विश्व अर्थतन्त्रप्रति आईएमएफ थप आशावादी, बढायो आर्थिक वृद्धिको प्रक्षेपण

काठमाडौं । विश्व अर्थतन्त्रबारे बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) आशावादी देखिएको छ । केन्द्रीय बैंकहरूले धमाधम ब्याजदर बढाइरहेकोले महँगी केही भएपनि नियन्त्रणमा आउने आशा र चीनको कोभिडविरुद्धको कठोर नीति अन्त्य भएको तर्फ औंल्याउँदै कोषले विश्वव्यापी आर्थिक वृद्धिको प्रक्षेपणमा थोरै वृद्धि गरेको छ । युक्रेनी युद्ध जारी रहेको र अर्थतन्त्र मन्दीमा जाने नजिक रहेको भन्दै अर्को बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले यो महीनाको शुरूमा वृद्धि प्रक्षेपण घटाएको थियो ।  तर, कोषको धारणा विल्कुल फरक छ । कोषका अनुसार यो वर्ष विश्व अर्थतन्त्र २ दशमलव ९ प्रतिशतले बढ्नेछ । यस अघि अक्टोबरमा गरिएको अनुमानमा यो दर २ दशमलव ७ प्रतिशत रहने बताइएको थियो । गएको वर्षको अनुमानित वृद्धिदरको तुलनामा चाँहि यो कम हो । २०२२ मा विश्व अर्थतन्त्र ३ दशमलव ४ प्रतिशतले बढेको अनुमान गरिएको छ ।  अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ र अन्य केन्द्रीय बैंकहरूले धमाधम ब्याजदर बढाइरहेकोले महँगी अलि सुस्ताउने कोषको अनुमान छ । ब्याजदर वृद्धिले उपभोक्ता माग सुस्ताउने अनि वस्तुको भाउ पनि घट्ने अनुमान गरिएको छ । गएको वर्ष ८ दशमलव ८ प्रतिशत रहेको विश्वको मुद्रास्फीति यो वर्ष ६ दशलमव ६ प्रतिशतमा आउने कोषले बताएको छ । सन् २०२४ मा यो थप घटेर ४ दशमलव ३ प्रतिशतमा आउनेछ । चीनले गएको वर्षको अन्त्यतिर एक्कासी कोभिड विरुद्धको शून्य सहनशिलताको नीति खारेज गर्नु नै विश्वको आर्थिक वृद्धिदर बढ्ने मुख्य कारक हुने कोषको भनाई छ । चीनले हालै अर्थतन्त्र खुलाएकोले अपेक्षाकृत उच्च वृद्धिको बाटो खुलेको कोषको भनाई छ । यो वर्ष चीनको अर्थतन्त्र ५ दशमलव २ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यसअघिको प्रक्षेपणमा यो दर ४ दशमलव ४ प्रतिशत रहने बताइएको थियो । २०२२ मा चिनियााँ अर्थतन्त्र ३ प्रतिशतले मात्रै बढेको थियो । जुन ४ दशकयताकै सुस्त थियो । यो वर्ष अमेरिकाको अर्थतन्त्र थप उज्जवल रहेको कोषको भनाइ छ । यूरो अर्थतन्त्रको अवस्था पनि सुधारिने बताइएको छ । युक्रेनी युद्धका कारण इन्धनको अभाव र महँगी बढेकोले यूरो अर्थतन्त्र मारमा परेका थिए । यी दुबै अर्थतन्त्र युक्रेनी युद्धको अपसरबाट अपेक्षाकृत चाँडै नै उब्रिएको बताइएको छ । हिउँमा यस अघि अनुमान गरिएको भन्दा चिसो कम भएपछि प्राकृतिक ग्यासको माग घटाएको छ । रुसी अर्थतन्त्र जब्बर देखिएको छ । पश्चिमी देशहरूले लगाएको प्रतिबन्धको असर अर्थतन्त्रमा अपेक्षा गरिएजस्तो परेको छैन । २०२२ मा २ दशमलव २ प्रतिशतले खुम्चिएको अर्थतन्त्र यो वर्ष शून्य दशमलव ३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । अक्टोबरमा गरिएको प्रक्षेपणमा यो दर २ दशमलव ३ प्रतिशत हुने बताइएको थियो ।  यस अघिको प्रक्षेपणको तुलनामा बेलायती अर्थतन्त्र पनि अपवादमा परेको छ । अक्टोबरमा शून्य दशमलव ६ प्रतिशत भनिएको संकुचन अहिले सुध्रिएर शून्य दशमलव ३ प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरिएको छ । भारतीय अर्थतन्त्रप्रति भने कोष बुलिश रहेको छ । यो वर्ष भारतीय अर्थतन्त्र ६ दशमलव १  प्रतिशतले बढ्ने कोषको अनुमान छ । यो २०२२ को भन्दा चाँहि कम हो । गएको वर्ष भारतीय अर्थतन्त्र ६ दशमलव ८ प्रतिशतले बढेको थियो । २०२४ मा भने बाह्य अवरोधहरू कायमै रहेको भएपनि घरेलु मागमा आएको सुधारका कारण आर्थिक वृद्धिदर पुनः ६ दशमलव ८ प्रतिशतमै फर्किने बताइएको छ ।  युक्रेनी युद्धको असर, चीनमा बल्झिएको कोभिडको संक्रमण र विश्वभर बढेको ब्याजदर आदिका कारा कर्जामा चुर्लुम्म डुबेका देशहरूमा वित्तीय संकट आउन सक्ने भन्दै यो वर्ष विश्व अर्थतन्त्रले सामाना गर्न सक्ने गम्भीर जोखिमहरूबारे पनि कोषले औंल्याएको छ । २०२० को शुरुमा कोभिड विश्वव्यापी बनेसँगै विश्वको आर्थिक परिदृश्य धूमिल बनिरहेको छ । कोभिडबाट व्यवसाय र घरपरिवारलाई राहत दिने सरकारहरूले ल्याएको आर्थिक प्रोत्साहनको प्याकेजका कारण माग बढेर, महँगी पनि बढ्यो । रुसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वभर खाद्यान्न र ऊर्जा थप महँगो बन्यो । तीन हप्ता अघि आईएमएफको भगिनी संस्था विश्व बैंकले यो वर्षको विश्वव्यापी वृद्धि प्रक्षेपण झन्डै आधा घटाएर १ दशमलव ७ प्रतिशतमा झारेको थियो । अर्थतन्त्र पनि मन्दीमा जाने अति नै नजिक रहेको बताएको थियो । एजेन्सीहरूको सहयोगमा

सम्बन्धित सामग्री

प्रतिस्पर्धीहरूलाई उछिन्दै उन्नयनको बाटोमा भारतीय अर्थतन्त्र

कोरोना महामारीका कारण थलिएको विश्व अर्थतन्त्र महामारीका अन्त्यसँगै उठ्ने प्रयासमा लागेका बेला भारतीय अर्थतन्त्रमा देखिएका आशाका किरण र भविष्यमा भारतले उज्ज्वल स्थान ओगट्नसक्ने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गरेपछि भारतका निर्णयकर्ताहरूले सावधानीपूर्वक देशको अर्थव्यवस्थालाई चलायमान बनाउने प्रण गरे।प्रधानमन्त्री नरेन्द्र मोदीको साथ र सहयोगले उनीहरूलाई उत्साहित बनायो। उनीहरूले सतर्कतापूर्वक वित्तीय एवम् आर्थिक योजना तर्जुमा गर्दै तिनलाई तत्काल कार्यान्वयनको चरणमा पुर्‍याए। अहि

भारतको अर्थतन्त्र विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि हुने आईएमएफको प्रक्षेपण

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारतको अर्थतन्त्र विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि हुने प्रक्षेपण गरेको छ । आईएमएफको प्रमुख प्रकाशन 'विश्व आर्थिक परिदृश्य' मा वित्तीय क्षेत्रको उथलपुथल, उच्च मूल्यवृद्धि, रुस–युक्रेन युद्ध तथा तीन वर्ष लामो कोरोना महामारीका बाबजुद भारत विश्वको सबैभन्दा द्रुत वृद्धि हासिल गर्ने अर्थव्यवस्था हुने प्रक्षेपण गरिएको हो । आईएमएफले जारी गरेको विश्व आर्थिक परिदृश्यमा यसअघि गरिएको सन् २०२३/२४ मा भारतको आर्थिक वृद्धिको ६ दशमलव १ प्रतिशतको प्रक्षेपणलाई सच्च्याउँदै ५ दशमलव ९ प्रति...

राजस्वजति कर्मचारी पाल्न ठिक्क छ, यसलाई सन्तुलनमा ल्याउनैपर्छ

नेपालमा अर्थतन्त्रको विश्वव्यापी खबर पाउने स्रोत विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लगायतले प्रकाशित गर्ने प्रतिवेदनहरु हुन् । एक साताअघि मात्र विश्व बैंकले विश्वको अर्थतन्त्रबारे प्रक्षेपण प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार विश्व अर्थतन्त्र अपेक्षा गरेभन्दा कम हुने देखिएको छ । सन् २००८ को ग्लोबल फाइनान्सियल क्राइसिसपछि विश्व अर्थतन्त्र अर्को पटक घट्न लागेको हो […]

सन् २०२३ : मन्दीको डर, युद्धको खतरा

काठमाडौँ : यो वर्ष धेरै घटनाले विश्वको ध्यान तान्यो। खासगरी युरोपमा खडेरी, उक्रेनमा भएको युद्ध र जङ्गलमा लागेको डढेलोले विश्वलाई असर गरेको थियो।सन् २०२३ मा विश्व आर्थिक मन्दीको चपेटामा पर्ने बताइएको छ। अमेरिका, युरोप, जापान र चीनको अर्थतन्त्र ओरालो लागेको छ। यो अझै खस्कनेछ। अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) प्रमुख क्रिस्टालिना जर्जिएभाले विश्व अर्थतन्त्र अनिश्चिततातर्फ गइरहेको चेतावनी दिएकी छन्।विश्वबैंकले सन् २०२२-२३ का लागि विभिन्न देशको आर्थिक वृद्धिदर घटाएर प्रक्षेपण गरेको छ। विश्व

यसवर्ष आर्थिक वृद्धिदर ५.८ र मूल्य वृद्धि ६.३ प्रतिशत : विश्व बैंक

विश्व बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव आठ प्रतिशत रहने आकलन गरेको छ । ‘नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२२’ प्रतिवेदन सोमबार सार्वजनिक गर्दै विश्व बैंकले यसवर्ष स्थिर बजार मूल्यका आधारमा नेपालको कूल गार्हस्थ्य उत्पादन ९जिडिपी० मा पाँच दशमलव आठ प्रतिशतले बढ्ने आकलन गरेको हो । सन् २०२३ मा पाँच दशमलव एक र सन् २०२४ मा चार दशमलव नौ प्रतिशतले जिडिपी बृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ । यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले अघिल्लो साता ‘वल्र्ड इकनोम

२०२२ मा नेपालकाे आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत : विश्व बैंक

काठमाण्डाै – विश्व बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव आठ प्रतिशत रहने आँकलन गरेको छ । 'नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२२' प्रतिवेदन आज साेमवार सार्वजनिक गर्दै विश्व बैंकले यस वर्ष स्थिर बजार मूल्यका आधारमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पाँच दशमलव आठ प्रतिशतले बढ्ने आँकलन गरेको हो । सन् २०२३ मा पाँच दशमलव एक र सन् २०२४ मा चार दशमलव नौ प्रतिशतले जीडीपी वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ । यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अघिल्लो हप्ता 'वर्ल्ड इकनोमिक आउटलुक : का...

नेपालको आर्थिक वृद्धिदर गएकाे वर्षकै हाराहारीमा रहने प्रक्षेपण

काठमाण्डाै - अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको आर्थिक वृद्धिदर गएको वर्ष जस्तै रहने प्रक्षेपण गरेको छ । आईएमएफको वर्ल्डकाे इकोनोमिक आउट लुक प्रतिवेदनको जुलाई संस्करणमा नेपालले सन् २०२२ मा ४ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने उल्लेख छ । सन् २०२१ को तुलनामा यो वृद्धिदर स्थिर हो।  तर गएको अप्रिलमा  आईएमएफले  नेपालको  वृद्धिदर  ४ दशमलव १  प्रतिशत  रहने  प्रक्षेपण गरेको थियो । समग्र विश्व अर्थतन्त्र नै उत्पादन सङ्कुचन, उच्च मुद्रास्फीति र वित्तीय अस्थिरताको जोखिमतर्...

नेपालको आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण

विश्व अर्थतन्त्र नै जोखिम उन्मुख रहेको प्रतिवेदन सार्वजनिक गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको आर्थिक वृद्धिदरमा भने सुधार हुने प्रक्षेपण सार्वजनिक गरेको छ । आईएमएफको वर्ल्ड इकोनोमिक आउटलुक प्रतिवेदनको जुलाई संस्करणमा नेपालले सन् २०२२ मा ४.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने उल्लेख छ ।सन् २०२१ को तुलनामा यो वृद्धिदर स्थिर भए पनि आईएमएफकै अप्रिल संस्करणको सोही नामको प्रतिवेदनको  तुलनामा  झिनो  सुधार  हो  ।  अप्रिलमा  आईएमएफले  नेपाल

विश्व अर्थतन्त्र थप खस्कने प्रक्षेपण

सन् २०२२ को तुलनामा २०२३ मा विश्व अर्थतन्त्र झन् खराब अवस्थामा पुग्ने प्रक्षेपण सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले मंगलबार ‘वर्ल्ड इकोनोमिक आउटलुक’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व अर्थतन्त्र आउँदो वर्ष थप संकटबाट गुज्रने देखाएको हो । कोभिड महामारीयता निरन्तर ओरालो रहेको विश्व अर्थतन्त्र युक्रेनमाथि रुसको आक्रमण र त्यसले निम्ताएका संकटहरूबाट थप ग्रसित छ ।