एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल चयन, यी नेताले पनि गरेका थिए दाबी

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को महासचिवमा बेदुराम भुसाल चयन भएका छन्। बुद्धनगरमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले महासचिवमा भुसाललाई चयन गरेको हो। मंगलवार सुरु भएको केन्द्रीय कमिटीको बैठकमा भुसालसँगै नेताहरु गंगालल तुलाधर, विजय पौडेल, मुकुन्द न्यौपाने, प्रकाश ज्वाला लगायतले पनि महासचिवका लागि दाबी गरेका थिए। तर भुसालको नाममा सहमति जुटेको पार्टीका…

सम्बन्धित सामग्री

बेदुराम भुसाल एकीकृत समाजवादीको महासचिव बन्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसाल बन्ने भएका छन् । भुसाललाई महासचिव बनाउने प्रस्ताव आजको केन्द्रीय कमिटीमा लैजाने एक नेताले बताए । उनका अनुसार आजको केन्द्रीय कमिटी बैठकले भुसाललाई महासचिवमा चयन गर्नेछ । पार्टी गठन भएपछि भुसाललाई दैनिक कार्य सञ्चालन गर्नेगरी महासचिव सरहको जिम्मेवारी दिइएको थियो ।  एकीकृत समाजवादीको...

एकीकृत समाजवादीको महासचिवमा डा. बेदुराम भुसाल

माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) को महासचिव डा.बेदुराम भुसाल बन्ने निश्चित भएको छ । बिहीबार बिहान बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको हो ।‘सचिवालय बैठकले महासचिवमा डा. भुसाललाई चयन गर्ने सहमति जुटेको छ, अव बस्ने केन्द्रीय कमिटी बैठकमा सचिवालयको सहमति प्रस्ताव पेस गरेर महासचिव घोषणा गरिन्छ ’ एक नेताले रातोपाटीसँग भने । महासचिवमा डा. भुसालसँगै नेताहरु मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, विजय पौडेल लगायतले आकांक्षा राखेका थिए ।

माधव नेपालको पार्टीमा ६० सदस्यीय केन्द्रीय कमिटी, नामका लागि पाँच विकल्पमा छलफल

माधव नेपालले बनाउन लागेको नयाँ पार्टीमा ६० सदस्यीय केन्द्रीय कमिटी बन्ने भएको छ ।  तत्कालका लागि सानो आकारको केन्द्रीय कमिटी बनाएर पार्टी दर्ता गर्ने तयारी माधव नेपाल समूहले गरेको छ ।  त्यसमध्ये केन्द्रीय समितिमा ३० प्रतिशत महिला सहभागिता हुने गरी नयाँ राजनीतिक दल दर्ता गर्ने गरी कागजपत्र तयार गरिएको माधव नेपाल निकट एक नेताले जानकारी  दिए । नयाँ पार्टी दर्ताको लागि केन्द्रीय सदस्यको हस्ताक्षर, नागरिकता, विधान, नियमावलीलगायतको कागजपत्र बेदुराम भुसाल नेतृत्वको टिमले तयार पारेको नेताहरूले बताएका छन् ...