उद्योग संघले हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने

मकवानपुर : हेटौंडा र उद्योग संघ मकवानपुरले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौंडा अस्पतालमा अक्सिजन जेनेरेटर प्लान्ट स्थापना गर्ने भएको छ।अक्सिजन अभावमा अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको उपचारमा समस्या हुन थालेपछि संघले अक्सिजन जेनेरेटर प्लान्ट स्थापना गर्न लागेको हो। मकवानपुरमा अक्सिजन उत्पादन गर्ने प्लान्ट नहुँदा अन्य जिल्लाको भरमा बस्नु परेको भन्दै संघले अस्पतालमा नै प्लान्ट स्थापना गर्न लागेको संघका अध्यक्ष लेखराज पोखरेलले बताए।पोखरेलले एक महिनाभित्र अस्पतालमा