पुष्पलाल राजमार्गमा भ्रष्टाचार : निर्माण व्यवसायीका अध्यक्ष र तत्कालीन योजना प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

 पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन योजना प्रमुखसहित पाँच जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । यसमा निर्माण व्यवसायी महासंघका अध्यक्ष पनि मुछिएका छन् । राजमार्ग योजना अन्तर्गत खोटाङ जिल्लास्थित चेनेज 42+000 देखि 88+500 खोटाङ खण्ड निर्माण कार्य ठेक्का सम्झौता अनुसार नगरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा भ्रष्टाचार गरेको पाइएको हो ।अख्तियारले पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना धुलिखेल, काभ्रेपल

सम्बन्धित सामग्री

यातायात कार्यालय धनगढीका तत्कालीन प्रमुखसहितका ३ जना विरुद्ध भ्रष्टाचारको मुद्दा

८ असार, धनगढी । यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन निमित्त प्रमुख लक्ष्मण शाहसहितका तीन जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमती पत्रको परीक्षामा सहभागी परीक्षार्थीको परिणाम फेरबदल गरेको दाबीसहित उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारका केन्द्रीय प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा […]

प्रमुख जिल्ला अधिकारीसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारीसहित १३ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उनीहरूले धनुषाको साविकको भरतपुर गाउँ विकास समितिमा नेपाली सेनाका लागि अधिग्रहण भएको गुठीको स्वामित्व रहेको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी १ करोड १४ लाख ६६ हजार ६६७ रुपैयाँ अनियमितता/भ्रष्टाचार गरेको […]

फर्निचर खरिदमा कमिसन खाने प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

फर्निचर खरिदका क्रममा कमिसन खाने एक प्रशासकीय अधिकृतविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत रामजी जोशीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो । अख्तियारले सोमबार छत्रदेव गाउँपालिका, अर्घाखाँचीका तत्कालीन प्रशासकीय अधिकृत रामजी जोशीविरुद्ध ४ लाख ४७ हजार ५०० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपा

२ जना तत्कालीन प्रमुखसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना, ललितपुरका २ जना तत्कालीन कार्यालय प्रमुखसहित १७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । विशेष अदालतमा मुद्दा दायर हुनेमा यातायातका १२ जना कर्मचारी र ५ जना विचौलिया रहेको अख्तियारले जनाएको छ । उनीहरुले नवीकरण नभएका तथा स्वतस् रद्द भएका सवारी […]

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्याल, इन्जिनियर सुरेश पौडेल, असिस्टेन्ट सब इन्जिनियर रूपक घिमिरे र लेखापाल सतेन्द्र यादवविरुद्ध आज (बिहीबार) विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । साथै बलेफी तेम्बाथान सडक उपभोक्ता […]

न्यायाधीश मात्र फेरिए, भ्रष्टाचारको मुद्दा सुनुवाइमा कुनै प्रगति भएन

सर्वोच्च अदालतमा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्कीदेखि हाल कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसम्म पाँच जना फेरिए । तर, २०औं वर्षदेखि सर्वोच्चमा अल्झिएको भ्रष्टाचारको मुद्दा सुनुवाइमा कुनै प्रगति हुन सकेको छैन ।प्रधानन्यायाधीशको सपथ खाएर सर्वोच्चमा पदबहाल गरेसँगै भ्रष्टाचार मुद्दालाई उच्च प्राथमिकता दिने प्रतिबद्धता सबैले जनाए । तर, व्यवहारमा भने तिनै प्रधानन्यायाधीशले भ्रष्टाचार मुद्दाको सुनुवाइ प्राथमिकतामा राखेनन् । बरु भ्रष्टाचार मुद्दाको सुनुवाइलाई पछाडि धकेल्ने काम म

वनका तत्कालीन अध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा इलामको सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षविरूद्ध मुद्दा दायर गरेको छ।माई नगरपालिका–९ स्थित जुनतारा सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष राजेन्द्र थेबेविरूद्ध अख्तियारले शुक्रवार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।थेबेले समूहका अन्य पदाधिकारीहरूलाई थाहा नदिई बाहिरको ठेकेदारसँग मिलेर समूहका गोलिया काठ दिन्छु भनी रकम लिएको आरोप अख्तियारले लगाएको छ।