टी–२० विश्वकपः इंग्ल्यान्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

इंग्ल्यान्डले आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ । सिड्नीमा शनिबार भएको खेलमा श्रीलंकालाई ४ विकेटले हराउँदै इंग्ल्यान्ड अन्तिम चारमा प्रवेश गरेको हो । श्रीलंकाले दिएको १ सय ४२ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर ४ बलमा ६ विकेटको क्षतिमा १ सय ४४ रन जोड्दै पूरा गर्यो ।

सम्बन्धित सामग्री

बंगलादेशलाई हराउँदै पाकिस्तान टि २० विश्वकपको सेमिफाइनलमा प्रवेश

पाकिस्तान टि २० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। समुह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।खेलमा टस जितेर पहिले ब्याटिंग गरेको बंगलादेशले १२७ रन मात्र बनाएको थियो । १२८ रनको लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तानले उक्त लक्ष्य ५ विकेटको क्षतिमा ११ बल बाँकि रहदै १८.१ ओभरमा भेट्टाएको हो  ।यस सँगै समुह २ बाट भारत र पाकिस्तान विश्वकपको सेमिफाइनलमा पुगेक छन्। यद्यपि यस समुहबाट को समुह बिजेता बन्छ भन्ने कुरा भारत र जिम्बावेको खेलपछि थाहा हुने छ । जित सँगै हाल पाकिस्तान समुह २ को शिर्ष स्थानमा पुगेको छ । तर भारतले १ खेल खेल्न बाँकि रहेकोले उक्त खेल भारतले जितेमा भारत फेरी शिर्ष स्थानमा पुगेछ । आज बिहान भएको अर्को खेलमा नेदरल्याण्डले साउथ अफ्रीकालाई पराजित गरेसँगै पाकिस्तानको सम्भावना कायम नै बनेको थियो । पाकिस्तानले बंगलादेशलाई हराएर सेमिफाइनलमा स्थान पक्का गरेको हो । प्रतियोगिताको सुरुमा पाकिस्तानले लगातार २ खेल हारेको थियो । २ खेल हारेसँगै पाकिस्तानको सम्भावना कमजोर हुदै गएको अवस्थामा पाकिस्तानले बाँकि ३ खेल जितेपछि र अन्य टोलीको नतिजा पनि आफ्नो अनुकुल आएपछि पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको हो । समुह १ बाट न्युजिल्यान्ड र इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । आज नेपाली समय अनुसार १:४५ बजे हुने भारत र जिम्बाबेबीचको खेलले कुन टोलीको प्रतिद्वन्द्वी को हुने छ भन्ने तय हुने छ । यदि सेमिफाइनलमा भारत र पकिस्तानले आ-आफ्नो खेल जितेमा विश्वकपको फाइनल भारत र पाकिस्तानबीच हुने छ । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया भने यस पटक सेमिफाइनलमा पुग्न असफल भएको छ । समूह १ मा रहेको अष्ट्रेलिया समान अंक भएसँगै इंग्ल्यान्डसँग नेट रन रेटमा पछि पर्दै सेमिफाइनलमा पुग्नबाट बन्चित भएको हो ।

श्रीलंकालाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

एजेन्सी – इंग्ल्यान्डले आइसिसी टि२० विश्वकपमा श्रीलंकालाई ४ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । सुपर १२ को समूह ए बाट न्युजिल्यान्ड समूह विजेता र इंल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । इंग्ल्यान्डको जितले साविक विजेता तथा घरेलु टोली अष्ट्रेलिया नेटरनरेटको कारण भने सुपर १२ बाटनै बाहिरिएको छ । जितको लागि १ सय ४२ रनको […]