काबुल विमानस्थल विस्फोटमा मारिनेमा अमेरिकी नागरिक पनि

अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार भएको विस्फोटमा अमेरिकी नागरिकले ज्यान गुमाएका छन् । पेन्टागनका प्रवक्ता जोन किर्बीले घटनामा अमेरिकी नागरिकले ज्यान गुमाएको पुष्टि गरेका हुन् ।ट्वीटरमा यसबारे जानकारी दिँदै उनले लेखेका छन्, ‘एबी गेटमा भएको विस्फोट एक जटिल हमलाको नतिजा हो । जसमा कयौँ अमेरिकी र सर्वसाधारणले ज्यान गुमाएका छन् । एबी गेटभन्दा केही पर रहेको बैरन होटल वा त्यस निकट अर्को विस्फोट भएको पनि पुष्टि भएको छ ।’We can confirm that the explosion at t

सम्बन्धित सामग्री

काबुल विमानस्थल व्यवस्थापन गर्न कतार र टर्कीलाई तालिवानको अनुरोध

अमेरिकाले अफगानिस्तानमा २० वर्षदेखि जारी युद्ध औपचारिक रुपमा अन्त्य भएको घोषणा गरेसँगै तालिबानले कतार र टर्कीसँग काबुल बिमानस्थलको ब्यबस्थापनबारे वार्ता गरिरहेको छ। फ्रान्सेली विदेशमन्त्री जीन–यवेस ले ड्रियनले मंगलबार भनेका छन्, ‘वार्ताको उद्देश्य चाँडो भन्दा चाँडो बिमानस्थल सुरक्षित राख्नु हो। ताकि अफगानिस्तान छोड्न चाहनेहरुले व्यवसायिक उडानहरु प्रयोग गर्न सकून्।’ अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले अमेरिकी नागरिक […]

काबुल विमानस्थलमा विस्फोट हुँदा अमेरिकी नागरिकसहित ६० जनाको ज्यान गयो

काठमाण्डाै - अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर भएको बम विस्फोटमा ६० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा अमेरिकी नागरिकसमेत रहेका छन्। १३ जना अमेरिकासँग सम्बन्धी सेवाका सदस्यको विस्फोटमा परेर ज्यान गएको अमेरिकाले पुष्टि गरेको बीबीसीले जनाएको छ । विस्फोटमा परेर कयौँ अमेरिकी नागरिक घाइते भएका छन् । बेलायतले भने अहिलेसम्म आफ्ना नागरिक र सेना सुरक्षित रहेको जनाएको छ । काबुल विमानस्थलमा हजारौँ उद्धारका लागि पर्खिरहेका बेलामा बम विस्फोट भएको हो। जिहादी समूहले आफूले विस्फोट गराएको दाबी गरेको छ । यसअघि क...

अफगानिस्तानमा आईएसबाट आक्रमण हुनसक्ने भन्दै सतर्क रहन अमेरिकाको चेतावनी

काठमाण्डौ – अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरुलाई इस्लामिक स्टेट आईएसबाट आक्रमण हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । अमेरिकाले अफगानिस्तानमा रहेको आईएसको शाखाबाट काबुल विमानस्थलमा रहेका आफ्ना नागरिकमाथि आक्रमण हुनसक्ने भन्दै सचेत गराएको हो । यस्तै, अमेरिकी सरकारको प्रतिनिधित्व गर्ने व्यक्ति तथा संस्थालाई पनि सचेत गराइएको छ । काबुल विमानस्थलबाट अहिलेसम्म १७ हजार मानिसलाई बाहिर निकालेको र यसमध्ये २५ सय जना अमेरिकी नागरिक रहेका बीबीसीले जनाएको छ । काबुल विमानस्थल अहिले अमेरिकी सेनाको नियन्त्रणमा रहेक...