तरकारी जोन कार्यक्रमबाट नवलपुरका कृषक लाभान्वित

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत नवलपरासी पूर्वनवलपुरमा सञ्चालित तरकारी जोन कार्यक्रमले यहाँका कृषक लाभान्वित भएका छन्।...

सम्बन्धित सामग्री

तरकारी जोन कार्यक्रमले कृषक लाभान्वित

पूर्वी नवलपरासीमा सञ्चालित तरकारी जोन कार्यक्रमले यहाँँका कृषक लाभान्वित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् नवलपुरका तीन स्थानीय तहका १६ वटा वडालाई समेटर तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको छ ।

३ सयलाई रोजगारी, १२ हजार कृषक लाभान्वित

जिल्लाको पाणिनी गाउँपालिकाको खिदिम फर्सवामा उत्पादन भएको तरकारी गुल्मीमा स्थापना भएको पैंचो पसल प्रालिले खरिद गर्दै आएको छ । यहाँ उत्पादन भएको तरकारी गाडीमा जम्मा गरेर पाल्पा पठाउँछौ, संगम फर्सवा कृषि फर्मका प्रोपाइटर मुक्तिनाथ पराजुलीले बताए । “समयमै पैसा भुक्तानी गर्ने गरी एक वर्षका लागि पुनः सम्झौता गरेका छौँ, पैचोले बजारको मूल्यअनुसार तरकारीको पैसा भुक्तानी गरेको छ,” पराजुलीले भने । गुल्मीमा स्थापना भएको पैंचो पसलले कार्यक्षेत्र विस्तारलाई तीव्रता दिएको छ ।

तरकारी जोन कार्यक्रमले कृषक लाभान्वित

पूर्वी नवलपरासीमा सञ्चालित तरकारी जोन कार्यक्रमले यहाँका कृषक लाभान्वित भएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत नवलपुरका तीन स्थानीय तहका १६ वटा वडा समेटेर तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको छ। २० वर्षदेखि तरकारी खेती गर्दै आएकी स्थानीय रङ्गमाया महतोले वर्षौंदेखि बजारीकरणमा भएको समस्या अहिले सुल्झिएको भन्दै खुसी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु भएपछि समूहमा बसेर तरकारी खेती गर्दा राम्रो भएको छ।” नगरपालिकाले कृषकको घरदेखि सङ्कलन केन्द्रसम्म निःशुल्क ढुवानी सेवा प्रदान गरेको छ।