उद्योग संघ मकवानपुरले हेटौंडा अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना गर्ने

उद्योग संघ मकवानपुरको सहयोगमा हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको हुने भएको छ । मंगलबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पताल र उद्योग संघ मकवानपुरबीच अस्पतालमा अक्सिजन प्लान्ट निमार्णको सम्झौता भएको हो । सामजिक विकास मन्त्रालयको उपस्थितिमा आगामी ३० दिन भित्र निर्माण सम्पन्न गर्ने गरी प्लान्ट स्थापनाका लागि सम्झौता गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले जानकारी दिए । उनका अनुसार, कुल १ करोड २८ लाख लागतमा दैनिक १ सय १०

सम्बन्धित सामग्री

हेटौंडा अस्पतालमा अक्सिजन उत्पादन शुरू

हेटौंडा । कोरोना संक्रमित बिरामीलाई अस्पतालमा अक्सिजनको अभाव हुन नदिन हेटौंडा अस्पतालले अक्सिजन उत्पादन शुरू गरेको छ । सो अस्पतालले अहिले दैनिक २५० सिलिण्डर (ठूलो) उत्पादन गर्ने क्षमताको प्लान्ट निर्माण गरेको सो अस्पतालले बताएको छ । अमेरिकी सरकारको सहयोगमा संघीय स्वास्थ्य मन्त्रालयले तीन करोडको लागतमा दैनिक १२५ सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरेपछि प्लान्टबाट उत्पादन शुरू भएको सो अस्पतालका अध्यक्ष राजेश प्रसाईंले जानकारी दिए ।      उद्योग संघ मकवानपुरले ११० अक्सिजन सिलिण्डर र हेटौंडा उपमहानगरपालिकाले दैनिक १५ सिलिण्डर (ठूलो) अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरिदिएको अध्यक्ष प्रसाईंले बताए । अब कोरोनाका बिरामीलाई अक्सिजनको अभाव नहुने र हेटौंडा बाहिर अक्सिजनका लागि बिरामीलाई रेफर गर्नुपर्ने अवस्था नआउने उनको भनाइ छ । अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न धेरै मेहनत गर्नुपरेको भन्दै उक्त अस्पतालमा भन्टिलेटरसहित २० शøया तयारीको अवस्थामा रहेको बताइएको छ । हाल अस्पतालमा ९ कोरोनाका बिरामी उपचारत रहेको अस्पतालका सुपरिटेण्डेण्ट डा. रामचन्द्र सापकोटाले बताए । मकवानपुर जिल्लामा हाल कोरोना संक्रमितको संख्या क्रमिक घट्दै गएको अस्पतालले बताएको छ । रासस

हेटौंडा अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

उद्योग संघ मकवानपुरको सक्रियतामा स्थापना गरिएको अक्सिजन प्लान्ट आइतबार एक समारोहबीच हेटौंडा अस्पताललाई हस्तान्तरण गरिएको छ । हेटौंडा अस्पतालको परिसरमा स्थापना गरिएको प्लान्टको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उदघाटन गरेका थिए ।

हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरिने

काठमाडौं। उद्योग संघ हेटौंडाले हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ। आज अस्पताल र संघबीच भएको सम्झौताअनुसार अबको डेढ महिनाभित्र प्लान्ट निर्माण गरिने भएको हो। प्लान्ट बनाउन लाग्ने एक करोड ३० लाख रुपैयाँ संघमा आबद्ध व्यवसायीले उपलब्ध गराउनेछन्। यही १६ गतेभित्र प्लान्ट बनाउन ठेकेदारसँग सम्झौता हुनेछ।

उद्योग संघले हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने

मकवानपुर : हेटौंडा र उद्योग संघ मकवानपुरले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौंडा अस्पतालमा अक्सिजन जेनेरेटर प्लान्ट स्थापना गर्ने भएको छ।अक्सिजन अभावमा अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको उपचारमा समस्या हुन थालेपछि संघले अक्सिजन जेनेरेटर प्लान्ट स्थापना गर्न लागेको हो। मकवानपुरमा अक्सिजन उत्पादन गर्ने प्लान्ट नहुँदा अन्य जिल्लाको भरमा बस्नु परेको भन्दै संघले अस्पतालमा नै प्लान्ट स्थापना गर्न लागेको संघका अध्यक्ष लेखराज पोखरेलले बताए।पोखरेलले एक महिनाभित्र अस्पतालमा