तिब्बती बालबालिकालाई मातृभाषाको कक्षा लिन रोक

काठमाडौँ । चीनको छिङहाइ प्रान्तका अधिकारीहरूले तिब्बती बालबालिकालाई आफ्नो मातृभाषाको कक्षा लिन रोक लगाएका छन् । चीनले तिब्बती बालबालिकाहरुलाई विद्यालयमा चिनियाँ भाषामा पठनपाठन गराइरहेका छन् । विद्यालय बिदा भएका बेला समेत आफ्नो मातृभाषा सिक्न छिङहाइ प्रान्तका अधिकारीहरूले तिब्बती बालबालिकाहरुलाई रोक लगाएका हुन् । विद्यालयमा आफ्नो मातृभाषा पढ्न नपाएपछि तिब्बती बालबालिकाहरुले बिदाको समयमा तिब्बती भाषा पढ्दै […]

सम्बन्धित सामग्री

चीन तिब्बती सँस्कृति जरैदेखि निमिट्यान्न पार्न उद्दत : तिब्बती नेता छिरिङ

वाशिंटन डीसी- तिब्बतको निर्वासित सरकारका नेता सिक्योङ पेन्पा छिरिङले तिब्बती सँस्कृति जरैदेखि निमिट्यान्न पार्न चीन उद्दत रहेको टिप्पणी गरेका छन् । अमेरिकाको वाशिंटनमा रहेको नेशनल प्रेस क्लबले जनाएअनुसार सिक्योङ छिरिङले चीनले तिब्बती सँस्कृतिको जरामै प्रहार गरिरहेको टिप्पणी गरेका हुन् । अभिनेता रिचर्ड गिरसमेत सहभागी रहेको एक कार्यक्रममा सिक्योङ छिरिङले भने, ‘चीनले तिब्बतमा कठोर शासन गर्दै […]

तिब्बती समुदायले मनाए दलाई लामाकाे जन्मदिन (तस्बिरसहित)

काठमाडौँ- तिब्बती समुदायले दलाई लामाको ८८ औँ जन्मदिन मनाएका छन्। स्वयम्भुको नमुगिल स्कुलमा उनीहरूले बिहीबार तिब्बती परम्परामा नेता लामाकाे जन्मदिन मनाएका हुन्। परम्परागत पाेशाकमा सजिएका तिब्बती समुदायले नाचगानसमेत गरेका थिए। जन्मदिनकाे अवसरमा लामा, भिक्षु, शिक्षक, विद्यार्थी, समाजसेवीलगायतका विभिन्न व्यक्तित्वहरूकाे उपस्थिति रहेकाे थियाे। दलाई लामा सन् १९३५ को जुलाई ६ मा जन्मिएका थिए। उनी २३ वर्षको […]

बेइजिङमा ६२ तिब्बती बौद्ध विद्वानहरूलाई विशेष ‘थो रामप’ उपाधि

एजेन्सी । ६२ जना तिब्बती बौद्धधर्मालम्बीहरूले मङ्गलबार बेइजिङस्थित चीनको उच्चस्तरीय तिब्बती बौद्ध धर्म कलेजमा तिब्बती बौद्ध धर्मको प्रतिष्ठित शैक्षिक उपाधि ‘थो राम पा’ प्राप्त गरेका छन्। ती विद्वानहरू तिब्बती बौद्ध धर्मका विभिन्न सम्प्रदायहरूमा आबद्ध छन्। ती सम्प्रदायमा गेलुग, निंग्मा र शाक्य प्रमुख छन्। तीन वर्षको अध्ययन-अनुसन्धान पश्चात विद्यावारिधि उपाधि प्रदान गरिएको हो। हालसम्म जम्मा ३ […]

तिब्बती शरणार्थीलाई ५ लाखमा नेपाली नागरिकता

तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिन गिरोह नै सक्रिय रहेको खुलेको छ । यसमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंका कर्मचारीको समेत मिलेमतो रहेको प्रहरी आशंका छ ।

तिब्बती शरणार्थीसम्बन्धी विषयमा गैरसंवेदनशीलता

तिब्बती शरणार्थीका विषयमा राजनीतिक दलका शीर्ष नेताहरूले सरकारमा हुँदा एउटा र सरकार बाहिर हुँदा अर्काे नीति अबलम्बन गर्ने गरेको भन्दै जानकारहरू यसलाई उनीहरूको अस्थिर र द्वेध चरित्र भन्छन्।...

अमेरिकी मन्त्री तिब्बती शरणार्थी शिविरमा, चीन असन्तुष्ट

काठमाडौं, जेठ ८ । अमेरिकाको प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जियाले जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गरेकी छन् । जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गर्न पुगेकी उपमन्त्री जियाले तिब्बती शरणार्थीहरूको जनजीवन र उनीहरूको धारणा बुझेकी छन् । परराष्ट्र मन्त्रालयले भने जियाले तिब्बती शरणार्थी शिविर भ्रमण गर्ने सम्बन्धमा जानकारी […]

अमेरिकी मन्त्री  तिब्बती शरणार्थी शिविरमा, चीन असन्तुष्ट

अमेरिकाको प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जियाले जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गरेकी छन् । जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गर्न पुगेकी उपमन्त्री जियाले तिब्बती शरणार्थीहरूको जनजीवन र उनीहरूको धारणा बुझेकी छन् ।परराष्ट्र मन्त्रालयले भने जियाले तिब्बती  शरणार्थी शिविर भ्रमण गर्ने सम्बन्धमा जानकारी नभएको बताएको थियो। उनले नेपाल सरकारलाई जानकारी नदिई तिब्बती शरणार्थी शिविरको अवलोकन गरेकी हुन् ।   ने

तिब्बती आन्दोलन दिवसमा ताइवानमा विशाल प्रदर्शन गरिने

काठमाडौं– तिब्बती तथा अन्य अधिकार समूहहरुले चीनविरुद्ध प्रदर्शन गर्ने भएका छन् । ताइवानको राजधानी ताइपेईस्थित संसद्भवन अगाडि पत्रकार सम्मेलन गर्दै चिनियाँ अत्याचारविरुद्ध आगामी मार्च १० मा प्रदर्शन गर्ने जानकारी दिइएको हो । तिब्बती आन्दोलन दिवसको मौका पारेर प्रदर्शन गर्न लागिएको हो । पत्रकार सम्मेलनमा तिब्बती धर्मगुरु दलाई लामाको कार्यालयका प्रतिनिधि केल्साङ ग्यात्सेन बावा र ताइवानको […]

दुङाल उपन्यास : तिब्बती शरणार्थीको कथा

दुङाल तिब्बती भाषाबाट भित्र्याइएको शब्द भएकाले नेपाली शब्दकोशमा यो शब्द पाइँदैन । तिब्बती भाषामा दुङालको अर्थ हुन्छ– दुःख, पीडा । यो पुस्तकमा तिनै तिब्बतीहरुको व्यथा छ, जो दशकौंदेखि नेपाली भूमिमा शरणार्थीका रूपमा बसोबास गरिरहेका छन् । उनीहरुकै दुःखको भाषा यस पुस्तकले बोलेकाले पुस्तकको नाम दुङाल जुराइएको होे ।यो उपन्यासमा समग्रमा तिब्बती शरणार्थीको भोगाइ छ । मानवीय संवेदना छ । पलायनको पीडा, अनिश्चित भविष्यका बीच मौलाउन खोजेको प्रेमका कथाहरु छन् । उनीहरूको आगमनपछि नेपाल मात्र नभएर विश्वमा फै