वैभवलाई प्रतिनिधित्व गर्छन् । बितेको दशकमा इटहरी मात्र होइन, यसको पश्चिमको पकली, उत्तरको हाँसपोसा र दक्षिणको खनारसमेत शहरीकरणमा समेटिएका छन् । र, इटहरी–धरानको खाली–सीमा मेटिँदै गएको छ । उदाहरण इटहरीको भए पनि मुहार यो सिंगो पूर्वी नेपालको हो । केही वर्षयता यहाँ शहरीकरणको गति तीव्र छ । १९७० सालसम्म दमक दलदल क्षेत्र थियो । झापाको पुरानो बजार गौरीगञ्ज र मोरङको मधुमल्ला आउजाउ गर्दा त्यही दलदल बाटो हिँड्नुपर्थ्यो । त्यही भएर आदिवासी धिमाल समुदायले यसलाई ‘दालदालीको दामा’ भन्ने गर्थे । त्यही शब्द अपभ्रंश हुँदै दमक नामकरण हुन पुगेको दमक नगरपालिकाका पूर्वउपप्रमुख मोहन धिमालले बताए । त्यसपछि विस्तारै नजिकैको रतुवा बगरमा बुधवार बजार लाग्न शुरू भएको थियो । अनि, बजारीकरणतर्फ लाग्यो । २०३९ मा नगरपालिका बनेको दमक तीव्र विकासका साथ अघि बढिरहेको छ । दमकमा विश्वकै अग्लो बुद्ध मूर्ति, क्लिन इन्डस्ट्रियल पार्क, भ्यु टावर निर्माण गर्ने ठूला योजना प्रस्ताव गरिएका छन । निर्माणाधीन अन्य योजनामा फाल्गुनन्द सभागृह, नमूना बजार, फोहोरमैला प्रशोधन केन्द्र, चक्रपथलगायत छन् ।  प्रदेश १ को राजधानी विराटनगर घोषणा भयो । तर, यसको नामकरणका लागि दलहरूबीच सहमतिका प्रयास भइरहेको छ । विराटनगरको विकासको गति र फैलावट पनि गतिशील छ । २२ किलोमीटर पूर्वमा रहेको रंगेलीबाट १९७१ सालमा मोरङको सदरमुकाम यहाँ सारिएको हो । २००८ सालमा नगरपालिका घोषित विराटनगर ११ वर्षअघि उपमहानगरपालिका बन्यो । यही वर्ष महानगरपालिका बनिसकेको छ । भवन तथा शहरी विकास डिभिजन कार्यालय विराटनगरका डिभिजनल इन्जिनीयर श्यामकिशोर सिंहका अनुसार सार्क क्षेत्रमै शहरीकरणको गति नेपालको बढी छ । ‘नेपालभित्र पनि सातओटा प्रदेशमध्ये १ नम्बरमा तीव्र गतिमा शहरीकरण भइरहेको छ,’ उनले भने, ‘यसको कारण हो, बसाइँसराइ । पूर्वाधार र सुविधा भएका क्षेत्रमा बसाइ सर्ने क्रम बढेको छ । यसले शहरीकरणमा दबाब पुगेको छ । आर्थिक गतिविधि शहरमै बढी छ । सुविधा बढी भएकाले शहरले गाउँका मान्छेलाई तानिरहेको छ, गाउँले शहरतिर ठेलिरहेको छ ।’ नगरमा गुरुयोजना बनाएर बस्ती विकास, बाटो सञ्जाल, विद्यालय, डम्पिङ साइटजस्ता कुरामा ध्यान दिनु जरुरी रहेको उनले औंल्याए । ‘धेरै गाउँ हुँदा पहिला सानो जनसंख्या थियो, सानै शक्ति थियो । अब एकीकृत हुँदा ठूलो जनसंख्या भएको छ र यसले ठूलै शक्ति निर्माण गरेको छ । यसलाई विकासमा लगाउनुपर्छ,’ उनले भने । सिंहका अनुसार राजमार्ग आसपास क्षेत्रमा बढी शहरीकरण भइरहेको छ । यसले गर्दा आर्थिक गतिविधि पनि वृद्धि भइरहेको छ । पूर्वतिर रंगेली, उत्तरतिर धरानसम्म गाभेर यसलाई ‘बृहत्तर विराटनगर महानगर’ बनाउन सकिने योजनाविद्हरू बताउँछन् । त्यति मात्र होइन, विराटनगर देशकै ठूलो महानगरको अवस्थिति बोकेको शहर हो । पूर्वतिर रंगेली, उत्तरतिर धरानसम्म गाभेर यसलाई ‘बृहत्तर विराटनगर महानगर’ बनाउन सकिने योजनाविद्हरू बताउँछन् । बीचतिर इटहरी, इनरुवालगायत शहर यसमा जोडिनेछन् । डिभिजनल इन्जिनीयर श्यामकिशोर सिंहले पनि शहरी विकासलाई उच्चस्तरमा लैजान यो अवधारणा उचित हुने बताए । तत्कालीन योजना आयोगमा शहरी विकाससम्बन्धी जिम्मेवारी वहन गर्ने सदस्य डा. सुनीलबाबु श्रेष्ठ भन्छन्, ‘सिँगै देशमा शहरीकरणको गति तीव्र छ, त्यसभन्दा तीव्र १ नम्बर प्रदेशमा छ ।’ राज्यको पुन:संरचनाका क्रममा स्थानीय तह शक्तिशाली भएका छन् । साविक गाविस/नगरपालिका गाभेर ठूला आकारका गाउँपालिका/ नगरपालिका बनाइएका छन् । तिनलाई अधिकारसम्पन्न बनाइएका छन् । स्रोतको उत्पादनदेखि परिचालनसम्मका स्वायत्तता दिइएका छन्। यसले पनि शहरीकरणमा बल पुग्ने विज्ञहरूको अपेक्षा छ । सरकारले शहरीकरणका लागि केही नयाँ योजनासमेत अघि सारेको छ । त्यसमध्ये एउटा हो ‘एक शहर एक पहिचान ।’ श्रेष्ठका अनुसार यसका लागि प्रदेश १ का विभिन्न शहरले ‘पहिचान’ का प्रस्तावहरू हालिरहेका छन् । ‘धनकुटाले खाद्य हरियाली नगरका रूपमा पहिचान चाहेको छ,’ उनले भने, ‘यो यस्तो योजना हो, जसमा कृषिमा आत्मनिर्भरतासहित हरियालीलाई प्राथमिकता दिइन्छ । जस्तो– घरमा फलफूलको बगैंचा लगाउने । यसले हरियालीसँगै आम्दानी पनि हुन्छ ।’ दमक, इलामलगायत शहरले पनि ‘पहिचान’ का परियोजना बनाइरहेको उनले जानकारी गराए । त्यस्तै, सरकारको अर्को योजना हो– ‘स्मार्ट भिलेज ।’ त्यसका लागि पनि ठाउँ छनोट भइरहेको उनले जानकारी दिए । उनका अनुसार यस वर्ष ३ ओटा खाद्य हरियाली शहर र ७५ ओटा ‘स्मार्ट भिलेज’ बनाउने तयारी छ । नेपालमा यति धेरै नगर घोषणा गरिएका छन् कि हामी नगरवासीका रूपमा दक्षिण एशियामा एक नम्बरमा छौं । देशभर नगरवासीको संख्या ५८ दशमलव ४ प्रतिशत पुगेको छ । तर, कतिपय नगरपालिकामा पूर्वाधार कमजोर छन् । ‘तिनलाई विकासपथमा तीव्र गतिमा अघि लैजानु जरुरी छ, चुनौती पनि उत्तिकै छ,’ श्रेष्ठले भने, ‘त्यसका लागि योजना आयोगले एकीकृत शहरी विकास योजना ल्याउन हरेक स्थानीय तहलाई भनेको छ । त्यसपछि सडक, ढल, बिजुली, टेलिफोनजस्ता काम एकीकृत ढंगले हुनेछन । एउटा विकास गर्दा अर्को अवरुद्ध हुने वा भत्किने क्रम सकिनेछ ।’ प्रदेश १ मा एउटा महानगरपालिका, २ उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ गाउँपालिका छन् । राणाशासनकालमा धनकुटा बडाहाकिम कार्यालय थियो । यसैले तराईका केही भाग र इलामसम्मको प्रशासन हेर्थ्यो । विसं १९४२ पछि धनकुटा पूर्वका ३ अड्डाका अपिल सुन्ने केन्द्र बन्यो । पञ्चायतकालमा पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम अर्थात् १६ जिल्लाको प्रशासनिक केन्द्र बन्यो । विकासको गतिमा पहाड पनि लम्किँदै तराईका मात्र होइन, प्रदेश १ का पहाडी शहर पनि तीव्र गतिमा अघि बढिरहेका छन् । इलाम २०१५ मै नगरपालिका बने पनि पूर्वाधार र विकासमा पछाडि थियो । कृषि र पर्यटनका बलमा यसले विकासको अग्रता समाएको छ । यहाँ विमानस्थल, जैविक विविधतायुक्त पर्यटकीय स्थल, सभागृह निर्माण तीव्रतर गतिमा भइरहेको छ । विकासको गति समाएको अर्को शहर हो– धनकुटा । राणाशासनकालमा धनकुटा बडाहाकिम कार्यालय थियो । यसैले तराईका केही भाग र इलामसम्मको प्रशासन हेर्थ्यो । विसं १९४२ पछि धनकुटा पूर्वका ३ अड्डाका अपिल सुन्ने केन्द्र बन्यो । पञ्चायतकालमा पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम अर्थात् १६ जिल्लाको प्रशासनिक केन्द्र बन्यो । २०४६ को परिवर्तनपछि विकास क्षेत्रको अवधारणालाई कम महत्त्व दिएका कारण प्रशासनिक रूपमा यसको प्रभाव घट्न थाल्यो । नेपालको एकीकरण भएबाटै धनकुटा बनेर यहाँबाट प्रशासनिक, सामरिक र न्यायिक काम शुरू भएको इतिहासकार डा. गोपालबहादुर भट्टराईले जानकारी दिए । त्यहाँबाट यहाँ आइपुग्दा पछिल्लो छोटो समयमा यसले भौतिक विकासमा राम्रै फडको मारेको छ । तीव्र शहरीकरणमा अघि बढिरहेका शहरहरू  मोरङ : विराटनगर, रंगेली, उर्लाबारी, बेलबारी, विराटचोक, सलकपुर, लेटाङ, कटहरी, डायनियाँ, नयाँ बजार, कर्सिया, मिक्लाजुङ, पथरी, शनिश्चरे, झोराहाट सुनसरी : धरान, इटहरी, झुम्का, तरहरा, इनरुवा, चतरा, भरौल, दुहबी झापा : दमक, बिर्तामोड, काँकडभिट्टा, भद्रपुर, सुरुंगा, धुलाबारी, झिलझिले, गौरादह, गौरीगन्ज, चन्द्रगढी, चारआली, बुधबारे, शनिश्चरे धनकुटा : धनकुटा बजार, हिले, जितपुर, पाख्रिबास, लेगुवा, जोरपाटी, सिँधुवा, तित्रे, भेडेटार, डाँडाबजार, राजारानी, मौनाबुधुक, शुक्रबारे तेह्रथुम : वसन्तपुर, म्याङलुङ, जिरीखिम्ती, मोराहाङ, पोक्लाबाङ, संक्रान्ती, चुहानडाँडा, लसुने, शुक्रबारे संखुवासभा : खाँदबारी, चैनपुर, तुम्लिङटार, मुढेशनिश्चरे, किमाथांका, हटियागोला, बाना बजार, बाह्रबिसे, ताम्कु ताप्लेजुङ : फुङलिङ, दोभान, खाम्दिंगे, सिवा पाँचथर : फिदिम, यासोक, रवि, दुरदिम्बा, जोरपोखरी, थर्पु, पञ्चमी, अमरपुर, भालुचोक, काबेली, च्याङ्थापु, फलैंचा, ओयाम, मावा, आङना, चिसापानी, राँके, पौवाभन्ज्याङ, नवमीडाँडा इलाम : सदरमुकाम इलाम बजार, फिक्कल, मंगलबारे, देउराली, शुक्रबारे, माङसेबुङ, पशुपतिनगर, सप्तमी, कुटिडाँडा, जौबारी, आइतबारे उदयपुर : गाईघाट, बेलटार, कटारी, रामपुर, मुर्कुची ओखलढुंगा : रुम्जाटार, मानेभन्ज्याङ, रामपुर, खानीभन्ज्याङ, खिदी फलाँटे, घोराखोसी, ओखलढुंगा भोजपुर : भोजपुर, दिङ्ला, घोडेटार, तिवारीभन्ज्याङ, प्याउली, बालङखा, टक्सार खोटाङ : दिक्तेल, खोटाङ बजार, ऐंसेलुखर्क, बाक्सिला, बुइपा, मानेभन्ज्याङ, चिसापानी, सिमपानी सोलुखुम्बु : नाम्चे, सल्लेरी, लुक्ला, नेचा, पत्ताले

कोरोना कहर बढ्दै : सुनसान बन्दै पर्यटकीय स्थल

सुनसरी । कोरोनाको तेस्रो लहरको संक्रमण तीव्र बढ्दै गएपछि प्रशासनले भीडभाड हुने स्थानमा रोक लगाएको छ । यसले प्रदेश १ का पर्यटकीय स्थल पुनः सुनसान बन्दै गएका छन् । केही महीना अघिदेखि चलायमान देखिन थालेका पर्यटकीय क्षेत्र पछिल्लो समय ओमिक्रोन भेरियन्टसहितको संक्रमण बढ्दै गएपछि सुनसान हुन थालेका हुन् । कोरोना महामारीको सन्त्रास बढ्दै गएपछि सरकारले गरेको कडाइका कारण प्रदेशका पर्यटन गन्तव्यहरूमा अहिले आन्तरिक तथा बाह्य पर्यटक आगमन ठप्प भएको छ । सुनसरी, मोरङ, तेह्रथुम, धनकुटाका मुख्य पर्यटकीय गन्तव्यमा पर्यटक आगमन ठप्पप्रायः हुँदा सम्बद्ध व्यवसायी चिन्तित छन् । हरेक समय पर्यटकको भरिभराउ हुने प्रदेश १ का पर्यटकीय स्थल धनकुटाको भेडेटार, हिले, पाख्रिबास, संखुवासभा तेह्रथुम र ताप्लेजुङको संगम स्थल गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टीएमजे), सुनसरी र उदयपुरको सिमानामा पर्ने कोशीटप्पु, मोरङको बेतना सिमसार क्षेत्र, सुनसरीको तालतलैया, सुनसरीकै वराह क्षेत्र–विजयपुर र इलामको कन्याममा अहिले पर्यटक आगमन ठप्प छ । होटल व्यवसाय बन्द भएपछि दैनिक लाखौंको आम्दानी गुमेको व्यवसायी बताउँछन् । कोरोनाको पहिलो र दोस्रो लहरका कारण पर्यटक व्यवसायमा ठूलो धक्का लागेको र अहिले पुनः तेस्रो  लहरले थप मारमा परेको उनीहरूको गुनासो छ । सरकारले होटल व्यवसाय गर्नेलाई कम ब्याजदरमा ऋण दिने व्यवस्था गरेअनुसार धेरै होटल खोलिएका थिए । धनकुटा होटल एसोसिएसनमा १३० होटल आबद्ध छन् । सामान्य अवस्थामा यहाँका होटलमा दैनिक ४० लाखभन्दा बढीको कारोबार हुने गरेको छ । सिजनमा धनकुटाको भेडेटारमा दैनिक करिब ५ हजार आन्तरिक तथा बाह्य पर्यटक घुम्न आएको संघले बताएको छ । कोरोनाका कारण नाम्जेमा सञ्चालित घरबास समेत बन्द भएको छ । नाम्जेमा सञ्चालित होमस्टे गतवर्ष नेपालकै उत्कृष्ट भएर पुरस्कृत भएको थियो । कोरोनाकै कारणले संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थलमा तिनजुरे मिल्के जलजले, सुनसरी उदयपुरको सिमानामा पर्ने कोशीटप्पु, मोरङको बेतना सिमसार क्षेत्र, सुनसरीको तालतलैया, वराह क्षेत्र र इलाम कन्याम पनि सुनसान भएका छन् । इटहरीको पर्यटकीय स्थल तालतलैयामा एक सातायता पर्यटक घटेका छन् । त्यस्तै इटहरीकै इपिल्याण्ड वाटरपार्कमा पनि पर्यटक आगमन घटेको छ । सुनसरीमा समेत जोखिम बढेको भन्दै सावधानी अपनाउन प्रशासनले अनुरोध गर्दै आएको छ । भीडभाड हुने क्षेत्रहरू सञ्चालन नगर्न सूचना जारी गरेलगत्तै पर्यटकीय क्षेत्रमा पर्यटकीय चहलपहलमा कमी आएको छ । बन्दाबन्दीका कारण गतवर्षको ९ महीना पर्यटन व्यवसाय प्रभावित भएकोमा अब पनि लकडाउन भए धराशयी हुने व्यवसायी बताउँछन् । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि राहत प्याकेज नल्याएसम्म लकडाउनको कल्पना गर्न नसकिने उनीहरूको भनाइ छ । सरकारले संक्रमण फैलन नदिन उच्च स्वास्थ्य सुरक्षा अपनाउन पुस २७ गते निर्देशन जारी गरेसँगै पर्यटकीय क्षेत्रमा चहलपहल घट्न थालेको हो । कोरोना कहर र सरकारको निर्देशनका कारण तालतलैया क्षेत्रमा पर्यटकीय गतिविधि ठप्पप्रायः बनेको तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष लक्ष्मीप्रसाद खनाल बताउँछन् ।

भेडेटारमा भेडेटार फुड फेस्टिबल

धनकुटा (अस) । प्रदेश १ को प्रमुख पर्यटकीय स्थल धनकुटाको भेडेटारमा तीन दिने नवौं भेडेटार फुड फेस्टिबल सुरु भएको छ । होटल एसोसिएसन अफ भेडेटारको आयोजनामा फेस्टिबल सुरु भएको हो । फेस्टिबल उद्घाटन प्रदेश १ का भौतिक योजना तथा पूर्वाधारमन्त्री हिमाल कार्कीले उद्घाटन गरे । भेडेटार पूर्वकै प्रमुख पर्यटकीय गन्तव्य भएकाले यहाँको पर्यटन प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्ने मन्त्री कार्कीले बताए । भेडेटारमा अंग्रेजी नयाँ वर्ष अवसर पारेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको महोत्सव आयोजक अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । उनका अनुसार भेडेटार आउने विदेशी पर्यटकमा सबैभन्दा धेरै भारतीय हुन्छन् । नयाँ वर्षमा भारतीयको बिदा हुने भएकाले तिनलाई भेडेटारमा आकर्षित गर्न फेस्टिबल आयोजना गरिएको उनले बताए । धरान र धनकुटाको पर्यटन प्रवद्र्धनमा भेडेटारको मुख्य भूमिका रहेकाले यसको थप प्रचार गर्न फेस्टिबल आयोजना गरिएको हो । तीन दिनसम्म सञ्चालन हुने फेस्टिबलमा विभिन्न जातीय परिकारका स्टल, अर्गानिक खानाका स्टल, स्थानीय कृषि उत्पादन गरी १५ स्टल रहेका छन् । फेस्टिबल उद्घाटन अवसरमा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो । फेस्टिबल अवधिमा भेडेटार धरान प्याराग्लाइडिङ, मूलघाट (चतरा र्‍याफ्टिङ, नमस्ते झरनामा क्यानोनोइङ, साइक्लिङ, ध्वजेडाँडाबाट सूर्योदय हेर्ने प्याकेजिङ, राजारानी तालमा बोटिङजस्ता पर्यटकीय गतिविधि सञ्चालन हुनेछन् । फेस्टिबल करिब ३० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

अंग्रेजी नयाँ वर्षमा भेडेटारमा

धनकुटा- अग्रेजी नयाँ वर्षको अवसरमा धनकुटाको भेडेटारमा खाना महोत्सव सुरु भएको छ ।नयाँ वर्ष २०२२ को अवसर पारेर पर्यटकीय स्थल भेडेटारमा तीनदिने खाना महोत्सव भई रहेको छ । महोत्सवको प्रदेश–१ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले उद्घाटन गरेका हुन् । मन्त्री कार्कीले प्रदेशको मुख्य पर्यटकीय केन्द्र रहेको भेडेटारलाई विकास गर्न प्रदेश सरकारले विशेष योजना […]

अंग्रेजी नयाँ वर्षमा भेडेटारमा भेडेटार फुड फेस्टिवल

धनकुटा : प्रदेश १ को प्रमुख पर्यटकीय स्थल धनकुटाको भेडेटारमा तीन दिने ‘नवौं भेडेटार फुड फेस्टिवल’ हुने भएको छ। होटल एसोसिएसन अफ भेडेटारले पुस १६ देखि १८ गतेसम्म फेस्टिवल गर्ने भएको हो।अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिवल आयोजना गर्न लागिएको अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए। उनका अनुसार पूर्व आउने विदेशी पर्यटकहरुमा सबैभन्दा धेरै भारतीय हुन्छन। नयाँ बर्षमा भारतीयहरुको बिदा हुने भएकाले उनीहरुलाई पूर्वी नेपाल र विषेश गरि भेडेटारमा आकर्षित ग

कोरोना महामारीले पूर्वका पर्यटकीय स्थल सुनसान

धनकुटा । दोस्रो चरणको कोरोना महामारीको सन्त्रासपछि गरिएको निषेधाज्ञाले आन्तरिक तथा बाह्य पर्यटक आगमन ठप्प भएपछि पूर्वका होटल व्यवसायी संकटमा परेका छन् । धनकुटालगायत प्रदेश १ का पर्यटकीय स्थलका होटल व्यवसायी संकटमा परेका हुन् । हरेक वर्ष यो समय भरिभराउ हुने प्रदेश १ का पर्यटकीय स्थल धनकुटाको भेडेटार, हिले, पाख्रिबास, संखुवासभा तेह्रथुम र ताप्लेजुङको संगम स्थल गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टीएमजे), सुनसरी र उदयपुरको सिमानामा पर्ने कोशीटप्पु, मोरङको बेतना सिमसार क्षेत्र, सुनसरीको तालतलैया, सुनसरीकै बराह क्षेत्र–विजयपुर र इलामको कन्याम अहिले सुनसान छन् । होटल व्यवसाय बन्द भएपछि ती ठाउँमा होटलबाट हुने दैनिक १ करोड रुपैयाँभन्दा बढीको कारोबार ठप्प भएको व्यवसायी बताउँछन् । कोरोनाको दोस्रो लहरका कारण पर्यटक व्यवसायमा ठूलो धक्का लागेको र सहज परिस्थिति आए पनि उठ्न निकै समय लाग्ने तेह्रथुमको वसन्तपुरका होटल व्यवसायी हिमराज कटुवालले बताए । क्षेत्रीय होटल एसोसिएसन धनकुटाका अध्यक्ष तथा होटल हिले भ्यूका सञ्चालक खगेन्द्र विष्ट गत वर्ष भएको पहिलो चरणको बन्दाबन्दीले थिलथिलो बनेको होटल व्यवसाय पछिल्लो समय केही सुधार हुँदै आए पनि दोस्रो चरणको कोरोना सन्त्रासले थप मारमा परेको बताउँछन् । सरकारले होटल व्यवसाय गर्नेलाई कम ब्याज दरमा ऋण दिने व्यवस्था गरेअनुसार धेरै होटल खोलिए पनि पुनः कोरोनाले लपेटेपछि ऋणको ब्याज कसरी तिर्ने भन्नेमा होटल व्यवसायी  चिन्तित रहेको उनको भनाइ छ । धनकुटा होटल एसोसिएसनमा १ सय ३० होटल आबद्ध छन् भने दैनिक ४० लाखभन्दा बढीको कारोबार हुने गरेको उनको भनाइ छ । सिजनमा धनकुटाको भेडेटारमा दैनिक करिब ५ हजार आन्तरिक तथा बाह्य पर्यटक घुम्न आएको होटल एसोसिएसन भेडेटारको अनुमान छ । पूर्वी तराईको बढ्दो गर्मीलाई पनि बिर्साइदिने प्रदेश १ कै पर्यटकीय स्थल भेडेटारमा नयाँ वर्षमा पर्यटक खचाखच हुने गरेका थिए । तर, दोस्रो चरणको कोरोना संक्रमणसँगै भएको निषेधाज्ञाका कारण भेडेटार सुनसान छ । भेडेटार मात्रै होइन, नजिकैको शैलुङ डाँडा, चाल्र्स प्वाइन्टको भ्यू टावर, नमस्ते झरना पनि सुनसान छन् । त्यस्तै, भेडेटार पुगिसकेपछि अढाई किलोमिटर पूर्वको नाम्जे गाउँ र आत्मा बस्ने घर पनि सुनसान छन् । अमेरिकी समाचार संस्था सीएनएनले विश्वको उत्कृष्ट बाह्रौमध्ये आठौं गन्तव्यमा राखेपछि सुरु भएको नाम्जे गाउँको चर्चा कोरोनाले सुनसान बनाएको छ । कोरोनाका कारण नाम्जेमा सञ्चालित घरबाससमेत बन्द भएको होमस्टे सञ्चालक समिति अध्यक्ष अनिल रानामगरले जानकारी दिए । नाम्जेमा सञ्चालित होमस्टे गत वर्ष नेपालकै उत्कृष्ट होमस्टेको रूपमा पुरस्कृत भएको थियो । अहिले पर्यटकका लागि मुख्य समय फेब्रुअरी, मार्च, अप्रिल र मे महिना धेरै उपयुक्त भएको अवस्थामै कोरोना सन्त्रासले आउजाउ ठप्प भएपछि समस्यामा पर्दै आएको व्यवसायी बताउँछन् । दैनिक १५ लाखको आर्थिक कारोबार हुने भेडेटार कोरोनाका कारण ठप्प भएको होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए । कोरोनाकै कारणले हालै मात्रै सञ्चालनमा आएको भेडेटार देवीथान जीपलाइन बन्द भएको छ । यस्तै, निषेधाज्ञाले निजी कम्पनी वल्र्ड वाइड ग्रुपको सहभागितासहित करिब २५ करोड रुपैयाँ लगानीमा बनाइन लागेको स्काई वक निर्माण प्रभावित भएको छ । कोरोनाकै कारण भेडेटार र आसपासका क्षेत्रमा सञ्चालित होटल बन्द हुँदा बैंकको किस्ता तिर्न र होटल मजदुरको तलब खुवाउन समस्या भएको अध्यक्ष राई सुनाउँछन् । कोरोना भाइरस कै कारणले संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थलमा तिनजुरे मिल्के जलजले, सुनसरी उदयपुरको सिमानामा पर्ने कोशीटप्पू, मोरङको बेतना सीमसार क्षेत्र, सुनसरीको तालतलैया, बराह क्षेत्र र इलाम कन्याम पनि सुनसान भएका छन् ।

भेडेटारमा पर्यटकको आकर्षण बढ्यो, होटेलमा लगानी थपिँदै

धनकुटा : प्रदेश १ कै चर्चित पर्यटकीय स्थल भेडेटारमा पर्यटक आगमन सकारात्मक रूपमा बढेसँगै पर्यटन क्षेत्रमा देखिएको लगानी पनि निकै बढेको छ। पछिल्लो समय देखिएको राजनीतिक स्थितरता र पर्यटनप्रतिको प्रतिबद्धताले भेडेटारमा सकारात्मक प्रभाव परेको छ।  त्यसो त भेडेटार, भौगोलिक हिसाबले पनि पूर्वी तराइका बजारसँग नजिक छ। सहज ...

भेडेटार खाना महोत्सव सम्पन्न, एक करोडभन्दा बढीको कारोबार

धनकुटा : प्रदेश १ को चर्चित पर्यटकीय स्थल भेडेटारमा अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित सातौं खाना महोत्सव बुधबार समापन भएको छ। तीन दिने महोत्सवमा एक करोड रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजक समितिका संयोजक तथा होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए। महोत्सवमा ३० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्य...

भेडेटारमा निर्माणाधीन भ्युटावर अलपत्र

धनकुटा : प्रदेश १ को पर्यटकीय स्थल धनकुटाको भेडेटारमा रहेको पुनर्निर्माण भइरहेको भ्युटावर अलपत्र बनेको छ। यहाँ रहेको भ्युटावर भूकम्पले जीर्ण बनेपछि पुनर्निर्माण थालिए पनि काम निरन्तर नहुँदा अलपत्र बनेको हो। दुई वर्षअघि  निर्माण सुरु भएको भ्युटावर चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको भेडेटारका होटल व्यवसायी तथा निर्...