होटल व्यवसायी माधवकुमार खनाल गत वर्ष चैतमा बुटवलको कालिकानगरमा होटल डालिमा सञ्चालनमा ल्याउँदा निकै उत्साहित थिए ।
१० करोड लागतमा मध्यमस्तरको होटलमा लगानी गरेका खनालले १० दिन नबित्दै अनपेक्षित स्थितिको सामना गनुपर्यो ।
कोरोना महामारीको पहिलो लहर शुरू भइहाल्यो । होटलमा अहिलेसम्म ५०० पाहुना पनि राख्न पाएका छैनन् । ५ करोड भन्दा बढी ऋणको मासिक किस्ता र ब्याज गरी ८ लाख रुपैयाँ बैंकलाई बुझाउनुपर्छ ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीका महासचिव समेत रहेका खनाल भन्छन्, ‘व्यवसायबाट पलायन हुने...