काँग्रेस केन्द्रीय समितिमा सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व गराउन माग

काठमाडौँ । नेपाल सांस्कृतिक सङ्घले नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिमा सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व गर्न माग गरेको छ । सङ्घका प्रवक्ता महेश प्रसाइँले आज एक विज्ञप्ति जारी गर्दै समावेशी र समानुपातिक सिद्धान्तको प्रमुख सूत्रधारका रुपमा रहेको कांग्रेसले समावेशी र समानुपातिक सिद्धान्तलाई प्रतिविम्बन गराएबमोजिम सांस्कृतिक क्षेत्रलाई पनि यथोचित रुपमा प्रतिनिधित्व गराउन माग गरेका छन् । सङ्घले समावेशी र […]

सम्बन्धित सामग्री

सन्दर्भ मूल्यांकन हटाउन माग

काठमाडौं । आयातकर्ता व्यवसायीको संगठन नेपाल समुद्रपार निकासी पैठारी संघले सन्दर्भ मूल्यांकनको परिपाटी खारेज गर्न माग गरेको छ । संघले अन्तरराष्ट्रिय भन्सार दिवसको सन्दर्भ पारेर आयोजना गरेको कार्यक्रममा सन्दर्भ मूल्यांकनको अभ्यास हटाउनुपर्ने, बिलमूल्यलाई मान्यता दिनुपर्नेलगायत माग अघि सारेको हो । कार्यक्रममा संघका अध्यक्ष विनोदकुमार सेठियाले भन्सार क्षेत्रमा विगतको तुलनामा निकै सुधार आए पनि गर्न बाँकी काम अझै धेरै रहेको बताए । भन्सार नेतृत्व छिटोछिटो परिवर्तन नगर्न आग्रह गरेका उनले नीतिगत स्थिरताको आवश्यकता पनि औंल्याएको संघको विज्ञप्तिमा उल्लेख छ । भन्सार कार्यालयहरूले एलसीबाट भुक्तानी हुने गरी आयात भएको, उत्पादकबाटै सिपमेन्ट भएको र भन्सारको मार्गदर्शनअनुसार नै आयात भएको वस्तुको हकमा पनि बिल मूल्यलाई मान्यता नदिने गरेको संघको गुनासो छ । सन्दर्भ मूल्यांकनले विदेशी मुद्राको अपचलनदेखि अधिक र न्यून बीजकीकरणजस्ता विकृतिलाई बढावा दिइरहेको संघको भनाइ छ । पुन: मूल्यांकनका लागि आवेदन गरेका हजारौं फाइल लामो समयदेखि अनिर्णीत रहेकोमा ध्यानाकर्षण गराउँदै सेठियाले वस्तु वर्गीकरणको हार्मोनिक सिस्टम कोड ८ अंकबाट बढाएर १० गर्नुपर्ने र बढी महशुल असुल्ने उद्देश्यले वर्गीकरण परिवर्तन गर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताए । उच्च भन्सार दरले अनधिकृत व्यापार बढाउने भन्दै सेठियाले भन्सार दरलाई वैज्ञानिक बनाउनुपर्नेमा जोड दिएका छन् । न्यून बीजकीकरण न्यूनीकरण र स्वदेशी उद्योग संरक्षणका लागि आयात हुने वस्तुको एकाइमा भन्सार लगाउनुपर्ने सुझाव दिँदै भन्सार महशुलका सन्दर्भमा पूर्वादेश दिने व्यवस्थामा रहेको समस्या हटाउन पनि संघले माग गरेको छ । भन्सार पुन: मूल्यांकन समितिमा निजीक्षेत्रको प्रतिनिधित्व गराउन र चोभार सुक्खा बन्दरगाहमा व्यवसायी आकर्षित हुने वातावरण बनाउन पनि संघले माग गरेको छ । त्यसैगरी भन्सार कार्यालयमा विद्युतीय माध्यमबाट भुक्तानी गर्न पाउने समयसीमा व्यावहारिक बनाउन, सबै प्रमुख भन्सार कार्यालयमा अन्तरराष्ट्रि«य मान्यताप्राप्त प्रयोगशाला स्थापना गर्न र भन्सारको बेरुजु भन्दै वर्षौंपछि व्यवसायीलाई पत्र पठाउने चलनको अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ । कार्यक्रममा विश्व भन्सार संगठनका सल्लाहकार श्याम दाहालले भन्सार क्षेत्रको अवस्था र गर्नुपर्ने सुधारका विषयमा प्रस्तुति दिएको संघको विज्ञप्तिमा उल्लेख छ । अन्तरक्रियामा उठेका प्रश्नको जवाफ अर्थसचिव तोयम राया, राजस्व सचिव रामप्रसाद घिमिरे र भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले दिएका थिए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवाल र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पनि भन्सार क्षेत्रमा गर्नुपर्ने सुधारबारे धारणा राखेको संघका महासचिव अनिलकुमार अग्रवालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेस केन्द्रीय समितिमा सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व गराउन माग

नेपाल सांस्कृतिक सङ्घले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व गर्न माग गरेको छ। सङ्घका प्रवक्ता महेश प्रसाइँले सोमबार एक विज्ञप्ति जारी गर्दै समावेशी र समानुपातिक सिद्धान्तको प्रमुख सूत्रधारका रुपमा...

कांग्रेस केन्द्रीय समितिमा सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व गराउन माग

काठमाडौँ, १९ पुस। नेपाल सांस्कृतिक सङ्घले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व गर्न माग गरेको छ । सङ्घका प्रवक्ता महेश प्रसाइँले आज एक विज्ञप्ति जारी गर्दै समावेशी र समानुपातिक सिद्धान्तको प्रमुख सूत्रधारका रुपमा रहेको कांग्रेसले समावेशी र समानुपातिक सिद्धान्तलाई प्रतिविम्बन गराएबमोजिम सांस्कृतिक क्षेत्रलाई पनि यथोचित् रुपमा प्रतिनिधित्व गराउन माग गरेका छन् । सङ्घले समावेशी […]

संसदीय समितिमा एमाले नाममै प्रतिनिधित्व गराउन माग

२६ चैत, काठमाडौं । नेकपा एमालेले संसदीय समितिहरुमा दलीय आधारमा सांसदहरुको प्रतिनिधित्व हेरफेर गर्न माग गरेको छ । सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताएपछि संसदीय समितिमा पनि यी दलको अलग अलग …